सचेत नेपाली पार्टी logo

सचेत नेपाली पार्टीको घोषणा पत्र

(प्रस्तावना)

सचेत नेपाली पार्टी

२०७७

सचेत नेपाली पार्टी, संचार विभाव
घोषणा पत्र (प्रस्तावना)



प्रकाशक
सचेत नेपाली पार्टी, संचार विभाव
सर्वाधिकारः सचेत नेपाली पार्टी
प्रकाशित मितिः २०७७, मंसीर

VOTE FOR SINGHA


सचेत नेपाली पार्टीको घोषणा पत्र

भूमिका

नेपालमा धेरै खाले राजनीतिक क्रान्तिहरु भए । हामीले निरंकुश जहानियाँ राणा शासन फालेर प्रजातन्त्र ल्यायौं । लाग्यो अब देशले काँचुली फेर्छ तर त्यो शिशु प्रजातन्त्र नेपाली जनताले ठीक ढंगले महसुस गर्न नपाई निरंकुश राजाले घाँटी निमोठेर निरंकुश राजशाही पञ्चायती व्यवस्था नेपाली जनतामाथि लादे । जनताले यो पञ्चायती व्यवस्था फालेर फेरि प्रजातन्त्रको पुनस्र्थापना गरे । नयाँ संविधान बन्यो । सबैलाई लागेको थियो अब त मुलुकमा राजनैतिक क्रान्ति सकियो । देशमा समृद्धि आउँछ तर जनताको सपना पूरा भएन । राजनैतिक क्रान्ति बाँकी रहेछ । त्यसपछि फेरि शुरु भयो लोकतन्त्रको लडाइँ । राजतन्त्र पो विकासको विरोधी रहेछ भनेर हामीले राजतन्त्र पनि फालेर गणतन्त्र ल्यायौ“ । अहँ, विकासको लक्षण देखिएन । फेरि लाग्यो संघीयता नभएर पो समृद्धि नआएको रहेछ ! अनि संघीयताको लागि पनि लड्यौ“ हामी नेपाली जनता । अनि संघीयता पनि आयो । तर यस संघीयताले पनि नेपाली जनताका सपना पूरा भएनन् । आशा अझै मरेको थिएन, यसपछि हामीलाई लाग्यो बहुमतको सरकार नबनेरचाहि“ यो देशको विकास नभएको हो । अनि नेपाली जनताले बहुमतको मात्र हैन दुईतिहाई बहुमत सहितको नै सरकार दिए । र, यसरी स्थायी सरकार बनेपछि हामी सबैलाई लाग्यो अबचाहि“ नेपालमा सबै खाले राजनैतिक क्रान्ति सकियो । अब नेपालमा कुनै पनि क्रान्ति हुन बाँकी छैन र अब देश समृद्धितिर जान्छ तर अहँ, जनताले सोचेको र चाहेको जस्तो केही पनि भएन । देशमा विकास र समृद्धिको कुरा त पर भयो मुलुक भ्रष्टचारको दलदलमा नराम्ररी फस्दै गयो । विश्वकै तेस्रो भ्रष्ट मुलुकको रुपमा नेपाल संसारभरि नै बद्नाम भयो । मुलुक असफल राष्ट्र बन्ने दिशामा अघि बढ्यो । एक किसिमले भन्ने हो भने देशका असक्षम पार्टी र तिनका नेताका कारण मुलुक असफल राष्ट्रमा नै परिणत भयो । किनकि घोषणा मात्र नभएको हो देश असफल राष्ट्र बनि नै सकेको छ । जनतामा एक किसिमको भयानक निराशा र त्रास छायो । यति मात्र हैन मुलुकको सार्वभौमसत्ता र अखण्डतामाथि नै कालो बादल मडारिन थाल्यो । किन यस्तो भयो ?


अनि हामीले यसको कारण फेला पा¥यौं, हामीले सोचे र बुझेजस्तो मुलुकमा राजनीतिक क्रान्ति अझै सकिएको रहेनछ ! भ्रष्ट, माफिया, विदेशी दलाल र लेण्डुपेहरु, जो विदेशीको इशारामा मुलुक पेटी ठेक्कामा चलाइरहेका रहेछन् ! यी पेटी ठेकेदारको एउटै काम भनेको जनता र देशलाई लुट्ने, भ्रष्टचार गरेर अकुत सम्पत्ति जोड्ने र त्यही सम्पत्ति अनि श्रोत र साधनको दुरुपयोग गरेर बारम्बार चुनाव जित्ने र मुलुक अविछिन्न रुपमा लुटिरहने डिजाइनिङ अनुसार यो मुलुकका पुराना दल र तिनका नेता चलिरहेको देखियो । मुलुक जोसुकैले कब्जा गरोस् र जहाँ र जुनसुकै अवस्थामा पुगोस्, जनताले जतिसुकै सास्ती र हैरानी बेहोर्नु परोस्, यिनीहरुलाई कुनै सरोकार थिएन किनकि यिनीहरुले भ्रष्टचार गरेर जोडेको अकुत सम्पत्ति इण्डिया, युरोप र अमेरिका पुर्याइसकेका थिए । त्यसैले मुलुक भ्रष्टचारको दलदलमा जाकिनुको मुख्य कारण भनेको यिनै विदेशी दलाल दल, तिनका नेता र कर्मचारी हुन् भन्ने सचेत नेपाली पार्टीको अटल विश्वास छ । हामीलाई के पनि विश्वास छ भने नेपाली जनताले पनि यस्तै मान्यता राख्नुहुन्छ । कुनै दिन भ्रष्टाचार सिंहदरबारमा मात्र सीमित थियो तर आज सिंहदरबार गाउँ गाउँमा सरेको छ । र, यी पुराना दल, तिनका नेता, कार्यकर्ता र कर्मचारीहरुले ब्रह्मलुट गरिरहेका छन् । देशमा यस्तो कुनै ठाउँ छैन, जहाँ भ्रष्टचार संस्थागत नभएको होस् ।
हो, यिनै विदेशको टेन्डरमा देश चलाउने लाल लेण्डुपे, काला काँग्रेस, झुण्डले मण्डले, क्षेत्रीय, जातीय र अंगीकृत पार्टीको खोल ओढेर बसेका अतिवादीका विरुद्धमा एउटा सशक्त वैचारिक र सैद्धान्तिक क्रान्ति अझै बाँकी रहेछ, जसले यो या त्यो बहानामा नेपालको प्रगति, उन्नति र समृद्धिका साथै विकास रोकेका रहेछन् । सचेत नेपाली पार्टी यिनै विदेशी दलाल लेण्डुपेहरुबाट मुलुकलाई मुक्त गराउन आएको हो । र, यस्ता दलालबाट राज्यसत्ता खोसेर सचेत नेपाली युवालाई मुलुक बुझाउन आएको हो । यो मुलुकमा विकाश, समृद्धि र सबैखाले खुशी ल्याउनका लागि सबै तह र तप्कामा बढीभन्दा बढी युवालाई सक्रियताका साथ पुर्याउन आवश्यक छ । यिनीहरुले कुनै पनि क्षेत्रमा युवालाई लानुको साटो फेरि तिनै खोके बूढालाई जागिर खुवाउनका लागि वरिष्ठ हुनु पर्ने र ४५ वर्ष कटेकाले मात्र हुन पाउने भन्दै तारतम्य मिलाएका छन् । र, यो देश प्रगतिमार्गमा बढ्न नसक्नुको अर्को मुख्य कारण पनि यसरी युवालाई रोक्नु नै हो ।
राजनीतिमा मात्र हैन राज्यका सबै अंगहरुमा युवालाई पुग्ने वातावरण र सिस्टम मिलाउने सचेत नेपाली पार्टीको मूल उद्देश्य रहेको छ । पुराना दलले कुनै पनि पदका लागि जहाँ ४५ वर्ष उमेर पुगेको हुनै पर्ने भनेर युवालाई रोक्ने जुन र जस्ता नीति–नियम र विधि–विधान बनाएका छन्, त्यहाँ सचेत नेपाली पार्टीले ४५ वर्ष मुनिकाले मात्र जान पाउने भनेर संसोधन गर्नेछ । किनकि सचेत नेपाली पार्टीलाई विश्वास छ युवाले हाँकेको देशमात्र समृद्ध, खुशी र शक्तिशाली बन्छ । युवासँग आफ्नो समुदाय र देश मात्र होइन विश्व परिवर्तन गर्न सक्ने ओजस्वी ऊर्जा, शक्ति, सामथ्र्य र विचार हुने गर्दछ । र, यी गतिशील, प्रगतिशील र सृजनशील युवाले मात्र यस देशलाई वास्तवमै समृद्ध, खुशी र शक्तिशाली बनाएर गुलाम बन्न दिने छैनन् । मुलुकको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्ने छन् ।
यदि सचेत नेपाली पार्टीले लिएको विचारधारामा टेकेर युवालाई सत्तामा पुर्याउने युवालाई देश चलाउने जिम्मा दिने हो भने अहिलेका पुराना दल र तिनका नेताले 70 वर्षमा गरेको काम युवाले 7 वर्षमा गर्न सक्ने छन् । युवालाई नेतृत्वमा पुर्याउने हो भने १५ वर्षमा नेपाललाई विश्वको सभ्य र शक्तिशाली देशमा रुपान्तरण गर्न सकिन्छ । र, विकसित राष्ट्रको स्तरको भौतिक पूर्वाधार, सडक सञ्जाल, रेल, नहर र विभिन्न उद्योगधन्दाहरु संचालन गरेर विश्वको टप १५ औं धनी र १० औं शक्तिसम्पन्न राष्ट्र बनाउन सकिनेछ ।
सचेत नेपाली पार्टीको नेतृत्वमा युवा राजनीतिमा सक्रिय भएमा १५ वर्षमा नेपाललाई विश्वको एक शक्तिशाली र विकसित राष्ट्रको रुपमा रुपान्तरण गर्न सकिनेछ । यसरी हामी तीन करोड नेपाली जनता जुटेर फेरि नेपाललाई एउटा महान् देश बनाउन सक्दछौं । यसरी नेपालको महानता फेरि फर्काउन सक्दछौं भनेर सचेत नेपाली पार्टीले आफ्ना नीति तथा कार्यक्रम र योजनाहरु बताइरहँदा धेरै युवा साथीहरु नै यसको विरोधमा बोल्नुहुन्छ । उहाँहरुलाई यस कुरामा विश्वास लाग्दैन । यसरी उहाँहरुलाई विश्वास नलाग्नुमा उहाँहरुको कुनै दोष छैन । यसको मुख्य कारण हो, युवामा थोपरिएको हीनभावना, जसले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने षडयन्त्र र कपटपूर्ण स्कुलिङ गरेको छ, परिणाम युवाले आत्मविश्वास नै गुमाएका छन् । सानोभन्दा सानो काम गर्न समेत उहाँहरुलाई विश्वास नलाग्ने स्थिति बनाइएको छ भने सचेत नेपाली पार्टीले भनेको जस्तो १५ वर्षमा यस देशलाई विश्वको १५ औं धनी र १० औं शक्ति सम्पन्न राष्ट्र बनाउन सकिने विषयमा त उहाँहरुलाई विश्वास लाग्ने संभावना नै रहँदैन । र, यस्ता अविश्वासीहरुको मत छ, विकास युवाले हैन विचारले गर्ने हो । त्यसो भए के हामी यति कुरा थाहा नपाएर बोलिरहेको हुँला त ? हो, हामीलाई पनि राम्रैसँग थाहा छ देश महान् बनाउने विचारले नै हो । र, सचेत नेपाली पार्टी वैचारिक रुपमा पनि अहिलेको यस मुलुकका पार्टीहरुभन्दा निक्कै अब्बल छ । हामीले यही माटो र भूमिमा उब्जाएको नयाँ र मौलिक विचारधारा सर्वपहिचानवाद, नागरिक समाजवाद सहितको समतावाद, सर्वजातिको हित र सुपर मोर्डनिज्मको थ्योरी, अन्त्योदयको लोक कल्याणकारी थ्योरी लिएर आएका छौं । सर्वजातिको हित र सुपर मोडर्निज्मको दर्शन लिएर आएका छौं । अनि हामी यही सुस्पष्ट विचारधाराको आधारमा भनिरहेका छौं– एकपटक नेपाली जनताले सचेत नेपाली पार्टीलाई मौका दिनुभयो भने हामी यही विचारको आधारमा पुराना दल र तिनका नेताले ७० वर्षमा गर्न नसकेको काम हामी ७ वर्षमा गरेर देखाउने छौं ।
कुनै पनि विचारधारालाई कार्यान्वयन गर्ने शक्ति र सामथ्र्य पनि बूढाहरुसँग भन्दा युवासँग नै हुन्छ । युवा शिक्षित, ऊर्जावान, गतिशील, प्रगतिशील, सृजनशील, जागरुक र सचेत हुन्छन् । अनुसन्धान र खोज गर्ने उनीहरुको आदत हुन्छ । त्यसैले हामीले यो देशमा साँच्चै नै विकास र समृद्धि चाहेको हो भने अब ढिलो नगरी यो देशमा बूढाहरुले ओगटेका दल कम्युनिष्ट, काँग्रेश, जसपा, राजावादी र नोकरशाहीबाट आशा गर्न छोडेर सचेत नेपाली पार्टीले प्रतिपादन गरेको मौलिक विचारधाराद्वारा प्रशिक्षित गर्दै युवालाई राजनीतिमा संलग्न गराइ यो देश युवाको जिम्मामा सुम्पनु पर्दछ ।
आज लाखौं योग्य दिदीबहिनी तथा दाजुभाइलाई राजनीतिमा सक्रिय गराउनुका साथै प्रशिक्षित गराउनु पनि अति आवश्यक छ । किनकि अहिले काँग्रेस, कम्युनिष्ट, राजावादी र जसपाजस्ता इण्डियनपन्थी र पहिचान र क्षेत्रको नाममा घृणाको राजनीति गरेर विदेशीको सेवा गर्दै व्यक्तिगत, जातिगत र क्षेत्रगत स्वार्थभन्दा माथि उठ्न नसकेका सबै पार्टी स्वचालित नभएर परिचालित छन् । अर्थात् यसरी बुझौं, अहिले जति पनि पुराना पार्टीका युवा नेता तथा कार्यकर्ता छन् तिनीहरु प्रायः भ्रष्ट, ठग, सुविधाभोगी र विदेशीको सञ्जालमा फसेर दलाल बनिसकेका छन् । यस्ता राष्ट्रघाती, जनघाती र देशद्रोहीहरुलाई सचेत नेपाली पार्टीले भण्डाफोर अभियान शुरु गरिसकेको छ, किनकि यिनीहरु पनि तिनै देश बेचुवा बूढा नेताजस्तै भोलि गएर विदेशीको दलाल र देशद्रोही भएर निस्कने सुनिश्चित छ ।

पुराना पार्टीमा राम्रा मानिस नभएका हैनन्, छन् तर तिनलाई भ्रमित गरिएको छ । र, तिनीहरुलाई माथि उठ्ने अवसर नै दिइएको छैन । अब हामीले तिनीहरुलाई सचेत नेपाली पार्टीको विचारधाराद्वारा प्रशिक्षित गर्दै समेट्नु अति आवश्यक छ । र, हाम्रो पार्टीको खुल्ला आव्हान के छ भने काँग्रेस, कम्युनिष्ट, राजावादी, जसपा र पहिचानवादी बनेर युवाहरु देशको बर्बादीको साक्षी मात्र नबन्नुस् । आफ्नै हातले देश बनाउने यस सुवर्ण अवसरको सही सदुपयोग गर्दै सचेत नेपाली पार्टीमा जोडिनुस् । किनकि अब सचेत नेपाली पार्टी नै यो देशको अन्तिम आशा हो । यो आशाको दियोलाई अब तपाईं हामी सबै ३ करोड नेपाली मिलेर मसालमा परिणत गर्दै यस देश नेपाललाई फेरि महान्, समृद्ध र शक्तिशाली बनाउनु छ । अतः ती पुराना पार्टीहरुले तपाईंका दाह्री–जुँगा फुलेर सुगर र प्रेसरले थलिसक्दा पनि देश विकासका लागि तपाईंलाई कुनै पनि रुपमा सहभागी गराउने छैनन् । किनकि यिनीहरुले आफूभन्दा योग्य, क्षमतावान, सक्षम र इमानदार व्यक्तिलाई आफूभन्दामाथि पुग्ला भन्ने डरले सधैं अवसरबाट वञ्चित गरिरहने छन् । यिनीहरुले कुनै पनि शक्तिशाली स्थानमा पुग्नका लागि कम्तीमा ४५ वर्ष उमेर पुगेको हुनुपर्ने भनेर लेख्नुको मुख्य कारण भनेको युवाशक्तिलाई रोक्नकै लागि हो । यो व्यवस्थाले युवालाई थकाएर भ्रष्ट नबनाइ माथि पुग्न नै दिँदैन । उनीहरुले कस्तो सिस्टम बनाएका छन् भने तपाईं सम्पूर्ण क्षमता खन्याएर जति संघर्ष गरे पनि परिवर्तनकारी भूमिकामा पुगेर त्यहाँ आफ्नो योग्यता र क्षमता देखाउने अवसर नै पाउनुहुन्न । तर सचेत नेपाली पार्टीले भने युवालाई सहजै नेतृत्वमा पुर्याउने उद्देश्यले प्रस्तावक र समर्थकबिना जिम्मेवार सदस्य भएपछि जो कोहीले पनि जुनसुकै जिम्मेवारी पाउने व्यवस्था गर्दछ ।

वास्तवमा युवामा अपार शक्ति लुकेर रहेको हुन्छ जुन शक्तिको बारेमा तपाईंलाई थाहा नभएको कारणले मात्र आपूm स्वयम् र सचेत नेपाली पार्टीप्रति यो अविश्वास बनेको हो । र, जब तपाईं आफूभित्रको त्यो अपार सम्भावना र सामथ्र्यको पहिचान गर्नुहुन्छ त्यो बेला पनि तपाईंलाई डर लाग्न सक्छ के यत्रो शक्ति मैभित्र छ र भन्नेमा ! हो, त्यो शक्तिको पहिचान गर्नुहोस् अनि हामी मिलेर यो देशलाई फेरि महान् बनाउन सक्छौं भन्नेमा सचेत नेपाली पार्टीलाई विश्वास छ तर यसका लागि हामीले पुराना नेता जस्तो अनैतिक र भ्रष्ट नबनी सच्चा हृदयले देश र जनताको सेवा गर्ने दृढ संकल्प गर्नुपर्दछ । हामी युवाले देश र जनताका लागि जस्तोसुकै त्याग, समर्पण र बलिदानीपूर्ण योगदान दिनु परे पनि तयार रहनु पर्दछ । देश निर्माणका लागि आफू र आफ्नो परिवारभन्दा पनि देशलाई माथि राखेर सोच्न अति जरुरी भइसकेको छ ।
नेपालको सबैभन्दा ठूलो समस्या विदेशी दलाल, माफिया र भ्रष्टचारी हुन् । नेपाल विश्वकै तेस्रो भ्रष्ट मुलुक भएको छ । यी पुराना दल, कर्मचारी र भ्रष्ट नेताले आज नेपाललाई विश्वकै सबैभन्दा बढी भ्रष्टचार हुने मुलुकको पंक्तिमा ल्याएर उभ्याएका छन् । विदेशी दलाल, माफिया र भ्रष्टहरुमाथि कठोर नभइ अब यो देश बन्नेवाला छैन । त्यसैले सचेत नेपाली पार्टीले राष्ट्रघाती, जनघाती, विदेशी दलाल, माफिया र भ्रष्टहरुलाई मृत्युदण्ड दिने कानुन बनाइ यिनीहरुको सम्पत्ति राष्ट्रियकरण गरी देश विकास र आम जनताको समस्याको निकास गर्नमा खर्चिनेछ, परिणामस्वरुप मुलुकमा आर्थिक अभाव रहने छैन ।

१) सचेत नेपाली पार्टीमा कुनै पनि सल्लाहकार र सम्मानका पद बाहेक अरु सबै पद अधिवेशनबाट दुई कार्यकालसम्म मात्र निर्वाचित हुने व्यवस्था रहनेछ । दुई कार्यकालपछि सोही पदमा सोही व्यक्तिले उम्मेद्वारी दिन पाइने छैन । र, नयाँलाई मौका दिनुपर्ने छ । जिल्ला तहमा पनि यही व्यवस्था रहने छ । तर जिल्ला अध्यक्ष या अन्य कुनै पनि पदको व्यक्तिले आफू रहेकोभन्दा माथिल्लो सोही पदमा प्रतिस्पर्धा गर्न भने सक्नेछ । जस्तो कोही व्यक्ति केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ भने अध्यक्षमा प्रतिस्पर्धा गर्न भने सक्नुहुन्छ । यसरी हामी सचेत नेपाली पार्टीलाई रोल मोडेलको रुपमा प्रस्तुत गर्दै युवा र सबै जाति, समुदाय र वर्गलाई नेतृत्वमा पुर्याउने परिकल्पना गरिरहेका छौं । अहिले पदमा टाँसिएर जिन्दगीभरि एउटै विचारधारा र एउटै अध्यक्ष रहने परिपाटीले सबै पार्टीहरु पुरानो कुवाको पानी जस्तो बनेर सडिसकेका छन् । गन्हाइसकेका छन् ।
२) सचेत नेपाली पार्टीको मुख्य वैचारिक दर्शन सर्वपहिचानवाद, नागरिक समाजवादसहितको समतावाद हुनेछ । समतावाद न्यायिक हुनेछ । अर्थात् न्यायिक समतावाद । हामीले हामी मानिसका अपेक्षाहरु पूरा गरिरहँदा अन्य प्राणी, बनस्पति र यस जगतप्रति नै न्यायपूर्ण हुनुपर्छ । जीवन र जगत् न बनाउन सकिन्छ, न यसलाई परिवर्तन नै गर्न सकिन्छ । यी दुई कुरा बाहेक यस ब्रह्माण्डमा भाषा, भेषभूषा, जातजाति, धर्म–संस्कार, वर्ग–समुदाय, कला–संस्कृति र सभ्यता सबै मानव निर्मित हुन् । यी कुरामा गर्व गर्नु एक हदसम्म ठीक छ तर कालान्तरमा यी सबै परिवर्तन हुने छन् र लोप भएर जानेछन् । अन्ततः मानव जातिसँग अर्कै भाषा, धर्म, जातजाति, भेषभूषा, कला संस्कृति र सभ्यता हुनेछ । त्यसकारण यी कुरामा मानव मानव बीच द्वन्द्व हुनु प्रायोजित र सुनियोजित मात्र हो । यस धर्तीका मानव जातिको साझा समस्या भनेको अरु केही नभएर यी आठवटा हुन्, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, समानता र राष्ट्रियता । र, यी आठ समस्या समाधान भएपछि मानवले स्वाभिमान, स्वतन्त्रता, समृद्धि, र खुशी प्राप्त गर्न सक्नेछ । आत्मनिर्भर बन्नका लागि यी ८ कुरा पहिलो शर्त हो । जसलाई हामीले आत्मनिर्भरताको सिद्धान्त पनि भनेका छौं । नागरिकका यी ८ आवश्यकता पूरा गर्नका लागि राज्यले के गर्नु पर्छ ? जस्तो रोजगारीको व्यवस्था, स्वरोजगार, व्यापार व्यवसायको, उद्योगधन्दा र कलकारखानाको सहज व्यवस्थापन राज्यले स्वयम् गर्नुपर्नेछ । यी ८ कुरा नागरिकको मानवअधिकार हुनुपर्छ । जसको प्राप्तिपछि समतामूलक समाज र समुन्नत राष्ट्रको निर्माण हुनेछ, जसलाई सचेत नेपाली पार्टीले समतावादको नामाकरण गरेको छ । अर्थात् जीवन र जगत्लाई पहिचान गरेर व्यवहार गर्न सिकाउने सर्वपहिचानवादको अन्तिम लक्ष्य भनेको कोरा काल्पनिक साम्यवाद र समाजवाद नभएर समतावाद हो । र, यो समतावादको कडी भनेको सुख, शान्ति, समृद्धि र खुशी हो । अर्थात् मानिसले हरेक कर्म खुशी प्राप्तिको उद्देश्यले गर्दछ । सर्वप्रथम मानिस जुनसुकै शर्तमा बाँच्न चाहन्छ र त्यसपछि उसले जे पनि गर्दछ त्यसको अन्तिम उद्देश्य भनेको खुशी प्राप्त गर्नु नै हुने गर्दछ । बाँचेर मानिस जे कर्म र बलिदानीपूर्ण योगदान गर्दछ त्यो सब केवल खुशीका लागि गर्दछ । र, समतावाद भनेको सबै कुरामा बराबर हुने होइन किनकि यो असम्भव कुरा हो । समानता भन्ने कुरा कोरा कल्पना मात्र हो । यदि कुनै समाजमा मानिस धेरै धनी नभएर, धेरै शिक्षित नभएर, धेरै स्वतन्त्र नभएर, धेरै समृद्ध नभएर अर्थात् कुनै पनि कुरा प्रचुरमात्रमा नभएर पनि समाजमा खुशी छ भने त्यो समतावाद हो । जुन समाजमा मानिसहरुका आधारभूत आवश्यकता पूरा हुनुका साथै सबै खुशी छन्, त्यही समतावाद हो । र, खुशी नै सचेत नेपाली पार्टीको मूल लक्ष्य हो । र, हामी नेपाललाई विश्वकै सबैभन्दा खुशी राष्ट्र बनाउन चाहन्छौं ।


कस्तो हुन्छ त समतावाद ? माक्र्सवादीले भनेको जस्तो साम्यवाद, पूँजीवादीले भनेको जस्तो लोकतान्त्रिक समाजवाद र अध्यात्मवादीले भनेको जस्तो रामराज्य एक कोरा कल्पना मात्र हो । यिनीहरुले अंगीकार गरेको उल्टो दर्शनबाट मानवजाति साम्यवाद र लोकतान्त्रिक समाजवादमा कहिल्यै पुग्दैन । यदि यो दर्शन अंगीकार गरिरहेको खण्डमा एक दिन मानवजातिको अस्तित्व नै समाप्त हुनेछ । किनकि लोकतन्त्रवादी, माक्र्सवादी र अध्यात्मवादी विचार र दर्शन भनेको अब विश्वमा पूर्णरुपेण असफल सावित भइसकेको मानव मानव बीच घृणा फैलाउने विचारधारा हो ।
यही बुझाउन सचेत नेपाली पार्टीले जीवन र जगत्को हितको लागि प्रादुर्भाव गरेको नयाँ दर्शन सर्वपहिचानवादले भन्छ, यो विश्व व्यवस्था अहिले गलत दर्शनले निर्देशित छ, जसको परिणाम मानवलाई अनावश्यक द्वन्द्वमा फसाइएको छ । र, मान्छेले आफ्नै हत्या गर्नका लागि खतरनाक परमाणु बम र विनाशकारी हातहतियारको विकास गरेका छन् । विचार र दर्शन असफल भएकाले हतियार र शक्तिको भरमा दुनियाँलाई कब्जा गर्ने प्रयास गरिरहेका छन् । यदि हामी आफ्नो राष्ट्र नेपाल मात्र हैन विश्वका पौने ८ अरब मानिस मात्र हैन जीवन र जगत्लाई यो पागलपनबाट बचाउने हो भने हामीले हरेक कुराको पहिचान गरेर व्यवहार गर्नु पर्दछ । यदि हामी ब्रह्माण्ड र परमात्माको मात्र पहिचान गर्नमा लागिरह्यौं भने हामीले देख्दा पनि नदेख्ने कोरोना भाइरस जस्तो सूक्ष्म भाइरसले मानव जातिलाई सर्वनाश गर्न सक्दछ, त्यसकारण सबै कुराको, सबै नै कुरामा पहिचान गरेर व्यवहार गर्नुपर्दछ भन्ने दर्शन हो सर्वपहिचानवाद । यस दर्शनले कुनै मानव या प्राणीलाई कुनै प्रकारले थप दुख र कष्ट नदिइ, नसताइ, उनीहरुलाई थप सुविधा उपलब्ध गराएरै खुसी रहन सकिन्छ भन्नेमा विश्वास गर्दछ । र, बिना प्रतिस्पर्धा, शस्त्रअस्त्रविना नै, विना घृणा र विना युद्ध समतापूर्ण सहभागीता र सहभोगको आधारमा वैज्ञानिक तरिकाले मानव जीवनलाई अझ परिष्कृत, सभ्य, खुशी र संस्कारी बनाउन सकिन्छ भन्ने यस दर्शनको मूल लक्ष्य हो । मानव जीवनमा रहेको अस्वस्थ प्रतिस्पर्धा, घृणा, द्वेष र क्लेशको मुख्य कारण भनेको हाम्रो अज्ञानता हो ।
३) सुपर मोर्डनिज्म अर्थात् परिष्कृत आधुनिकतावाद: सर्वपहिचानवादको मुख्य वैचारिक आधार सुपर मोर्डनिज्म अर्थात् परिष्कृत आधुनिकतावाद हो । सर्वजाति, सर्वजीव र सर्ववनस्पतिको हित यस दर्शनको मूल उद्देश्य हो । यसले सर्वजातिको हितको कुरा दरिलो गरी उठाउनुका साथै सबै ज्ञात अज्ञात जीवन र वनस्पतिप्रति हितकारी भाव राख्दछ । सुपर मोडर्निज्म भनेको यस ब्रह्माण्डमा भएका पदार्थ, चेतना र दर्शनको मात्र व्याख्या र विश्लेषण गर्ने नभएर यस सिद्धान्तअनुसार कुनै कुरा छैन भने त्यो किन छैन भनेर समेत खोज र अनुसन्धान गर्दछ । तपाईं हामी सुन्ने गर्छौं म सत्यको पक्षमा छु तर बुझ्नु पर्ने कुरा के हो भने तपाईं जे कुरालाई सत्य मानेर अंगीकार गरिरहनुभएको छ के त्यो सत्य नै हो ? सत्य हो भन्ने प्रमाण तपाईंसँग के छ ? कतै धेरै मानिसहरुले लामो समयदेखि भनेको र सत्य मानेको र मानेको आधारमा तपाईं पनि त्यसैलाई सत्य मानेर हिंडिरहनु भएको पो छ कि ? हुन सक्छ त्यसकारण एक पटक यतातिर पनि गहिरो चिन्तन गरौं, हो यही भन्छ सुपर मोडर्निज्म (परिष्कृत आधुनिकतावाद) ले र यस दर्शनले मानवताको असीमित शक्तिमा विश्वास गर्दछ । सर्वपहिचानवादले ब्रह्माण्डमा आत्म–परमात्मा मात्र हैन यो र यस्ता जति पनि ब्रह्माण्डहरु छन् ती सबैदेखि गड्यौला र झुसिलेकीरा समेतको पहिचान हुनु पर्दछ र पहिचान गरेर मात्र व्यवहार गर्नुपर्दछ भन्ने कुरामा विश्वास राख्दछ । अर्थात् हामी मानिसले यो पृथ्वी हाम्रो मात्र हो जसरी प्रयोग गर्नु हुन्न । यो पृथ्वी जति हाम्रो हो उति नै गोब्रेकिराको पनि हो । किरा, फट्ङ्याग्रा, चराचुरुङ्गी, प्राणी र बनस्पति देखि आँखाले नदेख्ने ससाना भाइरसदेखि हामी मानिस सबै यस पृथ्वीका मूलबासी हौं त्यसैले हामीले यी सबैलाई न्याय हुने समतावादको विकास गर्नुपर्छ ।
अहिलेसम्म मानवले गरेको विकास र सभ्यताले अरु प्राणीलाई मात्र हैन मानवलाई नै अहित गरिरहेकाले अमेरिकाले आफ्नो विकास गरिरहँदा अफ्रिका र एशियाका गाउँमा बस्ने मानव र जंगलमा बस्ने प्राणीको मात्र नभएर वनस्पतिको पनि अहित हुनु हुँदैन भन्ने सर्वपहिचानवादको मूल दर्शन हो । कुनै पनि सुविधा उपयोग गरिरहँदा त्यो यस विश्वका लागि पूर्ण हानिरहित छ भन्ने कुरामा ग्यारेन्टी गरिनु पर्दछ । अर्थात् आप्mनो सुख, शान्ति र समृद्धिका लागि अरु मानव र प्राणीहरुलाई थोरै पनि अहित हुन्छ, कही“का र कोही पनि मानवको स्वाभिमान र अस्मितामा चोट लाग्छ भने त्यो विकास नभएर विनाश हो । धर्म नभएर पाप र अपराध हो भन्ने सर्वपहिचानवादको मूल दर्शन हो ।
४) सर्वपहिचानवादले मानवताको मात्र नभएर सम्पूर्ण जीवन र जगतप्रति कल्याणकारी सोच राख्दछ । सर्वपहिचानवादको उपयोगिता र प्रभावकारिताबाट नेपालका नागरिकलाई मुलुक समृद्ध हुन नसक्नुको कारण बुझाएर उनीहरुलाई यस मुलुकको धरातलीय यथार्थ प्रष्ट्याएर, पुराना पार्टीले छरेको भ्रमजालबाट मुक्ति दिलाएर सचेत नेपालीको समर्थनमा उभ्याउँदै भ्रष्ट र देशद्रोही पुराना पार्टीबाट यस मुलुकलाई मुक्त गराउन तिनै पुराना पार्टीको नियममा उनीहरुकै अखडा खेलेर उनीहरुलाई पछार्ने अर्थात् नागरिकको सेवामूलक कामहरु, जस्तो नागरिकको घरमा गएर काम सघाउने, स्वस्थ्य शिविर चलाउने, खेतपातीमा वैज्ञानिक र आधुनिकता सिकाउने, सीपमूलक तथा रोजगारमूलक तालिमको व्यवस्थापन गरेर गाउँगाउँमा स्वरोजगार सृजना गर्ने साथै प्राकृतिक प्रकोपको बेला सघाउने, नवनिर्माण सेना मार्फत कुनै पनि प्रकारको प्राकृतिक विपत्तिमा परेको समयमा नागरिकको मलमपट्टि गर्न सर्वप्रथम सचेत नेपाली पार्टी अग्रदस्ताको रुपमा पुग्नेछ । यसका साथै पुराना पार्टी, तिनका भ्रष्ट, माफिया र इण्डियन दलालरुपी नेताहरुको भण्डाफोर गर्दै सचेत नेपाली पार्टीको नागरिकसत्ता कायम गर्दै लैजाने ।


५) सचेत नेपालीले अवलम्बन गरेको यस सर्वपहिचानवादले सर्वजातिको हितको कुरा गर्दछ । पहिचानवादीले उठाउने गरेका जस्तो यहाँ कुनै एक जातिलाई मात्र दुख, कष्ट र हैरानी भएको नभएर विश्व गलत दर्शनबाट चलेको र तिनै दर्शनको आधारमा राजनैतिक विचारधारा बनेकाले सत्ताको सुविधाभोगी ५ प्रतिशत व्यक्ति बाहेक सबै लिंग, जातजाति, वर्ग–समुदाय, रंग, धर्म, क्षेत्र र भाषाभाषीका व्यक्तिहरु दुखी छन् । कष्ट, गरिबी र अभावमा जीवन बाँच्न बाध्य छन् ।
६) सर्वपहिचानवादले सर्वोदय नभएर अन्त्योदयमा विश्वास राख्दछ अर्थात् सबैभन्दा पुच्छरमा रहेका सीमान्तकृत वर्ग, जातजाति, लिंग, क्षेत्र र समुदाय सहितको राष्ट्रियतालाई सबै खाले विकासको मूलधारमा ल्याउने सर्वपहिचानवादको नीति हुनेछ ।
७)नागरिकको आत्मविश्वास, देशको स्वाभिमान र गौरव बढाउन सचेत नेपाली पार्टीले तीन कुरामा विशेष जोड दिएको छ १) आत्मानुशासन सहितको शिक्षा २) आत्मनिर्भरता सहितको आर्थिक विकास ३) आत्मरक्षा गर्न सक्ने अत्याधुनिक शक्ति । यी तीन कुरा हाम्रो अस्तित्वसँग पनि जोडिएको कारणले यी तीन लक्ष्य प्राप्तिका लागि सबै खाले प्रयास गरिनेछ ।

८) देशलाई शक्तिशाली बनाएर सबैखाले असमान सन्धी खारेज गरेर नेपालको गुमेको भूभाग ग्रेटर नेपालको लक्ष्य प्राप्तिका लागि मुलुकको ध्यान केन्द्रित गरिने छ ।
९) इण्डियासँगको खुला सिमानाको कारणले नेपालको अर्थतन्त्र धरासायी भएर नेपाल सम्पूर्ण इण्डिया निर्भर बनेको र उत्पादन गर्नमा उत्साह हराएर किनेर खाने संस्कार हावी भएको साथै हजारभन्दा बढी स्थानमा इण्डियाले नेपाली सिमाना मिचेर नेपालको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको कारण र एकातिर ढोका ह्वाङ्ग र अर्कोतिर बन्द गर्नु राष्ट्रको हितमा नभएकाले उत्तरमा छिमेकीसँग सहजताका साथ ढोका खोल्ने व्यवस्था मिलाउने । भारतसँगको सिमाना सम्पूर्ण रुपमा बन्द गर्न काँडेतारजाली लगाएर सुरक्षाकर्मीका लागि बंकर सहितको बीओपीको व्यवस्था गरिनेछ ।
१०) अन्य मुलुकका नागरिकलाई जस्तै इण्डियनलाई पनि अनिवार्य प्रवेशाज्ञाको व्यवस्था गरिनेछ ।
११) आत्मरक्षाको सिद्धान्तः कुनै पनि राष्ट्रको सुरक्षा अत्यन्त संवेदनशील हुने गर्दछ, अतः आफ्नो भूमि र यसका बासिन्दाको रक्षाका लागि राज्यको प्रमुख दायित्वमा पर्छ । नागरिकको आत्मविश्वास र देशको स्वाभिमान बढाउन तत्कालीन रुपमा नेपालको राष्ट्रिय सेनालाई सर्वशाक्तिमान बनाउन सबै खाले अत्याधुनिक हतियार उपलब्ध गराउनुका साथै दुई विशाल छिमेकी अरबभन्दा बढी जनसंख्या भएको देशका बीचमा भएको यथार्थलाई मध्यनजर राख्दै उनीहरुबाट सुरक्षित रहनका लागि र विश्वमा नेपालको अस्तित्व र स्वाभिमान उच्च राख्न नेपालको सेना, सशस्त्र प्रहरीहरुका लागि अत्याधुनिक हातहतियार, हाइड्रोजन तथा परमाणु बम, फाइटर प्लेन खरिद गरिनेछ । लामो दूरी प्रहार गर्न सक्ने मिसाइल, एन्टी क्राफ्ट र एन्टी ट्यांक मिसाइल, रकेट लन्चर सहित सबै खाले अत्याधुनिक हतियार उपलब्ध गराएर नेपाली सेनालाई सर्वशक्तिमान बनाउँदै नेपाललाई गौरवशाली परमाणु शक्तिसम्पन्न राष्ट्रमा परिणत गरिनेछ । केही बुद्धि विलासमा लागेका बुद्धिजीवीको कुतर्क रहने गर्छ हामीलाई कोबाट खतरा छ र देश शक्तिशाली बनाउनु पर्यो ? यिनीहरुले बुझ पचाएको या नबुझेको कुरा के हो भने दुई ठूला १ अरब ४२ करोड जनसंख्या एकातिर अर्कोतिर १ अरब ३७ करोड जनसंख्या भएको विशाल र शक्तिशाली देशको सुरक्षामा हरदम खतरा छ । वास्तवमा नेपालको टाउकोमा एउटा मात्र हैन दुइटा दुइटा तरबार झुण्डेको छ । नेपालको अस्तित्व हरपल खतरामा छ त्यसैले आत्मरक्षाका लागि हामीले उत्तर र दक्षिणका यी दुई छिमेकीको अगाडि हिनताभास गर्नु नपर्ने र जोसुकै शक्ति राष्ट्रलाई पनि टक्कर दिन सक्ने धारिलो शक्ति निर्माण गर्नु पर्छ ताकि हामीलाई हेप्ने दुस्साहस कुनै पनि शक्ति राष्ट्रले नगरोस् । शक्ति संचय गर्ने नेपालको रहर हैन यो बाध्यता हो । नेपालले प्राप्त गर्ने शक्ति आक्रमणकारी शक्ति नभएर आत्मरक्षाका लागि हुनेछ । यो संचित शक्तिले नेपाल र नेपालीको सार्वभौम सत्ता र अखण्डताको रक्षा हजारौं वर्षसम्म गर्नुका साथै हामीलाई आत्मविश्वासी समेत बनाउने छ । र, विश्वमा नेपालीको सम्मान हुनेछ ।
पर्याप्त मात्रामा सशस्त्र सीमा बल खडा गर्ने र सिमानामा नजिक–नजिकमा बंकर सहितको पोष्ट बनाएर राख्ने । दशगजामा नियमन गर्नका लागि गस्ती टोली गठन गरिनेछ । सिमानामा काँडेतार सहितको बेरा तथा वाल लगाइने छ । सुरक्षा सूचना केन्द्र राखिने छ र सुरक्षा सम्बन्धी सूचनाहरुको हकमा तुरुन्त कार्यान्वयन गरिनेछ । सी.सी. क्यामेरा प्रविधि सहितको सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाइनेछ । भारत तथा चीनसँग जोडिएका सिमानाको विवाद प्रमाणहरु जुटाएर सदाका लागि हल गरिनेछ । सीमा स्तम्भ निर्माण गर्ने तथा मर्मत सम्भार गर्ने तथा जंगे पिलर बनाउने र नम्बरिङ गर्ने ।

गोर्खाली भन्ने नेपालीको पहिचान अन्य मुलुकले प्रयोग गर्न थालेकाले अब नेपाली सेनाभित्रबाट सबैभन्दा साहसिक समूहको छनोट गरेर खास तालिम दिनेगरी एउटा शक्तिसम्पन्न र गौरवशाली ‘द गोर्खा रेजिमेन्ट’ नामक नयाँ रेजिमेन्ट निर्माण गरिनेछ । यो एक यस्तो लडाकु दस्ता हुनेछ, जसको प्रशिक्षण हाइ अल्टिट्युट र ४५ डिग्रीको तापक्रममा समेत अनिवार्य गरिनेछ ताकि यस गोर्खा रेजिमेन्टले हिमालदेखि अरबका मरुभूमिमा समेत युद्ध गर्न सकोस् ।
चोरी, डकैती, दंगा फसाद लगायत कुनै पनि किसिमको विपत्तिको सुरक्षाका लागि जतिसक्दो छिटो सुरक्षा दिन त्यस्ता स्थानमा तुरुन्त सुरक्षा निकायको उपस्थिति हुने संयन्त्र नजिक–नजिकमा राखिने छ । प्रविधि सहितको सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाइनेछ, नागरिकहरुका गुनासोहरुलाई तत्कालै समाधान गर्ने संयन्त्र बनाइनेछ ।
१२) आत्मरक्षाका लागि शक्तिशाली सेनाः नेपाली सेनाको संख्या करिब पाँच लाख पुर्याएर संख्यात्मक रुपमा पनि नेपाली सेनालाई विश्वको इजरायल र उत्तर कोरियाको जस्तो सर्वशक्तिशाली सेना बनाइनेछ । साथै स्थल सेनासँगै वायु, जल सेना र नवनिर्माण सेना गठन गरिनेछ । गोर्खाली सेना कति प्रभावशाली र शक्तिशाली हुन्छ भन्ने कुरा विश्वलाई दश वर्ष भित्रमा देखाइनेछ । त्यसका लागि शुरुमा निकै ठूलो बजेट मिसाइल र ट्यांक र लडाकु विमान किन्ने र छिटै नै नेपालमै मिसाइल र स्वचालित बन्दुक निर्माण गरेर हातहतियारमा आत्मनिर्भर बनाइनेछ । नेपालको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्दै आत्मरक्षाका लागि यो अनिवार्य छ ।
नेपालमै विश्वको उच्चस्तरीय युरेनियम समेत पाइने भएकाले यसको परीक्षण गर्नुको साथै कुनै शक्तिशाली राष्ट्रसँग मिलेर नेपालमै आणविक भट्टी निर्माण गरी आवश्यकताअनुसार आणविक हातहतियारको निर्माण गर्दै नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अक्षुण्ण राखिनेछ । नेपालको स्वाधिनतामाथि कुनै पनि राष्ट्रले आक्रमण गरेमा आत्मरक्षाका लागि आणविक हातहतियार प्रयोग गर्न समेत पछिनपर्नेगरी नेपाललाई शक्तिशाली बनाइनेछ ।
१३) सैनिक तालिम र नवनिर्माण सेनाको स्थापनाः अहिले नेपालको विकास नहुनुमा हामीमा नैतिकता र आचरणको अभाव भएको र देशका पुराना दल र तिनका नेता साथै कर्मचारी अनैतिक हुनु भ्रष्टचार र बेथितिले जरा गाड्नु प्रमुख कारण भएकाले नेपालीले अनिवार्य ६ महिना सैनिक तालिम लिनु पर्नेछ । यस तालिममा नैतिक शिक्षा, अनुशासन, आचरण र राष्ट्रियताको तालिम अनिवार्य दिइने छ । साथै देशमा संकट आइपरे सबै नेपाली सेना बन्न सक्ने तालिम पनि प्रदान गरिनेछ ।
नेपाली सेनालाई स्थल सेना, वायु सेना, जल सेना र नवनिर्माण सेना (विकास सेना) गरी ४ प्रकारले वर्गीकरण गरिनेछ । यस्तो विकास सेना अर्थात् नवनिर्माण सेनाको गठन कार्य सचेत नेपाली पार्टीद्वारा जनजागरणको समयमा नै शुरु गरिनेछ । सचेत नेपाली पार्टीले नवनिर्माण सेनाको भर्ती कार्य पार्टी विकासको कार्यको समयबाटै शुरु गर्नेछ ।
विदेशी दलाल, माफिया र भ्रष्ट ठेकेदारको कारणले कुनै पनि आयोजना र परियोजना समयमा पूरा नहुने र नगरिने भएकाले विकास कार्यमा नवनिर्माण सेनालाई अनिवार्य रुपमा लगाइनेछ । सचेत नेपाली पार्टीले तोकिएको समयभन्दा अगावै कुनै पनि आयोजना पूरा गरेर जनतामा आशाको संचार गर्नेछ ।
ग्रेटर नेपालः सचेत नेपाली पार्टीको अन्तिम लक्ष्य ग्रेटर नेपाल हुनेछ । नेपाललाई १५ वर्षमा विश्वको १० औं शक्तिशाली राष्ट्रको रुपमा बनाएर नेपालको गुमेको भूभाग ग्रेटर नेपालका लागि संघर्ष र वार्ता गर्दै सुगौलीको सन्धीबाट गुमेको नेपालको भूभाग फिर्ता गरिनेछ ।
१४) आत्मानुशासनका लागि नैतिक शिक्षाः नेपाल विश्वकै तेस्रो भ्रष्ट राष्ट्र बन्नु हरेक नेपाली जातिको अपमानको कुरा हो । यसको प्रमुख कारण भनेको यस देशका भ्रष्ट, माफिया र दलालरुपी दल, तिनका नेता, कार्यकर्ता र कर्मचारी हुन् । यी भ्रष्टहरुले देश र जनतालाई लुटेर अकुत सम्पत्ति जोडेका छन् तिनलाई जेलमा हाल्ने र जो सुध्रन सक्छन्, तिनलाई अफिस समय अगाडि ९ बजेदेखि १० बजेसम्म नैतिक गुरुहरु मार्फत नैतिक र आचरणगत तालिम दिएर मुलुक र नागरिकप्रति जिम्मेवार बनाइनेछ ।
१५) राष्ट्रप्रमुखः प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख हुनेछ । प्रत्यक्ष निर्वाचित भए पनि राष्ट्रपतिको पद सेरेमोनियल रहने छ । यो पद हरेक नेपालीको आस्थाको केन्द्रको रुपमा रहने छ । संसारमा कुनै पनि जातजाति, भाषा, धर्म, लिंग, क्षेत्र र वर्ग–समुदायमा कोही पछि परेका छन् भने त्यो समुदायमा नारीहरु पछि पारिएका हुन्छन् । संसारका कुनै पनि राज्यले महिलालाई पुरुषले समानताको आधारमा व्यवहार नगरेको कारणले, अमेरिका जस्तो लोकतन्त्रको दुहाइ दिने देशमा समेत आजसम्म कोही महिला राष्ट्रपति बन्न नसकेको कुरालाई ख्यालमा राख्दै महिलामा आत्मविश्वास भर्नु विकास र समृद्धिका लागि अति आवश्यक पनि छ । साथै राष्ट्रप्रमुख पद गरिमामय र सम्मानित हुने भएकाले यो पदप्रति हरेक नेपाली नागरिकमा सम्मानको भाव उत्पन्न हुन आवश्यक छ । प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था चक्रीय प्रणालीअनुसार जनजाति समुदाय, आर्यन समुदाय, दलित समुदाय र तराई–मधेशका मूलबासी आदिबासी समुदायबाट प्रत्यक्ष निर्वाचित गरिनेछ । र, यस पदमा पुरुष र महिलाको आलोपालो प्रणाली लागू गरिनेछ ।
१६) प्रधानमन्त्री; राष्ट्रपतिझै प्रधानमन्त्री पद पनि चक्रीय प्रणालीको आधारमा पुरुष र महिला आलोपालो गरी जाने र जातिगत आधारमा पनि ४ कार्यकालसम्म नदोहोरिने व्यवस्था मिलाउन संविधान परिवर्तन गरिनेछ । र, प्रधानमन्त्री हुनको लागि सांसद हुन नपर्ने सांसदको निर्वाचनसँगै प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था । प्रधानमन्त्री कार्यकारी रहने व्यवस्था हुनेछ । तर कुनै पनि अन्तराष्ट्रिय सन्धी सम्झौतामा राष्ट्रपतिको निर्णय नै अन्तिम हुनेछ । कुनै पनि सन्धी सम्झौता राष्ट्रघाती हुनसक्छ भन्ने शंका लागेमा प्रधानमन्त्रीले संसदबाट पास गराए पनि राष्ट्रपतिबाट अस्वीकृत हुन सक्नेछ ।
१७) राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने भएकाले निर्वाचन आयोग बाहेक सबै संवैधानिक निकाय राष्ट्रप्रमुखको मातहतमा राखिने व्यवस्था गरिनेछ ।
१८) राष्ट्रिय विशेष अदालत सम्बन्धीः कायम रहेका अदालती तहलाई यथावत राख्दै राष्ट्रिय विशेष अदालतको गठन गरिनेछ । यो अदालत राष्ट्रप्रमुखको मातहतमा रहने छ । यस अदालतका न्यायाधीश राष्ट्रप्रमुखको आव्हानमा खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । अदालत न्याय दिने ठाउँ हो तर नेपालमा अहिले अदालत समेत न्याय किनबेच हुने ठाउँका रुपमा परिणत भएको छ । न्यायाधीश नै न्याय किनबेच गर्ने व्यापारी बनेका छन् । भ्रष्ट, माफिया र दलालहरुलाई बिचौलियाको सेटिङ मार्फत अदालतमा घुस खुवाएर अपराधबाट उन्मुक्ति पाउन सकिन्छ भन्ने विश्वास भएकाले भ्रष्टचार, देशद्रोह र अपराधमा नीडरताका साथ निर्धक्क संलग्न रहने परिपाटीको विकास भएको छ । यस राष्ट्रिय विशेष अदालतका न्यायाधीस र न्यायालयका भ्रष्टचार सम्बन्धी मुद्दामा सक्रियता रहनेछ । साथै मन्त्रीपरिषद्का नीतिगत निर्णय के केलाई मान्ने यस अदालतले निर्णय गर्नेछ । राजनैतिक उद्देश्य प्राप्तिका लागि गरिएका राजनैतिक संघर्ष सम्बन्धी मुद्दा, राजद्रोह, राष्ट्रद्रोह, आतंकवाद, जातजाति, धार्मिक तथा साम्प्रदायिक दंगा यस विशेष अदालतले हेर्नेछ । अहिले कायम रहेका अदालतका न्यायाधीशलाई पनि हाम्रा कर्म नियालेर विशेष अदालत बसेको छ भन्ने भएपछि स्वतः अदालतभित्रको भ्रष्टाचार निरुत्साहित हुनेछ । यस अदालतको आप्mनै न्यायिक प्रहरी हुनेछ । जनपद् प्रहरीले प्रलोभन र प्रभावमा परेर कुनै मुद्दाको जाहेरी नदिने–नलिने अवस्था सृजना भए पीडितले अदालतको प्रहरीबाट जाहेरी दिन सक्नेछ । साथै सरकारको पार्टीका कुनै नेता कार्यकर्ताले गरेको अपराधलाई सरकारले संरक्षण र उन्मुक्ति दिने अवस्था सृजना भए गरेमा न्यायिक प्रहरी सक्रिय रहनेछ ।
१९) राष्ट्रिय नागरिक आयोगः अहिलेको अख्तियार स्वयं भ्रष्टचारी नियुक्त हुने अखडा मात्र नभइ भ्रष्टचारीलाई बचाउने अखडा समेत भएकाले देशको प्रधानमन्त्री, क्याबिनेटका नीतिगत निर्णय, अदालतदेखि अख्तियारभित्रको समेत भ्रष्टचारको छानबिन गर्ने एउटा शक्तिशाली राष्ट्रिय नागरिक आयोग गठन गरिनेछ । यस नागरिक आयोगले कुनै पनि सरकारी कार्यालयसँग सूचना माग्ने अधिकार राख्नुका साथै खोज–अनुसन्धान र छानबिन गरेर कार्वाही अघि बढाउन सक्नेछ । यस नागरिक आयोगले कुनै पनि मुद्दा नियमित अदालतमा नभएर राष्ट्रिय विशेष अदालतमा चलाउने छ ।
०) राष्ट्रिय सभाको खारेजी सम्बन्धीः वास्तवमा राष्ट्रिय सभा विज्ञ, विद्वान, टेक्नोत्र्mयाट र निर्वाचनमा खडा नहुनेहरुका लागि बनाइएको सभा थियो तर यो राजनैतिक प्रणालीले यसलाई दुर्गन्धित बनायो । र, पार्टीले हरुवा–चरुवा नेता, तिनका स्वास्नी, गर्लफ्रेण्ड, हुक्के बैठके, भ्रष्ट व्यापारी, ठेकेदार, कमिसनखोर, राष्ट्रघाती विदेशी दलाल र लेण्डुपेहरु सांसद् बनाउने गरेकाले राष्ट्रिय सभा पंगु बनिसकेको छ । पहिलो संविधान सभामा ५५ जोडी लोग्नेस्वास्नी थिए भने अहिले उक्त सभामा ४५ जोडी छन् । यसरी यो निरर्थक सावित भएकाले यसलाई पूर्णरुपमा खारेज गरिनेछ । र, एक सदनात्मक व्यवस्था बनाइनेछ ।
२१) प्रतिनिधि सभा र सांसद् संख्याः विज्ञ, विद्वान, टेक्नोक्र्याट र निर्वाचनमा खडा नहुनेहरुका लागि केही सिट प्रतिनिधि सभामा नै रिजर्भ राखिने । संसद् भनेको देशको नियम कानुन बनाउने निकाय भएकाले त्यहाँ अस्वस्थ प्रतिस्पर्धा सधैं प्रत्युत्पादक हुने गर्छ । यसैले सांसद् संख्या प्रत्यक्ष र समानुपातिक दुवै तर्फको गरेर १५१ मात्र गरिनेछ । वर्तमान अवस्थाको सांसद् संख्या घटाएर २७५ लाई १५१ संसद् सदस्यीय बनाइनेछ । यही अनुपातमा प्रदेश सभाका सांसद् संख्या कम गरिनेछ ।
२२) निर्वाचन प्रणाली सम्बन्धीः वर्तमान निर्वाचन प्रणाली नागरिकका लागि बोझ बनिरहेको कुरालाई मध्यनजर राख्दै निर्वाचन प्रणाली कम खर्चिलो बनाउनका लागि राष्ट्रप्रमुख, संघीय सांसद्, स्थानीय निर्वाचन एक साथ गरिनेछ । निर्वाचित स्थानीय जनप्रतिनिधिबाट मुख्यमन्त्री र प्रदेश सांसदको निर्वाचन एकसाथ गरिनेछ । मुख्यमन्त्रीले आफ्ना स्वःतजबिजमा प्रदेश सांसदबाट मन्त्रीपरिषद्को विस्तार गर्नेछ ।
२३) कार्यकारी प्रमुख सम्बन्धीः कार्यकारी प्रमुख प्रधानमन्त्री रहनेछ । प्रधानमन्त्रीको नियुक्ति प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको मतद्वारा चयन गरिनेछ । यसका लागि कुनै पनि पार्टीले निर्वाचन अघि नै प्रधानमन्त्री र उपप्रधान मन्त्रीको घोषणा गर्नुपर्ने छ । घोषित प्रधानमन्त्रीले कुनै एक स्थानमा प्रत्यक्ष निर्वाचनमा भाग लिनु पर्ने छैन । प्रत्यक्ष निर्वाचित सांसदले प्राप्त गरेको मत र सांसद संख्याको आधारमा सांसद हुने र प्रधानमन्त्री बन्न सक्ने छन् ।
२४) मन्त्रीपरिषद् सम्बन्धीः केन्द्रीय सरकारका १७ जनाभन्दा बढी नहुने गरी मन्त्रीपरिषद् रहनेछ । सांसद्को काम देशको मूल कानुन बनाउनका लागि भएकाले सांसद्लाई सरकारमा प्रधानमन्त्री बाहेक मन्त्री बनाउन सकिने छैन । मन्त्रीपरिषद्को गठनमा निर्वाचित संसद् बाहिरबाट प्रधानमन्त्रीले विषयगत विज्ञ, विद्वान, टेक्नोक्र्याट र अन्य क्षेत्रबाट आफ्नो तजबिजले चयन गर्नेछ । यसरी सांसद् मन्त्री बन्न नपाउने भएपछि सांसद् बन्नका लागि निर्वाचनमा दशौं करोड खर्चिने परिपाटीको अन्त्य हुनेछ । र, सांसद्हरु नियम कानुन बनाउनमा आप्mनो सम्पूर्ण समय लगानी गर्न सक्नेछन् । यसरी निर्वाचन महँगो नहुनाका साथै सबै किसिममा विकृति विसंगति निर्मूल हुनेछन् । सांसद् हुनु भनेको मन्त्री हुनका लागि मात्र जस्तो देखिएकाले निर्वाचनमा अस्वस्थ्य प्रतिस्पर्धा गरेर निर्वाचित हुन करोडौं खर्चिने विकृति मौलाएर भ्रष्टचार चरमोत्कर्षमा पुगेकाले यसलाई निर्मूल गर्न यो नीति प्रभावकारी सावित हुनेछ ।
२५) प्रदेश सम्बन्धीः प्रदेशको प्रत्यक्ष निर्वाचन नगरेर राष्ट्रिय सभाको हैसियतमा विकास गरिनेछ । प्रदेशको प्रतिनिधिलाई सीधा जनताले नभएर गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था गर्नुका साथै प्रदेश सभाको कोही पनि सांसद्लाई प्रधानमन्त्रीले चाहेमा संघीय सरकारको मन्त्री बनाउन सक्नेछ । प्रदेशमा पाँच जनाभन्दा बढी नहुने गरी मन्त्रीपरिषद् गठन गरिनेछ ।
२६) जासुसी संयन्त्र सम्बन्धीः मुलुकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै देशको गुप्तचर विभाग शक्तिशाली हुनु अति आवश्यक हुन्छ । अतः विदेशको षडयन्त्र थाहा पाउन मात्र हैन नेपाली जनताको करले तलब खाएर विदेशको दलाली गर्ने देशभित्रका देशद्रोहीलाई चिन्न पनि जासुसी संयन्त्र अति आवश्यक छ । देशविरुद्ध हुने कुनै पनि घटनालाई पहिला नै पहिचान गरेर मुलुक र नागरिकलाई जोगाउन आन्तरिक र बाह्य गरी दुई किसिमका गुप्तचर विभाग बनाइनेछ । यिनलाई नेपालकै कुनै बेलाको शक्तिशाली नेपाल गुप्तचर विभाग, इजरायलको मोसाद र उत्तर कोरियाको जस्तो शक्तिशाली जासुसी संस्थाका रुपमा परिणत गरिनेछ । आन्तरिक गुप्तचर विभाग प्रधानमन्त्रीको मातहतमा रहने गरी र बाह्य गुप्तचर विभाग राष्ट्र प्रमुखको मातहतमा रहनेगरी स्थापना गरिनेछ । अन्तर्राष्ट्रिय गुप्तचर संस्थाको प्रमुख हुनका लागि अन्य योग्यताका साथै अविवाहित हुनु अनिवार्य हुनेछ । यसका लागि आवश्यकताअनुसार सेनाबाट गुप्तचर नियुक्त गरिनेछ । यसको मुख्य जिम्मेवारी मुलुक र नागरिकको सुरक्षा हुनेछ ।
२७) आर्थिक नीति सम्बन्धीः अहिले संसारमा प्रचलनमा आएका आर्थिक प्रणाली शक्ति राष्ट्रले आफ्नो स्वार्थ अनुकूल हुनेगरी आफूलाई केन्द्रमा राखेर बनाएका छन्, जसले हामीजस्ता अति बिपन्न राष्ट्रका कुनै पनि आकांक्षाको संबोधन हुँदैन र हामी दिनप्रतिदिन गरिब हुँदै गइरहेका छौं । सचेत नेपाली पार्टीको आर्थिक नीतिमा चारखम्बे आर्थिक प्रणाली लागु गरिनेछ, १. राष्ट्रिय लगानी २. सामुदायिक लगानी ३. व्यक्तिगत लगानी र ४. अन्तर्राष्ट्रिय लगानी । वास्तवमा हामी ग्लोबलाइजेसन नभएर एन्टीग्लोबलाइजेसन पक्षमा र खुला अर्थनीतिको विपक्षमा छौं । खुला अर्थनीतिको नाममा नेपाल र हामी जस्ता अति विपन्न र विकाशोन्मुख राष्ट्रलाई धनी र शक्तिसम्पन्न राष्ट्रको बजार र त्यहाँका जनतालाई उपभोक्ता मात्र बनाउने षडयन्त्रगत सिद्धान्तको आधारमा विकास गरिएको कपटी दर्शन हो, जुन सुन्दा कानलाई राम्रो लाग्छ तर यो हामी जस्ता ठूलो कलकारखाना खोल्न नसक्ने र स्थानीय साना उद्योगबाट उत्पान गरेर अर्थोपार्जन गर्नुपर्ने राष्ट्रका लागि विनाशकारी क्यान्सर सावित भएको छ । हामी जस्ता विकाशोन्मुख र विपन्न राष्ट्रले शक्ति राष्ट्रसँग समान र उस्तै हैन विशेष खालको र फरक खालको सम्बन्ध चाहनु पर्छ । नेपालमै उद्योगधन्दा खोलेर यही“ उत्पादन गरेर आत्मनिर्भर बन्ने दिशामा नेपाललाई अघि बढाउनु सचेत नेपालीको पहिलो लक्ष्य हुनेछ । विदेशी उत्पादनलाई रोकेर नेपाली उत्पादन गर्न र गराउन आयातमा नियन्त्रण गर्न चरम भन्सार शुल्क वृद्धि गर्दै नेपालमै उत्पादन हुने र गर्न सकिने सबैखाले उपभोग्य वस्तुको आयात पूर्ण रुपमा बन्देज लगाई नेपालमा उद्योगधन्दा संचालन गर्न प्रोत्साहन गर्नुका साथै कुनै उच्च माग भएका सामान नेपालमै उत्पादनका लागि ठूला कलकारखाना खोल्न अन्तर्राष्ट्रिय लगानी भने खुल्ला गरिनेछ । नेपालमा उत्पादन हुन सक्ने कृषिजन्य उत्पादन मासुदेखि तरकारीसम्म, फर्निचर, साबुन, सलाई, चिनी आदि इत्यादि छोटो समयमा र सानो लगानीमा नै उत्पादन र वितरण गर्न सकिने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइनेछ र नेपालमै उद्योगधन्दा स्थापित गरिनुका साथै कच्चा पदार्थ आयात गरेर नेपालमै उत्पादन गर्ने वातावरण बनाइनेछ । आयात गर्ने संस्कारलाई पूर्ण रुपमा निरुत्साहित गरी उत्पादनमुखी अर्थतन्त्रको विकास गरिनेछ । युवाले रोजगारीका लागि विदेश जाने होइन मुलुकभित्रै आफ्ना उद्योगधन्दा र व्यवसाय गरेर रहन अभिप्रेरित गरिनेछ ।
२८) कर सम्बन्धी नीतिः अहिले सरकारले करमाथि कर करमाथि कर लगाएर नागरिकको ढाड सेक्ने काम गरेको छ । यो सरकारले लिने गरेको करलाई सचेत नेपाली पार्टीले आधा घटाइ अहिलेको भन्दा दोब्बर कर उठाएर देश विकासमा लगाइनेछ । करदाताले आफूले तिरेको कर उत्पादनमुखी कार्यमा फेरि प्रयोग गर्न सक्ने अवस्था सृजना गर्दै नागरिकले देखिने खालका उपलब्धि दिएर मैले तिरेको करको सदुपयोग भइरहेछ भन्ने विश्वास दिलाइनेछ । अतः कर छल्ने परिपाटीको पूर्ण रोकथाम गर्दै जनतालाई मैले कर आफू र आफ्ना सन्ततिको सुन्दर भविष्यका लागि तिरिरहेको छु भन्ने प्रत्याभूति दिँदै कर तिर्न उत्साहित गरिनेछ । यसले गर्दा अहिलेका सरकारले जस्तो जनतामा बढी कर थोपरेर कर छल्ने परिपाटी रोकिनुको साथै कम कर तिर्नुपर्ने भएकाले स्वतःस्फूर्त कर तिर्ने परिस्थितिकोे विकास भइ राजस्व दोब्बर वृद्धि हुनेछ । र, कोही उद्यमीले थप उधम गर्न चाहेमा उसले तिरेको करलाई सरकारले न्युनतम सहुलियतसहितको ब्याजदरमा उपलब्ध गराउन सक्नेछ । जस्तो कुनै उद्यमीले ५ वर्षमा २० करोड बराबरको कर तिर्यो र उसले अर्को उद्योगधन्दा संचालन गर्न चाहेको खण्डमा पूँजीको रुपमा सरकारले उसले तिरेको कर बराबरको सहुलियत ऋण उपलब्ध गराउन सक्नेछ । यसले गर्दा नयाँ उद्योगधन्दा संचालन गर्न पूँजीको अभाव रहने छैन र कर तिर्नका लागि जो कोही स्वतःस्फूर्त उत्साहित हुनेछ, किनकि उसलाई विश्वास हुनेछ कि मैले चाहेको बेला आफूले तिरेका कर पुनः प्रयोग गर्न पाउने छु ।

२९) शिक्षा सम्बन्धी नीतिः आजको शिक्षा प्रणाली कस्तो बनाइएको छ भने जसले कलम किताब समाउँछ त्यही बेलादेखि भेद्भाव शुरु हुन्छ । यसको मुख्य कारण पुस्तक कण्ठस्थ गर्नुलाई मात्र शिक्षा मानेर सीप, पेशा र व्यवसायलाई शिक्षाको मान्यता नदिनु नै प्रमुख कारण हो । अहिले सरकारले नाम मात्रको निशुल्क शिक्षा भनेर जनता झुक्याउने काम गरिरहेको र निजी स्कुलमार्फत विभेदकारी शिक्षा प्रदान गरेर दुई किसिमका जनशक्ति उत्पादन गरिरहेको जगजाहेर छ । अतः सचेत नेपाली पार्टीले शिक्षालाई पूर्ण रुपमा निशुल्क गर्ने मात्र होइन विभेद्रहित, व्यवसाय र रोजगारमुलक राष्ट्रिय शिक्षा प्रणालीको विकास गरिनेछ । अहिले एनजिओ र आइएनजिओवादी शिक्षा प्रणाली पूर्ण रुपमा खारेज गरेर नेपाल र नेपालीलाई चिनाउने नयाँ र उत्पादनमूलक शिक्षा प्रणाली लागु गरिनेछ ।
सातै प्रदेशमा इन्जिनियरिङ कलेज, विश्वस्तरको लाइब्रेरी, विश्वस्तरको मेडिकल कलेज, विश्वविद्यालय र बालउधान खोलिनेछ । यसरी नेपाललाई विश्वमा शिक्षाको हब बनाइनेछ । हरेक प्रदेशमा खोज–अनुसन्धान तथा आविष्कार केन्द्र समेतको निर्माण गरिनेछ । अहिलेको सरकारको जस्तो शिक्षा फ्री भन्दै शिक्षा नै नदिने परिपाटीको ठाउँमा गुणस्तरीय शिक्षा सम्पूर्ण रुपमा निशुल्क गरिने छ । शिक्षा देश विकासको मेरुदण्ड हो । दोहोरो शिक्षा प्रणालीको अन्त्य गरिनुका साथै हरेक प्रदेशमा खोज–अनुसन्धानमूलक, सीपमूलक र व्यवहारिक शिक्षाप्रणालीको विकास गरिने छ । नेपालमा अझै पनि अधिकांश नागरिकहरु अशिक्षित छन् । यही अशिक्षा र गरिबीको दलदलमा रहेका अधिकांश सोझासाझा मानिसहरुलाई अहिलेका अधिकांश भ्रष्टाचारी र दलाली नेताहरुले ठूला ठूला सपना बाँड्ने, जातिय विभेदलाई अप्रत्यक्ष मलजल गरेर भड्काउने र लोभ लालचमा फसाउने जस्ता कार्यले गर्दा देशको चौतर्फी विकासलाई प्रत्यक्ष असर गरेको हुनाले शिक्षाको माध्यमबाट चेतनाको स्तर बृद्धि गराइने छ । देशभरिका सम्पूर्ण बालबालिकाहरुका लागि अनिवार्य शिक्षा लागु गरिनेछ । पाठयक्रलाई सुधार गर्दै आवश्यकताअनुरुप प्राविधिक तथा चेतनामूलक शिक्षाको पाठयक्रम सानै कक्षाबाट समावेश गरिनेछ । सीमान्तकृत, दलित र अल्पसंख्यकका लागि सरकारले विशाल गुरुकुल शिक्षाको व्यवस्था गरी शिक्षणको व्यवस्था गरिनेछ । स्वास्थ्य, नैतिक, व्यवहारिक शिक्षालाई प्राथमिक तहबाटै समावेश गरिनेछ प्रयोगात्मक, व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रणाली तथा अध्ययन अनुसन्धानलाई अनुसरण गरिने छ । विद्यालय नजाने मानिसहरुलाई निशुल्क र अनिवार्य प्रौढ शिक्षाको व्यवस्था पनि गरिनेछ ।
३०) रोजागारी सम्बन्धीः अति आवश्यक बाहेकका विदेशी उत्पादन पूर्ण रुपमा प्रतिबन्ध गरी नेपालमा कांग्रेस र कम्युनिष्ट सरकारले बन्द गरेका सम्पूर्ण उद्योगधन्दा पुनः संचालन गरिनेछ । महान् नेपाली जनता सामू हामी गौरवका साथ घोषणा गर्छौं कांग्रेस, पञ्चे र कम्युनिष्टले ७० वर्षमा कति कलकारखाना र उद्योग खोले, कति रोजगारी दिए, कति काम गरे त्यति हामी ७ वर्षमा गरेर देखाउने छौं । हरेक गाउँ र नगर पालिकामा ७५० परिवार भएको गाउँ टोलमा सचेत नेपालीले वर्षेनी कम्तीमा ७५० जनालाई नै रोजगारी सृजना गर्नेछ । यदि सचेत नेपाली पार्टीले ७ वर्ष शासन गर्ने अवसर पाएमा कम्तीमा ६५ लाख रोजगारी सृजना गर्नेछ । जसरी अहिले नेपालीहरु विदेशमा रोजगारीको लागि जाने गर्नुहुन्छ १२ देखि १५ वर्षमा सचेत नेपाली पार्टीले नेपालीको बेरोजगारी समस्या पूर्ण रुपमा हटाएर ५५ लाख विदेशीलाई नेपालमा रोजगारी दिन सक्ने अन्य दल र तिनका नेताले सोच्नै नसक्ने अकल्पनीय कार्य सृजना गर्नेछ । यसपछि विदेशीहरु रोजगारीको लागि नेपाल आउनेछन् जसरी अहिले हामी जाने गर्छौं । यसको अद्भुत रणनीति हामीसँग छ । धेरैलाई यो अविश्वसनीय लाग्नेछ किनकि उनीहरु यस्तो होस् भन्ने चाहँदैन तर सचेत नेपाली गतिशिल युवाशक्तिलाई परिचालन गर्न भिजन विथ रिजन आएको कारणले हामी गरेर देखाउनेछौं । र, यो सब गर्न हामी सक्छौं । संसारका कुनै पनि देश र जातिले बनाएको जस्तो विकसित देश नेपाललाई बनाउन हामी नेपाली जाति सक्षम र योग्य छौं । अब एकपटक हामीले आपूmलाई विश्वास गर्ने समय आएको छ । अब एक पटक हामीले प्रयाश गरेर हेर्ने बेला आएको छ ।
रोजागार नागरिकको नैसर्गिक अधिकार हो । यसको ग्यारेन्टी राज्यले गर्नु पर्दछ र बेरोजगारका लागि सरकारले स्वरोजगारको कार्यक्रम तय गर्दै तिनलाई भत्ताको व्यवस्था गर्नेछ । र, यसरी बेरोजगार भत्ता लिनेहरुलाई राज्यले आवश्यकताअनुसार श्रमदान या कुनै पनि सरकारी काममा खटाउन सक्नेछ ।
राज्यले सबै खाले सीपमूलक तालिम निशुल्क गर्नेछ । सीप र शिक्षाका आधारमा डिग्रीको व्यवस्था गरिनेछ । शैक्षिक डिग्रीका आधारमा मात्र योग्यता मूल्याङ्कन गरिने परिपाटीलाई तोड्दै सीपमूलक योग्यतालाई पनि समान रुपमा मूल्याङ्कन गरिने नीति लिइनेछ । जस्तो एउटा किसानले १५ वर्ष नियमित कृषि कर्म गरेमा उनको योग्यता सीपको आधारमा लिखित परीक्षा दिन नसके प्राक्टिकल र मौखिक परीक्षा दिएर स्नातक तहको डिग्री लिनसमेत सक्नेछन् । यसैगरी २५ वर्ष निरन्तर कर्म गरेर कुनै पेशा, व्यवसाय र सीपमा विज्ञता हासिल गरी विषयगत प्राक्टिकल र मौखिक परीक्षा पास गरेको खण्डमा उनलाई पनि डाक्टर बराबरको उपाधि दिइनेछ । उनको योग्यता एक पीएचडी प्राप्त बराबर मानिने छ । थेसिस लिखित रुपमा पेश गर्न नसके मौखिक र व्यवहारिक तरिकाले प्रविधिको प्रयोग गरेर बुझाउन सकिनेछ । पीएचडी अनुसन्धानसँग सम्बन्धित भएकाले कुनै पनि औपचारिक शिक्षाको डिग्री नलिएको मानिसले पनि कुनै पनि विषयमा अनुसन्धान गरेर पीएचडीको उपाधि लिन सक्ने शिक्षण व्यवस्था लागु गरिनेछ । यस व्यवस्थाले हरेक कर्मलाई सम्मान दिई पेशाको आधारमा गरिने सबै खाले विभेद्को अन्त्य हुनेछ । जस्तो एउटा माझी दाइले तीस वर्ष डुंगा चलाउनु हुन्छ तर एउटा विश्वविद्यालयबाट कोही पीएचडी स्कलर माझीको विषयमा पीएचडी गर्न जान्छन् । उनी माझीदाइले कसरी नाउ खियाउँछन्, उनको जीवनी, जीवनस्तर, माछा मार्ने कला आदिको बारेमा जिज्ञासा राखेर मछुवारहरुको इतिहासका केही कुराहरु खोज्नुका साथै उनीबाट सबैखाले उत्तर लिएर पीएचडीको डिग्री हासिल गर्छन् तर ती डाक्टरलाई न नाउ चलाउन आउछ, न जाल हानेर माछा मार्न नै आउँछ तर पनि उनी डक्टरेट डिग्रीधारी बन्छन् । समाजमा सम्मान पाउँछन् । तर जसलाई जाल हानेर माछा मारेर जीवन जिउने कला आउँछ र मानिसलाई डुंगा चलाएर भेलबाट बचाउने र नदी पार गराउने कला आउँछ यस समाजमा उनको मान–सम्मान नहुने शिक्षा प्रणाली विद्यमान रहेकाले यसको परिभाषा र मापदण्ड नै नयाँ बनाउनु आजको आवश्यकता हो । कलम बोक्ने महान् कैंची बोक्ने अपहेलित । पुस्तक पढ्ने महान् तर पौरख गर्नेको अपहेलना, काम गर्ने कर्मवीरलाई कामी भन्दै हेप्ने, साथै समाज निर्माण गर्ने परिश्रमी सीप र कला भएका दमाइ, सार्की, डोम, चमार, मुसहर र श्रमजीवीलाई अवहेलना गर्ने यो शिक्षा प्रणाली र समाजको सोचमा आमूल परिवर्तन गरी कुनै पनि पेशाको सम्मान हुने स्थितिको सृजना गर्नु सचेत नेपाली पार्टीको मूल उद्देश्य हो ।
३१. भाषा सम्बन्धीः बोलचालको माध्यम भाषा नेपाली हुनेछ तर राज्यले सबै मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुका साथै क्षेत्रगत रुपमा जुन भाषाको बाहुल्यता छ ती स्थानहरुमा सरकारी माध्यम भाषाका रुपमा नेपालीसँगै स्थानीय मातृभाषालाई पनि विशेष प्राथमिकता दिइनेछ र संसद्मा कोही नेपाली बोल्न नसक्नेहरुले आफ्नै मातृभाषामा बोल्न पाउनेछ र अनुवादकको व्यवस्था भने सरकारले गर्नेछ । तर कुनै विदेशी देशको भाषामा भने बोल्न पाइने छैन । तथापि अङ्ग्रेजी भाषाले भने अन्तर्राष्ट्रिय भाषाको रुपमा मान्यता पाइसकेकाले यस भाषाको प्रयोग भने गर्न सकिने छ ।
३२) परराष्ट्र नीतिः विश्वमा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने कुनै पनि राष्ट्रको उन्नति हुन नसकेको र असंग्लनाताको नाममा कुनै एक छिमेकी राष्ट्रप्रति लम्पसारवादी नीति, आत्मसमर्पणवादी ढुलमुले चरित्र देखिएर विश्वमै नेपालप्रति अविश्वास उत्पन्न भएको मात्र नभइ विश्वमा नेपाल नामक स्वतन्त्र देश छ भन्नेमा समेत अविश्वास हुन गएको देखिन्छ । पश्चिमालाई अहिलेसम्म नेपालले हामी स्वतन्त्र हौ“ भनेरसम्म बुझाउन नसक्नुको कारण इण्डियाको पिछलग्गु हुनु नै प्रमुख हो । युरोप र अमेरिकाको त के कुरा, एशियामा नै पनि मेरो देश नेपाल हो भन्दा नेपाल इण्डियाको कतिऔं प्रान्त हो ? भन्ने जस्तो स्थिति यो असंग्लन परराष्ट्र नीतिको कारणले हो र यो देशका नेता र ब्युरोक्र्याट्स इण्डियाको दलाल, लम्पसार र आत्मसमर्पणवादी भएकाले हुन पुगेको देखिन्छ । साथै जसलाई संसारले असंलग्न राष्ट्र मानिरहेको हुन्छ त्यो नै नयाँ गुटमा परिणत भएर विश्व तीन गुटमा परिणत भएको परिप्रेक्ष्यमा असंग्लनताको भजन जप गर्नुको कुनै प्रयोजन छैन । एक किसिमले भन्नुपर्दा असंग्लनताको औचित्य समाप्त भइसकेको विश्व परिस्थितिमा त्यही विचारको निरन्तरतामा झुण्डिनु अब नेपालका लागि अर्को एक मूर्खतासिवाय केही होइन । साथै विश्वमा जति पनि असंग्लन परराष्ट्र नीति मान्ने राष्ट्र छन् ती कुनैको पनि विकास हुन नसकेको इतिहास सचेत नेपाली पार्टीले राम्रोसँगले बुझेको पनि छ । असंग्लन नीति भनेको आप्mनो अनुकूल व्याख्या गर्ने दलाली नीति सिवाय केही होइन । जस्तो इण्डियाकै उदाहरण लिउँ, यसले आपूmलाई असंग्लन भन्यो र विश्वको शक्तिशाली राष्ट्र रुससँग बीस वर्षे सैन्य सम्झौता ग¥यो । यसरी असंग्लन भन्दै इण्डिया आफ्नो फाइदाका लागि वार्सा गुटमा संलग्न भयो तर नेपाल जस्ता राष्ट्रलाई भ्रममा पार्न असंग्लनताको ढोल भने बजाउन छोडेन । अहिले फेरि इण्डिया अमेरिकासँग सम्झौता गरेर उसको पुच्छर बनेको छ तर असंग्लनताको नाटक चलाइरहन चाहन्छ र अहिले विश्वमा आप्mनो फाइदाका लागि इण्डियाको जोसुकैसँग जुनसुकै विषयमा पनि दलाली गर्ने लम्पसार तथा आत्मसमर्पणवादी चरित्र उदाङ्गो भएको छ । इण्डियाको नीति भनेको अब अमेरिकाको पुच्छर बनेर एशियाको सुपर पावर बन्नलाई चीनसँग अस्वस्थ प्रतिस्पर्धा गरिरहेको दिनको घामजस्तै छर्लङ्ग छ । त्यसैले नेपालले यस्ता असंग्लन परराष्ट्र नीतिको शब्दजालमा परिरहनु पर्ने कुनै आवश्यकता छैन । नेपाल र नेपालीको अनुकूल हुने गरी, नेपाललाई जहाँ र जुन राष्ट्रबाट फाइदा हुन्छ त्यही आधारमा संलग्नताको सिद्धान्त अवलम्बन गरिनेछ । जसरी जंगबहादुरको समयदेखि आजसम्म दक्षिणको चाकरी र चाप्लुसी गरेर सत्तामा टिक्ने र टिकाउने अनि नागरिकप्रति गैरजिम्मेवार बन्दै राष्ट्रघाती तथा जनघाती कर्म गर्ने लम्पसार तथा आत्मसमर्पणवादी संस्कारलाई सदाका लागि तिलान्जलि दिइनेछ । कुनै पनि विदेशीले सीधै मन्त्री, प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई भेट्न पाउने छैन । अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् प्रोटोकल मिलाएर विधिपूर्वक मात्र भेटघाट गर्न पाउनेछ । कुनै पनि सरकारी कर्मचारी या पदाधिकारीले विदेश भ्रमण गर्नका लागि परराष्ट्र मन्त्रालयबाट कारण खुलाएर अनिवार्य रुपमा स्वीकृति लिनु पर्नेछ ।
३३) अनुदान सम्बन्धीः कुनै पनि राष्ट्रले आप्mनो स्वार्थ नभई अर्कालाई सित्तैमा गुन्द्रुक पनि नदिने भएकाले सबैखाले अनुदान बन्द गरेर नेपाल र नेपालीको आवश्यकताको परियोजनामा आफूलाई अनुकूल हुने गरी सस्तो ब्याजदरमा ऋण लिन सक्नेछ । मागेर नै देशको विकास गर्छु र देशमा समृद्धि ल्याउन सकिन्छ भन्ने कायर र परनिर्भर सोचलाई पूर्ण रुपमा खारेज गरिनेछ । यसरी मागी खाने संस्कारले नेपाली युवालाई दिनप्रतिदिन म केही गर्न सक्दिनँ, केही हुन सक्दैन भन्ने हीनभावनाको विकास भएको कारण उद्यमशीलता गुमेको छ परिणाम बेरोजगारी बढेर लाखौं युवाहरु सम्भावनाको खोजीमा विदेशिन बाध्य छन् ।
विभिन्न बहानामा नेपाल भित्रिएका अनेक नामधारी एनजीओ र आईएनजीओले नेपालमा अनेकानेक वितण्डा मच्चाउने गरेका मात्र छैनन् नेपालीको पौरखी सोचमा समेत कायरता र मगन्ते प्रवृत्ति हावी गराउन सफल भएका छन् । साथै जातजाति, धार्मिक र क्षेत्रगत रुपमा नेपाली नेपाली बीच द्वैष, वैमनस्यता र घृणा उत्पन्न गराएर फुटाऊ र राज गरको पुरानै सिद्धान्तमा आप्mनो स्वार्थ लाद्न सफल भइरहेकाले सबै खाले एनजीओ र आईएनजीओहरुलाई खारेज गर्ने र गरेर खाने संस्कारको विकास गर्नेछ । कोही लगानी नै गर्न इच्छुक हो भने पूर्वाधार निर्माण बाहेक अन्यत्र सबैखाले सहयोग पूर्ण रुपमा रोकिने छ ।
३४) नागरिकता सम्बन्धीः नेपालमा कुनै पनि राजनैतिक परिवर्तनको समयमा इण्डियाले नेपालभित्र कुनै पनि प्रयोजनले बसोबास गर्दै आएका आफ्ना इण्डियन नागरिकलाई र चीनको तिब्बतबाट नेपाल पसेका चिनियाँ नागरिकलाई बसको टिकट बाँडेको जस्तो नेपाली नागरिकता वितरण गर्न दबाब दिने गरेको पाइएकोमा अब उप्रान्त २०४५ सालपछि बाँडिएका सबैखाले नागरिक प्रमाणपत्रको छानबिन गरिनेछ र नक्कली नागरिकता लिने र दिने दुवैलाई कठोर सजाय गरिनेछ । अंगीकृत नागरिकलाई कुनै पनि किसिमको राजनैतिक अधिकार दिइने छैन । यसरी नक्कली नागरिकता लिनेहरुले तराई मधेशका जनताको बेइज्जत मात्र गरिरहेका छैनन्, उनीहरुको अवसरहरु समेत खोसी रहेका छन् ।
३५) राष्ट्रिय परिचय पत्रः अति विपन्न, विपन्न, निम्नमध्यम वर्गीय र शारीरिक र मानसिक रुपमा अपांगता भएका व्यक्तिलाई परिचयपत्रको व्यवस्था गरिने छ र अति विपन्न वर्गको जीवनस्तर उकास्न उनीहरुलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, स्वरोजगारसहितको आवश्यक व्यवस्था गरेर उनीहरुको जीवनस्तर उठाइनेछ ।
३६) अनिवार्य प्रवेशाज्ञाः नेपाल प्रवेशका लागि अन्य राष्ट्रका नागरिकहरुलाई जस्तै इण्डियनलाई पनि अनिवार्य प्रवेशाज्ञा लागू गरिनेछ । बिनाभिसा कोही पनि नेपाल छिर्न पाउने छैनन् । यसले अपराधी प्रवृत्तिका मानिसलाई कन्ट्रोल मात्र गर्ने छैन गलत नियतले नेपाल प्रवेश गर्नेमाथि पनि निगरानी गर्न सहज हुनेछ ।
३७) सीमा सुरक्षा सम्बन्धीः नेपाल र इण्डियाका बीच ८५५४ वटा सीमा स्तम्भ रहेकोमा २३४४ स्थानमा सीमा स्तम्भ गायब गराइ नेपालको सिमाना मिचिएको छ । यसरी इण्डियाले नेपालको सीमाना मिच्नुका साथै नेपाल आमाको छातीमा इण्डियन सैनिक क्याम्प राखेर परेड खेलिरहेको वर्तमान स्थितिमा नेपाल भूमि रक्षा गर्नु प्रत्येक नेपालीको प्रमुख दायित्व हो । सीमा सुरक्षाका लागि सचेत नेपाली पार्टीले सिमानामा काँडेतार लगाएर हरेक ३–३ किलोमिटरको फरकमा बंकर सहितको बीओपी राखेर सीमामा अत्याधुनिक हातहतियारसहितको सुरक्षा दस्ता राखिने छ । नेपालमा नै अत्याधुनिक ड्रोन उत्पादन गरेर सिमानामा निगरानी राखिनुको साथै सेटलाइटको प्रयोगद्वारा सीमा निरीक्षण गरिनेछ ।
३८) जातजाति र भेद्भाव सम्बन्धीः
नेपालमा अहिले देशीविदेशी शक्ति घुसेर फुटाउ र राज गरको सिद्धान्तअनुरुप हामीलाई विभाजित गरेर शासन गरिरहेका छन् । यदि नेपाली जनता मिले भने यस देशका जनतालाई भ्रममा राखेर सत्तामा पुग्नेहरु केही क्षण पनि टिक्न सक्ने छैनन् । त्यसैले युवाको हातमा शक्ति नजाओस् भनेर पहिला त यहाँका दलले लाखौं लाख युवालाई मूलधारबाट अलगथलग गरेर विदेशिन बाध्य पारेका छन् र ती खाली स्थानमा आप्mना चाटुकार, दलाल र माफियालाई पदमा पु¥याएका छन् । तपाईं अहिले नगरपालिका, गाउँपालिका र उप तथा महानगरपालिकाका पदाधिकारीलाई हेर्नुहोस् त ती मध्ये ९० प्रतिशत चोर, डाँका, लुच्चा, लफङ्गा, दलाल, माफिया, टोले गुण्डा र अपराधी छन् । पढे लेखेको बौद्धिक युवाहरु प्रायः छैनन् । सचेत नेपाली पार्टीको नीतिअनुसारको स्वतन्त्र नागरिक आयोग गठन गरी छानविन शुरु गर्ने हो भने स्थानीय सरकार नै खाली हुन्छ । सबका सब भ्रष्ट छन् । केन्द्रदेखि वडाका इकाइसम्म कोही जनताप्रति उत्तरदायी छैनन् । सिंहदरबारमा मौलाएको भ्रष्टचार अब गाउँगाउँसम्म पुगिसकेको छ । जनताको पैसा चोरी र डकैत गरेर कुम्ल्याउने अनि फेरि त्यही पैसाको बलमा चुनाव जित्ने परिपाटीले सबका सब पुराना दल र तिनका नेता, कार्यकर्ता र जनप्रतिनिधि चोर र लुटेरा बनिरहेका छन् । अनि कसरी बन्छ मुलुक ? यिनलाई कसैले भ्रष्टचारी भन्यो भने त आफूलाई सम्मान गरेको भन्ने ठान्न थालेका छन् । प्रहरी, प्रशासन र न्यायालयको प्रयोग गरेर खुल्लम्खुल्ला नीतिगत र संस्थागत रुपमा जनताको गाँस, बास र कपास खोस्ने यिनीहरु आधुनिक चोर हुन् । एक पटक सोच्नुस् त तपाईं अहिलेसम्म विनाघुस केही काम गराउन सक्नुभएको छ ? घुस नखुवाइ केही काम बन्छ भन्ने परिकल्पना गर्न सक्नुहुन्छ ? हरेक काममा एउटा न एउटा अड्को थापेर जनताबाट सुनियोजित रुपमा घुस खान मिल्नेगरी सबै तारतम्य र ऐन कानुन बनाएको हुन्छ । र, यिनीहरुले बनाएका ऐन, नियम र विधान ठीक ढंगले अध्ययन गर्ने हो भने घुस खाने प्रपञ्च त्यही मिलाइएको हुन्छ, जुन सर्वसाधारणको बुझाइभन्दा टाढा हुन्छ । यति मात्र होइन यिनीहरुले कामलाई झन्झटिलो बनाएर दुख दिने, ढिलासुस्ती गरेर हैरान पार्ने र एकै दिनमा हुने कामलाई अड्को थापेर कैयौं दिनसम्म झुलाउने र अन्ततोगत्वा घुस दिन बाध्य पार्ने । अर्थात् जसरी पनि सर्वसाधारणलाई लुटेरै छोड्ने ।
त्यसपछि केही स्वच्छ मानिस छन्, जो देशको वास्तवमै चिन्ता गर्छन् । यहाँको बेथिति र विसंगति अनि भ्रष्टचारबाट आजित छन् । यिनीहरुले परिवर्तनका लागि दस्तक दिन सक्थे तर राजनैतिक दल र विदेशी शक्तिले यिनलाई बाहुन, क्षेत्री, दलित, आदिबासी–जनजाति, मधेशी र पहाडे भनेर भिडाइदिएका छन् । यस्ता जागरुक युवा यी राजनैतिक दलको विरुद्धमा खडा हुनु पर्नेमा चुच्चे र थेप्चे, पहाडे र मधेशी, उच र नीच जाति भनेर आफै लडेर बसेका छन् । यो सबै कुरा नेपाली नागरिकलाई बुझाएर नेपालका सबै युवालाई एउटै छातामुनि ल्याउने महान् उद्देश्यसहित आएको छ सचेत नेपाली पार्टी ।
जातजातिको अहंकार र हीनता निकै भयानक र विनाशकारी हुन्छ । संसारमा जति पनि भयानक र विनाशकारी हिंसा भएका छन्, ती प्रायजसो जातिवादी अहंकार र हीनताको कारणले भएका छन् । नेपालमा पनि अहिले तिमी नीच जात म उच्च जात भन्ने जुन अहंम्ता र हीनताको स्थिति छ, त्यसको मुख्य कारण भनेको अशिक्षा, अज्ञानता, विकृति र विसंगति हो । त्यसकारण हामी यसलाई जरैबाट उन्मूलन गर्न चाहन्छौं । नेपाललाई विस्तारै जातजातिविहीन रुपमा अघि बढाइनेछ । सचेत नेपाली कसैको पनि नामको पछाडि जात लेख्न आवश्यक ठान्दैन । सचेत नेपाली पार्टी नेपालीको पहिचान नयाँ तरिकाले स्थापित गर्न चाहन्छ । जातजातिको ठाउँमा हामी बाबु र आमाको नाम लेख्ने प्रथाको शुरुवात गर्नेछौं । जस्तो कोही मिलन कार्की छ र उसको बुबाको नाम राम र आमाको नाम सीता कार्की रहेछ भने मिलनको थर कार्कीको ठाउँमा उनका आमाबुबाको नाम सीताराम हुनेछ र उनको पूरा नाम मिलन सीताराम हुनेछ । यसपछि कोही छोरीचेलीले विवाहपछि पुरुषको थर लिनु पर्दैन । विवाहपछि महिलाले आप्mनो पहिचान नै गुमाउनु पर्ने परिपाटीमा समेत न्यायपूर्ण सुधार हुनेछ । उनी पनिआफ्नो नामसँग थरमा आफ्ना आमाबुबाको नाम लेख्ने छिन् । यसरी देशी विदेशी शक्तिको जातजातिमा खेलेर हामी बीच फुट ल्याएर राज गर्ने षडयन्त्रलाई पनि हामी सदाका लागि बन्द गरिदिन चाहन्छौं । नेपाली एउटा जाति र नेपाल एउटा मेरो देश भन्ने भावनाले मुलुकलाई जोड्ने सचेत नेपाली पार्टीको लक्ष्य हो ।
३७) आरक्षण सम्बन्धी अन्त्योदयको सिद्धान्त: जसरी हाम्रो शरीरमा एउटा मात्र अंग विकसित र ठूलो भयो भने अस्वभाविक विकास भन्न्छि त्यसै गरी कुनै पनि समाजमा केवल एक खालका मात्र जाति र समुदायको उन्नति हुन्छ भने त्यो समाजलाई स्वस्थ्य समाज मानिदैन । त्यसैले सचेत नेपाली पार्टी समाजमा जनसंख्याको आधारमा समानान्तर विकास गर्न चाहन्छ । र, यसका लागि केही समयका लागि आरक्षण पनि अनिवार्य छ । यदि हामीले आरक्षण गरेनौं भने खास जातजाति, वर्ण र लिंगको मात्र उत्थान हुन्छ जुन अस्वभाविक हुन्छ । हामी सर्वोदय नभएर अन्त्योदयको सिद्धान्त मान्दछौं । अर्थात् जो सबैभन्दा अन्त्यमा रहेको छ उसैलाई मूलधारमा ल्याउने हाम्रो प्रमुख लक्ष्य रहेको छ । यसका लागि हामी अहिले कायम रहेको आरक्षण व्यवस्थालाई नै कायम राख्दै भविष्यमा आरक्षण जातजातिको आधारमा नभएर वर्गको आधारमा दिनेछौं । यसमा सबैभन्दा उत्पीडित वर्गको छनोट गरिनेछ । यसका लागि उसको तीन पुस्ताको आर्थिक र शैक्षिक स्तर हेरिनेछ । सरकारी स्कुलमा पढेका बाहेक कुनै पनि प्राइभेट स्कुलमा पढेकालाई आरक्षणमा सामेल गराइने छैन । साथै आरक्षणको कोटामा एक पटक सुविधा लिएका व्यक्तिलाई पुनः आरक्षणको सुविधा दिइने छैन । महिलाहरुलाई आरक्षण र समानुपातिक कोटामा बढाएर ५० प्रतिशत व्यवस्था गरिनेछ । राज्यका सबै तह, तप्का र राजनीतिमा समेत महिलाको उपस्थिति देखिने गरी बढाइनेछ । यो आरक्षण र समानुपातिक व्यवस्थाभित्र पनि अवसर नपाएका जातजातिको पहिचान गरेर यो अवसर पु¥याउने हेतुले अनिवार्य कोटा प्रणालीमा लागु गरिनेछ भने सचेत नेपाली पार्टी अन्त्योदयको सिद्धान्त मान्ने भएकाले कम जनसंख्या भएका कुसुण्डा, राउटे, डोम, चमार, सन्थाल, चेपाङ आदिको अवस्थालाई माथि उठाइनेछ । नेपालको परिस्थितिमा सुदृढ अवस्था रहेका जति पनि जातजाति छन् उनीहरुले प्रतिस्पर्धामा विश्वास राख्नु राम्रो हुने भएकाले यस आरक्षण र समानुपातिक कोटा अल्पसंख्यामा रहेका जातजातिको उम्मेद्वारलाई विशेष प्राथमिकता दिइनेछ भने अति विपन्न वर्ग र जातजातिका मानिसको जीवनस्तर उकास्नका लागि आरक्षणको भरपूर उपयोग गरिनेछ ।
३८ कृषि सम्बन्धीः नेपाल कृषि प्रदान देश हो । लगभग ३ प्रतिशत मात्र उर्वरभूमि भएको इजरायलले कृषि उत्पादन निर्यात गर्दछ तर लगभग ८० प्रतिशत उर्वर भूमि भएको नेपाल जस्तो मुलुकले वर्षेनी अरबौंको कृषिजन्य उत्पादन आयात गरिरहेको छ । यो सब हुनुको मुख्य कारण भनेको विदेशीको चंगुलमा परेर पुरानो सत्ताले नेपालको कृषि उत्पादन नै ध्वस्त पार्ने सुनियोजित षडयन्त्र अन्तर्गत भएको देखिन्छ । यसरी नेपालीलाई केवल उपभोक्ता बनाएर कृषि उद्यमलाई धरासायी बनाउँदै लाखौंमा रहेका युवालाई बेराजगार बनाएर विदेश लखेट्ने सुनियोजित षडयन्त्र रचिएको छ । नेपालमा अझै पनि कृषि कार्यमा संलग्न किसानहरुले पुरानो प्रविधिबाट कृषि पेशा गर्ने गरेको हुँदा झण्डै उत्पादन र लागतको तुलना गर्दा एकदम न्युन आम्दानी हुने भएकाले थोरै खेती हुनेलाई गुजारा गर्न नै निकै कठिन हुने अवस्था छ । सामान्य कृषकका छोराछोरीहरुले चिकित्सा विज्ञान, इन्जिनियरिङ तथा कुनै पनि किसिमका यस्ता शिक्षा तथा साधारण प्राविधिक शिक्षा समेत पनि अध्ययन गर्नका लागि पहुँचभन्दा बाहिर रहेको छ । त्यसैले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण अति अपरिहार्य रहेकाले राज्यले कृषकहरुलाई आवश्यक पर्ने आधुनिक उपकरणहरु, ऋण सहुलियत, उन्नत जातका बीउ, हरेक वडा कार्यालयबाट निशुल्क तालिम लगायत आवश्यक सुबिधाहरु उपलब्ध गराइनेछ । कृषकहरुले उत्पादन गरका वस्तुहरुलाई सरकारले संकलन केन्द्र स्थापना गर्दै निर्यातको प्रबन्ध समेत गरिनेछ । बिचौलियाको भूमिका हटाएर उत्पादक किसान र उपभोक्तालाई प्रत्यक्ष फाइदा पु¥याइनेछ । कृषि प्रधान देशमा कमिसनखोरहरुका कारण सधैं बीउ–बिजन र मल खाद्यको अभाव रहने र मलमा अरबौं डलर बाहिरिनुका साथै समयमा किसानले मल प्राप्त गर्न नसक्नु अर्को बिडम्बना रहेको छ । त्यसकारण यति अपरिहार्य रहेको बीउ–बिजन र मलखाद्यका कारखाना नेपालमै खोलेर सहजीकरण गर्दै नेपालमा कृषि क्षेत्रलाई उत्पादन, रोजगार र निर्यातमूलक बनाइनेछ । प्लस टुको डिग्री लिनका लागि छ महिने कृषि तालिमका साथै फिल्ड शिक्षा अनिवार्य गरिनेछ ।
कृषि क्रान्ति शुरु गरेर युवालाई कृषि कर्ममा उत्साहित गर्न विभिन्न कार्यक्रम ल्याइने छ । हाम्रो देश भौगोलिक विविधताले भरिपूर्ण छ हिमाल, पहाड र तराइ, हरेक भूगोलमा प्रचुरमात्रामा उत्पादन हुन सक्ने कृषि अध्ययन व्यापकहरुमा गरिनेछ । कृषिमा जथाभावी प्रयोग गरिने बिषादिलाई रोक्ने ।
अर्गानिक उत्पादनमा जोड गर्ने । कृषिमा नयाँ प्रविधि भित्र्याउने÷ निर्माण गर्ने । कृषिमा व्यवसायीककरण, यान्त्रिकरण र आधुनिकीकरणको अध्ययन गर्ने जस्तैः खन, जोत तथा तयारी वस्तु बनाउनेसम्मको कार्यका लागि तथा खसीबाख्रा पालन, कुखरा पालन, गाईपालन आदि … । दूध उत्पादन गर्ने तथा जुनसुकै वस्तु उत्पादन गर्ने किसानहरुको खरिद गर्ने, संकलन केन्द्र बनाउने र निर्यातमा सहयोग गर्ने । कृषिको लागि आवश्यक पर्ने कीटनाशक औषधि तथा रासायनिक मलको पुर्तीको डेलिभरी आवश्यकताअनुसार सहजै पूरा गर्ने । स्टोक गरेर राख्ने, सर्टेज हुन नदिने । हरेक वार्डहरुबाट किसानलाई चाहिने प्रविधिहरु, रासायनिक मल, किटानासक औषधि र आधुनिक कृषि र व्यावसायिक कृषिको तालिम प्रदान गर्ने । उत्पादकत्व बढाउने – धान, गहुँ, दाल, तेलजन्य अन्नहरु साथै अन्य रअन्न बाली लगायत पहाडमा हुने स्याउ, सुन्तला, किबी, एभोकाडो लगायत तथा तराईमा हुने आँप, लिची, केरा, अनार आदि … लगायत)
खालि जमिन अनिवार्यरुपमा उपयोग गर्ने । (हरेक ठाउँ, गाउँ शहरका) खेतीयोग्य जमिन घडेरी बनाउने प्रवृत्ति तत्काल हटाउने
जमिन सम्बन्धि स्पष्ट नीति नियम बनाउने । बिचौलियालाई तुरुन्त नियन्त्रण गर्ने । आवश्यकता अध्ययन गरेर खरिद गरेर बेच्न मिल्ने चिज वस्तुलाई खरिद गरिदिने अथवा संकलन केन्द्र व्यवस्थापन गरेर निर्यात गर्ने (खसी, धान, चामल, गहंँु दूधजन्य पदार्थ अन्य कृषि जन्य …) नेपालमा कति संख्यामा नागरिकले आफ्नो लागि उत्पादन गरेर अर्को वर्षमा उत्पादन नहुन्जेल संचित गरेर खान सक्छन् अनि कति नागरिकले दैनिक ज्यालामजदुरी गरेर अनि कति नागरिकले व्यापार व्यावसाय गरेर खाइरहेका छन स्पष्ट डाटा राख्ने, किसानले आफूलाई चाहिनेभन्दा बढी उत्पादन गरेको खाद्यान्न लगायतका सामानहरु सरकारले खरिद गरिदिने व्यवस्था गर्ने । साथै उत्पादन गरेका चीज वस्तुलाई तुरुन्त निर्यातको व्यवस्था मिलाउने । जस्तैः तराईमा आँप तथा पहाडमा उत्पादन हुने स्याउ सुन्तलाको जुस उत्पादन बढाइ सार्क राष्ट्र सँगसँगै अन्य खाडी मुलुक लगायतका राष्ट्रहरुमा निर्यात बढाउने । अनुत्पादक क्षेत्रको लगानी रोक्ने ।
बन्जर जमिनलाई उपयोगमा ल्याउने ठाउँ हेरेर (रुख बिरुवा अथवा उत्पादन हुने …) उत्पादन गरेको सामानलाई बजार व्यवस्थापन गर्ने ।
ठाउं अनुसार उत्पादन हुने चीज वस्तुलाई लिष्ट गर्ने र आवश्यक प्रविधि र उन्नत जातको बीउ निशुल्क वा कम शुल्कमा प्रदान गर्ने ।
कृषकहरुलाई न्युनतम शुल्कमा बीमा सुविधा प्रदान गर्ने । किसान नेपालको मेरुदण्ड र शक्ति हो । नेपालमा किसानलाई शक्तिशाली नबनाइ नेपालमा समृद्धिको सपना कोरा कल्पनासिवाय केही हैन । किसान गहन जिम्मेवारी बोकेका नागरिकहरु भएकाले समय समयमा कृषकहरुको सकारात्मक सोच बढाउन तथा हौसलातथा उर्जा प्रदान गर्न उत्प्रेरणात्मक सूचनाहरु ःभमष्ब तथा सामाजिक सन्जालहरुबाट प्रवाह गर्ने ।

सिचाइ सम्बन्धी ः सबै ठाउँमा सिचाइ सुविधा पु¥याइनेछ । पैनी, कुलो तथा नहर नपुग भएका ठाउँलाई प्राथमिकतामा राखेर जमिनमुनिबाट पानी निस्कने सम्भव हुने तराईका उर्वर ठाउँंहरुमा आवश्यकता अनुसारका किसानहरुको समूह बनाएर एकदमै थोरै पैसामा अथवा सम्भव भए निशुल्क मोटर पम्प दिइनेछ । र, पहाडमा पनि तल नदी बग्ने र माथि बाँझो बस्ने जमिनमा थोरै पैसामा अथवा सम्भव भए निशुल्क मोटर पम्प दिइनेछ ।

५. राष्ट्रिय परिचय कार्ड सम्बन्धीः
मेशिनले रिड गर्ने राष्ट्रिय कार्डको माध्यमबाट नेपालका नागरिकहरुको सम्पूर्ण जानकारी प्राप्त गर्नका लागि नागरिकहरु कुन भूगोलको हो, नागरिकको आर्थिक तथा सम्पत्ति विवरण, स्वस्थ्य, शिक्षा, रोजगार, सामाजिक स्टाटस लगायतक सम्पूर्ण विवरणहरु प्राप्त गर्न सकिन्छ, जसले गर्दा नागरिकहरुलाई दिनु पर्ने आवश्यक सुविधाहरु प्राथमिकीकरण गर्न सजिलो हुनेछ, आन्तरिक सुरक्षा मजबुत हुनेछ । त्यसैगरी नागरिकको जीवनस्तर समेत उकास्न सजिलो हुने भएकाले राष्ट्रिय परिचय कार्ड लागु गरिनेछ । कार्ड दिलाएपछि व्यक्तिलाई अनिवार्यरुपमा बैंक खाता खोलाइने छ । कार्डमा सबै बैंक खाताको विवरण अनिवार्य समावेश गराइनेछ ।

६. यातायात सम्बन्धीः नेपालको राष्ट्रिय राजमार्ग घोडेटो बाटो जस्तो मात्र छ । देशभरि नै सबै बाटाहरु साँघुरा र जीर्णशीर्ण मात्र छन् र ट्राफिक जामको कारणले १० मिनेटमा पुग्न सकिने स्थानमा एक घण्टासम्म लाग्दछ, जसले गर्दा तेलको खपत तेब्बर भएर मुलुक र जनताको अर्थतन्त्रमा अनावश्यक बोझ थपिएको छ । जति सक्दो छिटो पेट्रोलियम पदार्थबाट संचालित सवारी विस्थापित गरेर इलेक्ट्रिक भेहिकल संचालनमा ल्याउने नयाँ नीति बनाउने । यदि हामीले नेपालमा सडक सञ्जाल चुस्तदुरुस्त गरेर पूँजी पलायन हुनबाट रोक्नेछौं । सचेत नेपाली पार्टीको सरकार बनेपछि पूर्व पश्चिम राजमार्गलाई एक वर्षभित्रमा आठ लेनको बनाइनेछ । यही गतिमा देशका प्रमुख बाटा, पुलपुलेसा, ढल र पूर्वाधारको निर्माण गरिनेछ । यस कार्यलाई द्रूत गतिमा सञ्चालन गरेर सम्पन्न गर्नका लागि कुनै विदेशी दलाल र भ्रष्ट ठेकेदार र तिनका कम्पनीलाई नभएर नवनिर्माण सेनालाई परिचालन गरिनेछ । हिमाली जिल्लाहरुमा १ बोरा चामलका लागि १० औं गुणा बढी रकम भुक्तानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर ढुवानीका लागि यथाशीघ्र बाटो निर्माण गरिनेछ । साथै हिमाली, पहाडी र तराईका विविध क्षेत्रमा अव्यवस्थित अवस्थामा रहेका मानव बस्तीलाई एकीकृत गरेर व्यवस्थित नयाँ शहरको विकास गरिनेछ । पहाडका विकट ठाउँहरुमा केबल कारको निर्माण गरिनेछ । आवश्यकता हेरी विभिन्न ठाउँहरुमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
पुरानो सत्ताले नेपाली जनतामा चीनबाट आउने अत्याधुनिक रेलको सपना त देखायो तर यसलाई मूर्तरुप दिनुको साटो जनताको आँखामा छारो हाल्नका लागि नेपालमा पहिले नै चलिसकेको रेलवेमा अहिले इण्डियाको पुरानो थोत्रे रेल डेन्टिङपेन्टिङ गरेर रेल चलाएको भ्रम सृजना गरिरहेको छ । यदि चीनबाट नेपालभरि रेलमार्ग जोडेर त्यसबाट ढुवानी गर्ने हो भने नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने थियो र नेपालले भारतको मात्र निर्भर भइरहनुपर्ने थिएन, जसको कारणले उसको नेपालमाथिको हेपाहा र मिचाहा प्रवृत्ति हावी हुन सक्ने थिएन । तर पुरानो सत्ताले नेपाली नागरिकलाई निराश बनाएता पनि सचेत नेपाली पार्टीले नेपालकै श्रोत साधनको उच्चतम प्रयोग गरेर नेपालमा आधुनिक सुविधा सम्पन्न रेल संचालन गर्नेछ ।

८. सुशासन सम्बन्धीः सुशासनका लागि स्वतन्त्र नागरिक आयोग गठन गरिनेछ । यसका लागि राजनैतिक जिम्मेवारी, वैधानिकता र पारदर्शीता कायम राखिनेछ । कर्मचारी र जनप्रतिनिधिलाई जवाफदेही बनाइनेछ, स्वच्छ र विश्वासनीय न्यायप्रणालीको व्यवस्था गरिनेछ, सूचना र अभिव्यक्तिको स्वतन्त्रतालाई प्राथमिकता दिइनेछ, सार्वजनिक क्षेत्रहरुमा प्रभावकारी कुशल व्यवस्थापनका साथै नागरिक समाजसँग सहयोगको आदानप्रदानमा जोड गरिनेछ । बेथिति, विसंगति कालोबजारी, भ्रष्टाचारमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कार्वाही गरिनेछ । देशद्रोही, राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी र बलात्कारीको हकमा फाँसीको सजाय अनिवार्य गरिने छ । यसलाई बाधा पु¥याउने खालका कुनै पनि अन्तर्राष्ट्रिय सन्धिसम्झौता, जसलाई नेपालले अनुमोदन गरेको छ तिनलाई निलम्बन या खारेज गरिनेछ । आर्थिक अवस्था कमजोर रहेका असहाय, अपाङ्ग, दृष्टिविहीन, बेवारिसे र असहाय बालबालिकाहरु साथै घरबारविहीन तथा उपेक्षित बृद्धाहरुका लागि पुनस्र्थापना केन्द्र व्यवस्थापन गरिनेछ । कर्मचारीहरुको पारिश्रमिक शतप्रतिशत बृद्धि गरी अन्य थप सुविधाहरु प्रदान गरिनेछ र जागिर अवधि घटाएर १२ वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरिनेछ तर पेन्सनको भने कुनै व्यवस्था राज्यले गर्ने छैन । जग्गा जमिन नभएका र सुकुम्बासीहरुको पहिचान गरी मौलिक अधिकारको प्रत्याभूति गर्दै बसोबासको सुनिश्चित व्यवस्थापन गरिनेछ । देशको चौतर्फी विकासको लागि अनुसन्धान केन्द्र खोलिनेछ । राष्ट्रिय आविष्कार केन्द्रलाई अझ परिणाममुखी बनाइनेछ । क्रिकेट, फुटबल र अन्य देशका प्रमुख खेलहरुका लागि आवश्यकता अध्ययन गरी युद्धस्तरमा लागि परेर ७ वटै प्रदेशमा विश्वस्तरीय स्टेडियम बनाइनेछ र सातै प्रदेशमा ग्रासरुटबाट एकेडेमी निर्माण गरिनेछ । अन्तर्राष्ट्रिय एयरपोर्टहरु कम्तिमा १ प्रदेशमा १–१ वटा निर्माण गरिनेछ । प्राकृतिक प्रकोप जस्तै– महामारी, भूकम्प, बाढीपहिरो, आँधीबेरी, आगलागी र ठूल्ठूला दुर्घटना आदि लगायत विभिन्न खालका विपत्तिका लागि च्च्त् ९च्बउष्म च्भकउयलकभ त्भबm० अत्याधुनिक बन्दोबस्तीका सामानहरु सहित आवश्यकताअनुसार देशका हरेक ठाउँमा तम्तयारी अवस्थामा राखिनेछ ।
३९) स्वास्थ्य सम्बन्धीः यस सचेत नेपाली पार्टीले नेपालका सर्वजातीय उत्पीडित जनताको भावना, चाहना, मर्म र समस्यालाई मध्यनजर गर्दै वर्तमानका विकृति, विसंगति र विभेदकारी राज्यको स्वास्थ्य नीतिलाई खारेज गरी जनमुखी स्वास्थ्य नीति बनाइ नागरिकको निशुल्क उपचारको ग्यारेन्टी गरिनेछ ।
सातै प्रदेशमा सचेत नेपाली पार्टीको सरकारले अत्याधुनिक सुविधा सम्पन्न मेडिकल कलेजहरु खोल्नेछ । र यस्ता मेडिकल कलेजमा निशुल्क अध्यापन गराई त्यहाँबाट उत्पादन भएका डाक्टरहरुले सरकारले तोकेको स्थानमा अनिवार्य रुपमा सेवा प्रदान गर्नु पर्नेछ । यदि कुनै पनि बहानामा विदेश पलायन हुने र तोकिएका स्थानमा सेवा प्रदान नगर्नेहरुलाई कडाभन्दा कडा कार्वाही गर्नुका साथै निजको लाइसेन्ससमेत खारेज गरिनेछ । देशभरि प्राथमिक उपचारका क्लिनिकहरु खोलिनेछ, जसले उपचार र सफाइका लागि जनचेतना जगाउने काम गर्नेछ । राज्य भनेको अभिभावक हो । जसरी एक अभिभावकले जति खर्च लागे पनि आप्mनो सन्तानको उपचार गर्छ त्यसै गरी राज्यले जनताको उपचार गर्नु पर्छ यो राज्यको प्रमुख दायित्व हो । कुनै पनि नेपाली जनतालाई उपचारका अभावले अकालमै मर्न दिइने छैन । चाहे धनी होस् या गरिब उपचार निशुल्क गरिनेछ । महिनावारी सरसफाइसँग पनि सम्बन्धित भएकाले र यसका कारणले विभिन्न विकृति, विसंगति र कुप्रथाको विकास भएकाले महिलाहरुलाई प्याड निशुल्क वितरण गरिनेछ । जनता अस्वस्थ भए त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिने त छ नै तर चुरोट, खैनी, गुटखा, अल्कोहल र लागुपदार्थ सेवन गरी कुनै प्रकारको रोग लागेमा तिनको स्वास्थ उपचारको जिम्मेवारी राज्यले लिने छैन । सरकारको अनुमति नलिइ कसैले पनि मादक पदार्थ सेवन गर्न पाउने छैन । विदेशी रक्सी पूर्णरुपमा बन्देज लगाइनेछ । नेपालमा नागरिकहरुको विलासी जीवनशैली, महत्वाकांक्षा, शहरीकरणको प्रभाव, अव्यस्थित खानपान, जंकफुडहरुको आदत आदि इत्यादिको कारणले गर्दा दीर्घरोगीहरुको संख्या अत्याधिकरुपमा बृद्धि भइरहेको छ । पहिले–पहिले कही“ कतै दीर्घरोगीहरुको बारेमा सुनिने गथ्र्यो तर हाल आएर हर्ट एट्याक, ऋइएम्, किड्नी फेलियर, क्यान्सर, सुगर, हाइपरटेन्सन, थाइराइड आदि इत्यादि सामान्य बन्दै गएका छन् । हाल आएर विश्व लगायत नेपाली समाजमा यस्ता रोगहरुसँगै अनेकौं रोगहरुको समस्याहरु तीव्र गतिमा बृद्धि भइरहेको अवस्था छ । यस्ता समस्याहरु राज्यको तर्फबाट समाधान गर्न तथा न्युनीकरण गर्न धरैभन्दा धेरै स्वास्थ्य सम्बन्धी जनचेतना जगाइनेछ । क्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालहरु लगायत प्राथमिक स्वास्थ्य केन्द्रहरुमा पर्याप्त मात्रामा भेन्टिलेटर सहितको विशेषज्ञ सेवा बिस्तार गरिनेछ । तराई तथा चुरेक्षेत्रमा विषालु सर्पको टोकाइबाट थुप्रै मानिसहरुको मृत्यु हुने गरेको हुँंदा सो जोखिमपूर्ण क्षेत्रहरुमा सर्पदंशबाट बचाउन आवश्यकताको आधारमा सर्पदंश अस्पताल तत्काल बनाइनेछ । विकट स्थानका साधारण अस्पतालबाट सिफारिस गरिएका गम्भीर प्रकृतिका रोगहरुका लागि तत्काल उद्दार गरि उपचार गर्ने सहज संयन्त्र बनाउने अर्थात् साधारण अस्पतालहरुले तत्काल माग गरेको खण्डमा तुरुन्त सेवा पु¥याइनेछ । स्वास्थ्य सम्बन्धी अनुसन्धान केन्द्रहरु खोल्ने, देशको भूगोलअनुसार विभिन्न ठाउँमा आवश्यकता अध्ययन गरी शिक्षण अस्पताल खोलेर नागरिकहरुलाई सेवा पु¥याउँदै स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्दै जनतालई सेवा दिइनेछ । स्वास्थ्यसँग सम्बन्धित अति आधुनिक प्रविधिहरु भित्र्याइनुको साथै स्वास्थ्य सेवामा रहेका बेथिति–विसंगतिहरुलाई हटाउन विशेष संयन्त्र बनाइ नियमनगरी जनतालाई प्रभावकारी सेवा प्रदान गरिनेछ ।
४०) खेलकुद सम्बन्धीः सातै प्रदेशमा विश्वस्तरका रंगशाला निर्माण गरिनेछ । युवालाई खेलकुदमा सक्रिय गराएर मुलुकलाई स्वस्थ राष्ट्रमा परिणत गरिनेछ । खेलकुदले अनुशासित बनाउनुको साथै आत्मविश्वास पनि बढाउने र यो आत्मविश्वास जीवनमा कुनै पनि क्षेत्रमा प्रगति गर्नमा उपयोगी हुने भएकाले खेलकुदलाई सचेत नेपाली पार्टीको सरकारले विशेष प्राथमिकता दिनेछ ।

४१) यातायात पर्यटन सम्बन्धीः मुलुकभरि महिलालाई यात्राका लागि गाडीभाडा निशुल्क गरिनेछ । यसले महिलाहरुलाई घुमफिर गर्न सहज हुनेछ र उनीहरुमा अझ स्वतन्त्रताको भावना विकास हुनेछ । साथै पर्यटनको विकासमा टेवा पुग्नेछ । त्यसैगरी शारीरिक अपाङ्ग र जेष्ठ नागरिकलाई समेत गाडी भाडामा निशुल्क गरिनेछ ।
हाम्रो सचेत नेपाली पार्टीले नेपालको मात्र नभई विश्वकै शासन व्यवस्था संचालनका लागि, जीवन र जगत्लाई सही रुपमा पहिचान गरेर बुभ्mन र व्यवहार गर्न मानव जीवनलाई अझ सहज र सरल बनाउन सकिन्छ भन्ने विश्वासको आधारमा नयाँ वाद र मौलिक दर्शनको विकास गरेका छ, जसलाई हामीले सर्वपहिचानवाद र परिष्कृत आधुनिकतावाद नाम दिएका छौं, जसको अन्तिम लक्ष्य नागरिक समाजवाद सहितको समतावाद हुनेछ जहाँ खुसी सर्वोपरि हुनेछ ।
४२) सर्वपहिचानवाद सम्बन्धीः यस सिद्धान्तले मानिसलाई पनि एक जनावरकै विकसित रुप मान्दछ, जससँग अरु जनावरसँगभन्दा फरक कुरा केवल चेतना छ जसले सोचविचार गर्नुका साथै समस्या र समाधानको पहिचान गरी त्यसको निवारण गर्न सक्दछ । यस सिद्धान्तले अहंकारवश मानिसलाई सर्वश्रष्ठ प्राणी भनेर मान्ने कुरा स्वीकार त गर्दछ तर मानिसको यो श्रेष्ठता अस्तित्वमा भएका अरु प्राणीका लागि कुनै कामको छ भन्ने कुरा यो सर्वपहिचानवादी दर्शनले मान्दैन । किनकि मानिस सर्वश्रेष्ठ प्राणी भन्ने स्वघोषणा मानिसको हीनताको कारण उब्जेको अहंकारभन्दा बढ्ता केही पनि हैन । आज जुन दर्शनहरुबाट मानव अगाडि बढेको छ ती दर्शन र विचारहरु गलत भएर मानिसले सभ्यता त विकास ग¥यो तर संस्कार र मानवता बिर्सिएर जनावरको भन्दा पनि नीच हर्कत गरिरहेको छ । संसारका पशुपक्षीलाई सबै कुरा पुगेको छ तर मानिसलाई जति हुँदा पनि नपुग्नुको कारण के हो ? किन मानिस झन्झन् भोको र झन्झन् दुखी छ ? किन मानिसलाई आफ्ना लागि अर्का आफूजस्तै मानिसको शोषण, दमन र संहार गर्नुपरेको छ ? किन प्रकृतिको विनाश गरेर जनावर र पक्षीको बाँच्न पाउने अधिकार समेत खोसिरहेको छ ? यति बुद्धिमान भनिएको मानिसले किन आफ्नै सर्वनाश गर्न हाइड्रोजन र परमाणु बम बनाउनु परेको छ ? यी बम उसले जंगलको सिंह र समुद्रको ह्वेल मार्न त पक्कै पनि बनाएको हैन होला ? त्यस भए केका लागि बनाएको हो त ? यस्तो गलत विचार र दर्शन लिएर चलेको मानिसले के आफूलाई सर्वश्रेष्ठ प्राणी भन्ने अधिकार राख्दछ त ? त्यसकारण मानिसलाई सर्वश्रेष्ठ प्राणी, सर्वोच्च मानव भन्नु मानवको स्वघोषणासिवाय थप केही होइन । यो मानिसले आफूले आफूलाई दिएको धोका हो, जुन झूटमा टिकाउन खोजिएको छ । कुनै बाँदर या कागलाई गएर सोध्ने हो भने र उसले जवाफ फर्काउन जान्ने हो भने के त्यसले मान्छेलाई नै सर्वोच्च प्राणी मान्ला ? उसले पनि अहंकारवश मान्छेलाई हैन आफैलाई सर्वश्रेष्ठ प्राणी हुँ भन्नेछ । आफूलाई सर्वोच्च प्राणी ठान्नु मान्छेको अहंकार मात्र हो । र, उल्टै मानिसको यो झूटको श्रेष्ठताको अहंकारले अन्य प्राणीको बाँच्न पाउने अधिकार भने खोसिएको छ भन्ने यस सर्वपहिचानवादी सिद्धान्तको मूल्य र मान्यता छ । मानिसले गरेको सारा विकास र उसले बसाएको सभ्यता अरु प्राणी र पक्षीका लागि विनासकारी र घातक छ ।
४४) मानव, जनावर, पक्षी, वनस्पति लगायत सम्पूर्ण सजीव वस्तुका लागि सर्वाधिक प्रिय वस्तु हो– स्वतन्त्रता । परिष्कृत आधुनिकता र सर्वपहिचानवादले सम्पूर्ण सजीव वस्तुको पूर्ण स्वतन्त्रताको वकालत गर्दछ । तर पूर्ण स्वतन्त्रता भन्ने कुरा शब्दजाल मात्र हो । पदार्थ कहिल्यै पूर्ण स्वतन्त्र हुन सक्दैन ।
४५) सुपर मोडर्निज्म (परिष्कृत आधुनिकतावाद) को मान्यता छ– सबै कुरा अस्तित्वमा पहिलेदेखि नै अवस्थित छन् । विचारहरु पहिलेदेखि नै छन् । हामीले त्यसलाई आविष्कृत मात्र गर्ने हो । र, त्यस विचारअनुरुप काम गर्ने हो । एउटै विचार धेरै जनालाई एकैसाथ आउन सक्दछ, तर जुन विचारमा जसले पहिला काम गर्छ, त्यसमा उसैको पहिलो अधिकार हुने गर्दछ ।
४६) परिष्कृत आधुनिकतावाद र सर्वपहिचानवाद मानव जातिको अथाह शक्तिमाथि पूर्णतः विश्वास राख्दछ । यस सिद्धान्तको मान्यता छ– हरेक झुसिल्कीरामा पुतली बन्न सक्ने सम्भावना रहेको हुन्छ । हरेक आँपको कोयामा एउटा वृक्ष बन्ने सम्भावना लुकेको हुन्छ । हरेक मानिसमा अनन्त र अपार सम्भावना रहेको हुन्छ । त्यो महान् सामथ्र्यलाई जगाउन सकिरहेको छैन । इतिहासमा ज–जसले आप्mनो शक्तिलाई चिने र प्रयोगमा ल्याए तिनीहरुले खेलकुद, विज्ञान–प्रविधि, सूचना–संचार, कला–साहित्य, दर्शन, अध्यात्म र अन्य विविध क्षेत्रमा चमत्कार गरेका उदाहरण प्रशस्त छन् । त्यसैले प्रत्येक मानिसलाई आप्mनो शक्ति चिन्न र चिनाउन र त्यस शक्तिको प्रयोग सिर्जनशील र सकारात्मक क्षेत्रमा गर्न गराउनु आजको मानवलाई अति आवश्यक देखिन्छ । दर्शनले मानिसको शक्ति जगाउन अभिप्रेरकको भूमिका निर्वाह गर्नु पर्दछ भन्ने आग्रह छ– सचेत नेपाली पार्टीले अंगीकार गरेको सर्वपहिचानवादको ।
४७) परिष्कृत आधुनिकतावाद र सर्वपहिचानवादले सम्भवमा विश्वास गर्छ । मानिसले जे परिकल्पना गर्न सक्दछ त्यसलाई सम्भव तुल्याउन पनि सक्दछ अर्थात् मानिसले असम्भव परिकल्पना कहिल्यै गर्दैन । अहिले मानिसले जे कल्पना गर्न सकेको छैन, त्यो पनि कुनै दिन मानिसले गर्नेछ भन्ने यस सिद्धान्तको मूल्य र मान्यता रहेको छ । यसले कल्पनाशीलतामा विशेष जोड दिन्छ र भन्दछ कि, मानिसले जे विचार गर्न सक्दछ त्यो सफल पार्न पनि सक्दछ । किनकि विचार नै मानव निर्मित शक्तिको पहिलो श्रोत हो । विचार र पदार्थको योग वियोगबाट शक्तिको आविष्कार हुने गर्दछ ।
४८) सफल र सार्थक जीवन बाँच्नका लागि प्रत्येक मानिसले लक्ष्य निर्धारण गर्नु आवश्यक छ । लक्ष्यविहीन बाँच्नु भनेको मर्नु बराबर हो । त्यस्तो बँचाइको कुनै औचित्य छैन । मानिस यस धर्तीमा खास परिणाम दिनका लागि जन्मेको हुन्छ । उसले यसका लागि हरबखत प्रयत्न गरेको हुनु पर्दछ । र, मानिसले कोसिस त्यो बेला ठीक ढंगले गर्न सक्छ जब उसले कुनै पनि कुरालाई ठीक ढंगले पहिचान गर्दछ । यसैका लागि हामीले बारम्बार सर्वपहिचानको कुरा गरेका हौं । अर्थात् सबै कुरालाई चिनेर व्यवहार गरौं । सृजनाले प्रत्येक मानिसलाई सार्थक र सिर्जनशील लक्ष्य निर्धारण गर्न अभिप्रेरित गर्नु पर्दछ । निराशा, घृणा र अपमान फैलाउने किसिमको सृजनाका साथै पलायनवादलाई यसले पूर्ण रुपमा खारेज गर्दछ ।
सर्वपहिचानको परिष्कृत आधुनिकताले हरेक मान्छेको मूल्य बराबर तोकेको हुन्छ । एउटा राजाको मूल्य दुई रुपैयाँ हो भने एक खलखली पसिना काँडेर खेतमा काम गरिरहेको किसानको मूल्य पनि दुई रुपैयाँ नै हो अर्थात् यस धर्तीका सबै मानवको मान बराबर हुन्छ । त्यसैले कोही पनि सर्वपहिचानवादीले प्रधानमन्त्रीको अगाडि जति टाउको झुकाउँछ उसले एक मजदुरको अगाडि पनि त्यति नै झुकाउने छ ।
४९) के हरेक भनाइको अर्थ हुन्छ ? स्पष्ट छ– हुँदैन । कहाँसम्म भने यदि पूर्णतया सार्थक शब्द लेऔ“ र त्यसलाई पूर्णतया व्याकरण सङ्गत रुपमा मिलाऔ“ तब पनि कुनै अर्थ ननिस्किने सम्भावना रहेको हुन्छ । उदाहरणार्थ “यो पानी त्रिभुजाकार छ” कथनको अर्थ निकाल्न कठिन छ । सबै निरर्थकताहरु यति स्पष्ट हँुदैनन् । पहिलो दृष्टिमा पूर्ण रुपमा अर्थवान् प्रतीत भएका भनाइ पनि विश्लेषणपछि निरर्थक सिद्ध हुन सक्दछन् । यस्तो निरर्थक सिर्जनाको घोर विरोध गर्दछ– सर्वपहिचान र परिष्कृत आधुनिकतावादले ।
५०) कुनै पनि कर्म सर्वसाधारण जनताका लागि हो । अतः जुनसुकै वर्गको मानिस समक्ष सहज र सरल रुपमा सम्प्रेष्य हुन सक्ने भाषा प्रयोग गरेर जनतालाई कुरा बुझाउनु पर्दछ । बोलीमा अस्पष्ट, दुर्बोध्य, पाण्डित्यपूर्ण र क्लिष्ट भाषाको प्रयोग गरी साहित्यलाई पाठकबाट सुदूर पु¥याउने प्रवृत्तिको घोर विरोध गर्छ– परिष्कृत आधुनिकतावाद । लेखकले आफूलाई सहज लाग्ने भाषामा लेखेर बहुप्रचलित भाषामा अनुवाद गरी विचारलाई संसारमा पु¥याउनु पर्दछ ।
५१) यस अवधारणाले वर्गको वकालत गर्दछ । जातिको वकालत गर्दछ । भाषाभाषीको वकालत गर्दछ । राष्ट्रियताको वकालत गर्दछ । कलासाहित्य र संस्कृतिको वकालत त गर्दछ । तर यसले मानव जातिको मात्र पनि वकालत गर्दैन । बरु मानव लगायत पृथ्वीका प्रत्येक प्राणीको स्वतन्त्रताको वकालत गर्दछ । यसले पूर्ण स्वतन्त्रताको वकालत गर्दछ । टोटल फ्रिडमको । तर यसले टोटल फ्रिडमका लागि पदार्थविहीनताको परिकल्पना गर्दछ । अर्थात् पदार्थ रहेसम्म टोटल फ्रिडम संभव छैन ।
५२) सुपर मोडर्निज्मको अवधारणामा पर्नका लागि कुनै पनि सृजना यथार्थ भूमिबाट माथि उठ्दै चरम कल्पना गरिएको हुनु आवश्यक छ । जे छ त्यसका बारेमा मात्र लेखिएको नभएर जे छैन त्यो किन छैन भनेर खोज्ने र सोच्ने प्रयास गरिएको हुनु पर्दछ । दोस्रो कुरा– मानिसले मेरो जाति, मेरो राज्य, मेरो देश, मेरो सिद्धान्त, मेरो धर्म, मेरो सङ्गठन भनेर सङ्कुचित बनिरहनु हुँदैन । यी सबै कुराहरु पुनः निर्माण गर्न सकिनेछ । मानवमा त्योभन्दा माथि उठेर सोच्ने चेतनाको विकास गर्नु पर्दछ । ऊ यस विश्वको र ब्रह्माण्डको हुने प्रयासमा रहेको कुरा हरेक सृजनामा देखिनु पर्दछ । हरेक मानवले अझ माथि उठेर सर्वोच्च मानव बन्ने प्रयास गर्नु पर्दछ यही भन्छ सर्वपहिचानवादले ।
यथास्थितिवादी र पश्चगामी तत्वहरुलाई सचेत नेपाली पार्टीका आमूल परिवर्तकारी विचारहरु अराजक र अति विद्रोही लाग्न सक्दछ । तर यस गौरवशाली पार्टीको दर्शनमा मनस्थिति र परिस्थिति नै परिवर्तन गराउन सक्ने अभूतपूर्व सामथ्र्य रहेको छ । सचेत नेपालीले विनिर्माणलाई होइन, उत्तर आधुनिकतालाई पनि होइन, पुनर्निर्माणलाई जोड दिएको छ । कुनै वादको आलोचना त्यही व्यक्तिले मात्र गर्न सक्छ र गर्नु पर्दछ जो सर्जककै मानसिक अवस्थामा र स्तरमा रहेको हुन्छ । कुनै वादको उद्देश्य नबुझी आलोचना गर्ने आलोचकलाई यस सिद्धान्तले अर्काको वैभवशाली घरमा छिरेर डकैत गर्ने डाकाको संज्ञा दिनेछ । यस गौरवशाली सचेत नेपाली पार्टीले अंगीकार गरेको दर्शनले यो देशलाई १५ वर्षमा विश्वकै १५औं विकसित र शक्तिशाली राष्ट्रमा रुपान्तरण गर्ने सामथ्र्य राख्दछ । र, यससँग विश्व दर्शन रहेकाले यस दर्शनलाई अवलम्बन गरेमा नेपालको मात्र नभएर संसारका कुनै पनि देशले छोटो समयमा नै विकासको फड्को मार्न सक्दछ ।
५३) के राजनैतिक क्रान्ति सकियो त ?
विगतदेखि वर्तमानसम्मको राजनैतिक घटना परिघटनालाई अध्ययन गर्दा नेपाली जनताले पटक पटक विभिन्न राजनैतिक संघर्ष, ग¥यौं । हामीले राणा फालेर प्रजातन्त्र ल्यायौं, पञ्चायत फालेर पुनः प्रजातन्त्र ल्यायौं, राजा फालेर लोकतान्त्रिक गणतन्त्र ल्यायौं, यतिले नपुगेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौ“ । हामीलाई लाग्यो अब सबैखाले राजनैतिक क्रान्ति सकियो । अब मुलुक विकास, समृद्धि र शान्तिको दिशामा अघि बढ्नेछ । तर हामीले सोचेको जस्तो केही पनि भएन झन् अझ तीव्र रुपमा विदेशी दलालहरु सक्रिय भएर आन्तरिक राजनीतिमा दखल दिएर गोलमालको अवस्था सृजना गरी नेपालीलाई नेपालीकै विरुद्धमा उचालेर गृहयुद्धको स्थिति सृजना मात्र गरेनन् विदेशी शक्तिले नेपाली जनताले बनाएको संविधानको विश्व रंगमञ्चमै विरोध गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि नै धावा बोल्ने र नेपाली भूभाग कब्जा गर्नसम्म पछि परेनन् । यी विविध समस्याका बाबजुद हामीलाई लाग्यो बहुमतको सरकार नभएकाले यस्तो स्थिति सृजना भएको हो तर यसको मुख्य कारण अर्कै र गम्भीर थियो । जुन कुरा बहुमतको नभएर नियतको थियो । यहाँका राजनैतिक शक्तिले विदेशीसँग लम्पसार र आत्मसमर्पण गरेर नेपाल र नेपालीको स्वाभिमान बन्दक बनाइ विदेशीको इशारामा अरबौं खाएर आप्mनो सत्ता टिकाउन विदेशी दलाल बनेर नेपाललाई टेन्डरमा चलाउने गर्नु नै यो देशको सबैभन्दा ठूलो समस्या रहेको हामीले बुझ्न सक्यौं । अर्थात् नेपालको विकास र समृद्धि यो र त्यो बहानामा हुन नदिनु या पछि धकेल्नुको मुख्य कारण मन्त्री, प्रधानमन्त्री र राजा बन्न अर्थात् आफू सत्तामा पुग्न र सत्तामा टिकिरहन विदेशीको गुलामी गर्ने प्रवृत्ति अनि त्यही विदेशी शक्तिको आडमा चरम भ्रष्टचार गरेर अकुत सम्पत्ति देश र विदेशमा थुपारेर विकास कार्य सधैं अपूरो र अधुरो छोड्ने खालको प्रवृत्ति नेपाली जनताको प्रमुख शत्रु हो । र, अबको लडाइँ यिनै भ्रष्ट विदेशी दलालका विरुद्धमा हुनेछ ।
शक्तिको श्रोतको बारेको अज्ञानता र महान् नेपाली जनताले प्रदान गरेको शक्तिको पहिचान गर्न नसकेर विदेशी शक्तिले मलाई सत्ता र शक्ति प्रदान गरेको हो भन्ने लम्पसार, आत्मसमर्पणवादी र दलाली प्रवृत्ति र भ्रमात्मक बुझाइ हाम्रो देशका पुराना दल र तिनका नेता तथा कार्यकर्ता, ब्युरोक्र्याट्स, मिडियाकर्मी र बौद्धिक जगतमा रहनु सबैभन्दा ठूलो दुर्भाग्य र प्रगति–उन्नतिको बाधक रहेको सचेत नेपालीको निक्र्योल हो । यस्तो भ्रमपूर्ण बुझाइको कारण दक्षिणको छिमेकी राष्ट्रबिना नेपाल र नेपालीको कुनै प्रकारको प्रगति हुन सक्दैन भन्दै सम्पूर्ण रुपमा नेपाललाई भारतनिर्भर बनाइएको र उत्तरतिरबाट आउने सबैखाले संभावना रोकिनु अर्को महारोग बनेको छ । यस्तो लम्पसारवादी सोच सबैखाले तह र तप्कामा व्याप्त रहेको छ ।
अबको क्रान्ति भनेको यिनै विदेशी दलालका विरुद्धमा गर्न बाँकी रहेको हाम्रो निक्र्योल पनि हो र यसका लागि युवाशक्ति जाग्नु पर्छ भन्ने हाम्रो बुझाइ हो । यी दलालहरुले अहिलेसम्म युवाशक्तिलाई यो र त्यो बहानामा राजनीतिबाट अलगथलग गर्न सफल भएका छन् ।
यो देशमा सत्ताको सुविधाभोगी वर्ग बाहेक कोही जनता पनि अहिले खुशी छैनन् । जनताका रगत पसिना चुसेर यो देशका नेता र कर्मचारी मोज उडाइरहेका छन् । यिनीहरुको एउटै ध्याउन्न मात्र देखिन्छ देश कसरी लुट्ने ? जनतालाई कसरी चुस्ने ? देश लुट्नेमात्र हैन विदेशीलाई नागरिकता बेचेर र विदेशीलाई नागरिक बनाएर यहाँका भूमिपूत्र वंशजलाई नै अल्पमतमा पारिसकेका छन् भने हुँदाहुँदै अब त इण्डियन सैनिक आएर यो मातृभूमिमा परेड खेलिरहेको छ । भन्न सकिँदैन कुन बेला यी दलाल, लेण्डुपे र देशद्रोही नेताले राष्ट्रघाती सम्झौता गरेर राजधानीमा नै विदेशी सेना भित्र्याउने छन् ।
हामी आफ्नै आँखाले आफ्नै नेपाल आमाको बलात्कार भएको टुलुटुलु हेर्न बाध्य पारिएका छौं । आज हामी आप्mनो मातृभूमि मिचिएको, कब्जा भएको, विदेशी सेनाले बुट बजारेको रगतका आँशु पिउँदै हेर्न अभिशप्त छौं । छातीमा औडा छ, छातीमा दुख र पीडा छ, स्वदेशी चण्डाल र विदेशी दलालहरुले मातृभूमि लुटिरहेका छन् तर हामी लाचार भएर केही पनि गर्न सकिरहेका छैनौं । हामी संगठित नहुनुको परिणाम हो यो सबै । हाम्रो एक भोटको भरमा यिनीहरुले सत्ता, शक्ति, विलासी गाडी र महल पाउँछन् । मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको कुर्सी पाउँछन्, सभामुख, सांसद्, अध्यक्ष र उपाध्यक्षको पद पाउँछन् । यत्रो सम्मान प्रतिष्ठा र वैभव पाउँछन् तर यी निकम्माहरु त्यो सुविधा उल्टै हामी जनतालाई लुट्नका लागि प्रयोग गर्दछन् । तर हामी नेपाली नागरिक हाम्रै भोटले शक्ति प्राप्त गरेर राक्षस बनेको यी प्रेतात्माहरुलाई सडकमा ल्याएर नांगेझार पार्न सक्दैनौं । आखिर हामी किन यति लाचार भयौं ? के कुराले रोकेको छ हामीलाई ? यी बद्मासहरुलाई सडकमा ल्याएर पाहा पछारे जस्तो पछार्न किन सक्दैनौं हामी जनता ? किन ? आखिर किन ?
यसरी कमजोर बन्नुको एउटै कारण छ हामी भित्रको डर । पुराना दल र तिनका नेताको डर, भ्रष्ट, माफिया र विदेशी दलालहरुको डर र सीमा मिच्देला कि भन्ने छिमेकीको डर । यसरी डराएर बाँच्न थाल्यौं भने एकदिन हामी सडेर मर्नेछौं र यो देश दुर्गन्धित मात्र हुने हैन विदेशीको गुलाम नै बन्नेछ । अब तपाईं सडेर मर्न चाहनुहुन्छ या लडेर त्यो तपाईंको हातमा छ । मर्नु त जसरी पनि छ नै यदि यो देश आप्mनै हातले बनाएर, सजाएर मर्न चाहने हो भने अब हामी एक जुट हुनुको विकल्प छैन । यो देश बनाउने हो भने अब कांग्रेस, कम्युनिष्ट, क्षेत्रीयता, पहिचान र राजावादीबाट मुक्त नेपाल बनाउनु पर्दछ । अर्थात् यिनीहरुको चंगुलबाट देशलाई मुक्त गराउन युवाशक्ति राजनीतिमा आउनु नै पर्दछ । हामी कहिल्यै दास भएनौ र हामी पूर्ण स्वतन्त्र पनि कहिल्यै हुन पाएनौं । लम्पसार, आत्मसमर्पणवादी, भ्रष्ट र विदेशी दलाल नेता र कर्मचारीहरुका कारण हामी दासत्व भोगिरहेका छौं । त्यसैले अबको लडाइँ वास्तविक स्वतन्त्रताको लडाइँ पनि हो । मातृभूमि नेपाललाई पूर्ण स्वतन्त्र बनाउने अन्तिम लडाइँ पनि हो । यसका लागि अब हामी विचारका मिसाइलहरु हान्दै अघि बढ्नु पर्दछ । र, गन्तव्यमा नपुगेसम्म बढेको बढेकै गर्नु पर्दछ ।
अतः हाम्रो गौरवशाली सचेत नेपाली पार्टीले यो देशलाई भ्रष्ट, लुटेरा र देशद्रोही लेण्डुपेहरुको खुनी पञ्जाबाट मुक्त गराएरै छोड्नेछ । अब हामी यो देशलाई विदेशीद्वारा संचालित पञ्चे, मण्डले, राजावादी, कांग्रेस र कम्युनिष्टबाट मुक्त गराउन आएका हौं । भ्रष्टचारी र देशद्रोही कर्मचारी जोबिना घुस सिन्को भाँच्दैनन् ती पापी र अपराधीबाट यो देशलाई मुक्त गराउन आएका हौं । अनि विभिन्न देशी–विदेशी एनजीओ–आईएनजीओले चारो छरेको भरमा सडकमा मोजमस्तीका लागि, क्षणिक मनोरञ्जनका लागि उफ्रेर मूर्दावाद र जिन्दावादको नारा लगाउने अभियानकर्मी र सत्ताधारीको गोडा धुन व्यस्त नागरिक समाजबाट यो देशलाई मुक्त गराउन आएका हौं । र, आएका हौं नेपाललाई राष्ट्रभक्त नेपालीको बनाउन । वास्तवमा हामी मुलुकलाई नर्कमा परिणत गरेर शासन र शोषण गरिरहेका छन् तिनको सत्ता गल्र्याम्म पल्टाएर मुलुकलाई स्वर्ग बनाउन आएका हौं । हामी विकृतिको प्रतिरुप रावणको टाउकाको कपाल काटेर वाओ क्या परिवर्तन भयो भनेर रमाउँदैनौ हामी कि त रावणको टाउको नै काट्छौं कि त उसको नाभीमा हानेर त्यसलाई गल्र्याम्मै ढाल्छौं । हामी सचेत नेपाली हौं त्यसैले अब कुनै पनि प्रकारका भ्रम र ढिलासुस्तीलाई खारेज गर्दर्छौं । अब हामी झुकिन्नौं । हामीले ज्ञानेन्द्रको राजागिरी पनि देख्यौं, हामीले विद्या भण्डारी र रामवरण यादवको राष्ट्रपतिगिरी पनि हे¥यौं र हामीले विभिन्न पार्टीका मुखियाको प्रधानमन्त्रीगिरी र मुख्यमन्त्रीगिरी पनि देख्यौं । र, अब हामीले बुझेको सत्य के हो भने कसैलाई मन्त्री, प्रधानमन्त्री र राजा बनाएर यो देशमा विकास र समृद्धि आउँदैन किनकि यिनीहरुले सिस्टम यसरी मिलाएका छन् कि त्यो सिस्टम जुन उनीहरुले विदेशीको दलाली गरेको भरमा, विदेशी पाउमा नाक रगडेको भरमा जनतालाई झुक्याएर सत्तासीन हुने अनि देश लुट्ने प्रपन्चका साथ तौरतरिका मिलाएका छन् । यो तोड्नका लागि पनि हामी युवालाई शक्ति प्रदान गर्न चाहन्छौं । त्यसका लागि हामी स्पष्ट अवधारणा लिएर आएका छौं । र, हामी के आव्हान गर्दछौं भने हे युवाहो ! देश बचाउने हो भने अब ढिलो नगरी सचेत नेपाली पार्टीको अभियानमा राजनीतिमा संलग्न बनौं । अब यो देश जोगाउने जिम्मेवारी युवाको काँधमा आएको छ । के तपाईं आप्mनो जिम्मेवारी बहन गरेर मातृभूमिको भार तिर्न तयार हुनुहुन्छ ? आउनुस्, मिलेर यो देशलाई स्वतन्त्र बनाउँ र मुक्त गराउँ ।
आयोग र एनजीओ–आईएनजीओ खारेजी सम्बन्धी ः राष्ट्रियता बलियो पार्नु र नागरिकको सुरक्षा हाम्रो पहिलो कर्तव्य हो । मुलुक बलियो र समृद्ध बनाउन निम्न कार्यहरु पनि सचेत नेपाली पार्टीले तुरुन्तै गर्नेछ ः १. निर्वाचन, लोकसेवा र मानवअधिकार आयोग बाहेकका जातीय, क्षेत्रीय, धार्मिक र अरु सबैखाले आयोगहरु खारेज गर्नेछ, २. कर्मचारीतन्त्र भित्रका सबै खाले समूह र संगठनहरु खारेज गर्नेछ, ३. बौद्धिक बहसमा नेपाललाई कमजोर बनाउने र आप्mनो राष्ट्रलाई प्रहार गर्ने द्वन्द्व उद्यमी सजाय गरिनेछ, ४. देश र जनताको विरुद्धमा बोल्ने, लेख्ने र कार्य गर्ने गराउने जमातलाई तत्काल कार्वाही गरिनेछ, ५. नेपाल भित्र अधिकारको नाममा जातीय, क्षेत्रीय, धार्मिक र सामाजिक सन्तुलत बिगार्ने पात्र, प्रवृत्ति र मुलुकैभरि सलहसरी पैmलिएका देशी विदेशी एनजीओ–आईएनजीओलाई खारेज गरी २४ घण्टे अल्टिमेटम दिएर देश निकाला गरिनेछ ।
सचेत नेपाली पार्टीको अन्तिम लक्ष्य ग्रेटर नेपालः नेपालको सेनालाई विश्वका अत्याधुनिक हातहतियार उपलब्ध गराएर एक शाक्तिशाली राष्ट्रका रुपमा विश्वमाझ उभ्याउनुका साथै नेपालमै भएको उच्च गुणस्तरीय युरेनियम प्रयोग गरेर नेपाललाई आणविक शक्तिसम्पन्न राष्ट्रको रुपमा विकास गरिनेछ । नेपाल एक शक्तिसम्पन्न राष्ट्र बनेर यो हिमालयको काखमा उभिनुसँगै नेपालले आप्mनो गुमेको भूभाग ग्रेटर नेपालको कुटनीतिक वार्ताको आधारमा दावी गर्नेछ । र, आवश्यकताको आधारमा शक्तिको प्रयोग गरेर भए पनि ग्रेटर नेपाल फिर्ता ल्याएर नेपाललाई फेरि महान् र शक्तिसम्पन्न राष्ट्र बनाइनेछ ।
र अन्त्यमा
यथास्थितिवादी, परिवर्तन विरोधी, विदेशी दलाल र भ्रष्टलाई सचेत नेपाली पार्टीको विचार अराजक र अति विद्रोही लाग्न सक्छ । तर न्यायप्रेमी, कर्मवीर र श्रमजीवी जनता जो मानवताका लागि मात्र हैन पृथ्वीका हरेक जीव जीवातप्रति नै संवेदनशील र जागरुक चेतनाले भरिनु भएको छ । आप्mनो राष्ट्रलाई प्रेम गर्नुहुन्छ विकसित र समृद्ध बनेको देख्न इच्छुक हुनुहुन्छ, उहाँहरुलाई यी विचार सत्य लाग्ने छन् । विनिर्माणलाई होइन, उत्तर आधुनिकतालाई पनि होइन, पुनर्निर्माण र नवनिर्माणलाई जोड दिएको छ सचेत नेपाली पार्टीले । यसका लागि केही भत्काउनु र ढलाउनु पर्दैन भइरहेका नियमभित्र छिरेर परिवर्तन गरेर देखाउनु सकिन्छ, जसरी एउटा पर्खालमा उम्रेको पिपलको बिरुवाले एक दिन त्यो पर्खालमाथि नै आप्mनो अस्तित्व देखाउन सक्छ । पिपल शक्तिशाली हुन पर्खाल लडाउनु नै पर्दैन पर्खालमाथि नै स्थापित भइदिन्छ ।
भत्काउनु, अन्त्य गर्नु र नष्ट गर्नुको कारण हो– पुनर्निर्माण गर्नु । यस्तो पुनर्निर्माण, जसमा अनन्त कालसम्म मानव मानवबीच द्वेष हुने छैन । कलह, विद्रोह, हिंसा र आतङ्क हुने छैन । बरु हुने छ– मानव मानवबीच सुमधुर सम्बन्ध, सम्मान, सद्भाव, समानता, सदाचार र लक्ष्यमा एकता । सबै मानवको मूल्य बराबरको स्थिति रहनेछ ।
यस गौरवशाली सचेत नेपाली पार्टीले पृथ्वीलाई सम्पूर्ण प्राणीको साझा घरको रुपमा मान्दछ । मानव जातिले पृथ्वीलाई एकलौटी सम्पत्तिका रुपमा उपभोग गर्दै आएको र अन्य प्राणीहरुको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको वर्तमान परिस्थितिप्रति हामी कडा विरोध गर्छौ । हरेक मान्छेको मान बराबर हुन्छ भनिरहँदा हामी पृथ्वीमा प्रत्येक प्राणीले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्ने अधिकारको जोडदार आवाज पनि उठाउँदछौं । त्यसका लागि अब मानव जातिले चाल्नु पर्ने प्रत्येक कदमको महत्व हुन्छ । हामी मानवले यत्रो असीमित शक्तिशाली मस्तिष्क पाएको केवल कमजोर र निर्धोलाई दबाउनका लागि होइन । कमजोरलाई सशक्त गर्नका लागि हो भन्ने चेतनाको प्रवाह गर्न पनि चाहन्छ सचेत नेपाली पार्टी । परमात्माका लागि यो ब्रह्माण्ड जति हो गड्यौलाका लागि पनि उति नै हो भन्ने हाम्रो सचेत नेपाली पार्टीको अकाट्य अवधारणा पनि रहेको छ ।
समाप्त

पुण्यप्रसाद प्रसाई
अध्यक्ष, सचेत नेपाली पार्टी