सचेत नेपाली पार्टी logo

नवनिर्माण सेना र सेनालाई शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको स्पष्ट धारणा रहेको छ ।आजको परिस्थिति हेर्ने हो भने हाम्रो देशको सुरक्षा निकाय  धेरै कमजोर बनेको छ भ्रष्ट लेन्डुपे दलाल नेताहरुले विदेशीको इसारामा देशलाई कमजोर बनाउँदै लैजाने र अन्त्यमा यो देशलाई विदेशीको हातमा सुम्पिने नीति लिएको छ यो कुरा सचेत नेपाली पार्टीले राम्रोसँग बुझेको छ र त्यसैले सचेत नेपाली पार्टीले हामीलाई हरु लाई दास बन्न नदिने देशको स्वतन्त्रता, स्वाभिमान, अखण्डता, सार्वभौमसत्ता जोगाई राख्न देशको सुरक्षा निकाय बलियो बनाउनुपर्छ भन्ने मान्यता रहेको छ। देशको सुरक्षा नीति बलियो बनाई सुरक्षा  निकायलाई अत्याधुनिक हातहतियार दिनुपर्छ भन्ने स्पष्ट धारणा रहेको छ । देशको अधिकांश भूभाग इन्डियाले थिचोमिचो गरिरहेको अवस्थामा र दुई शक्तिशाली राष्ट्र बीचमा अवस्थित भएकोले हामीलाई सँधै खतरा भइराख्ने कुराले गर्दा सेनालाई  शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको बुझाइ छ। सेनाले मात्र देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता र राष्ट्रियताको रक्षा गर्न सक्ने भएकोले सेनालाई शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको धारणा हो ।सेना शक्तिशाली भए मात्र देश शक्तिशाली हुने भएकोले कुनैपनि देशले हेपन नसक्ने र समान रूपमा हेर्ने नजरको विकास हुने र कुनै पनि कुरा गर्न पर्यो भने आँखामा आँखा जुधाएर संवाद गर्न सक्ने आत्मबिश्वासको विकास हुने भएकोले सेनालाई शक्तिशाली बनाउनु पर्छl
नवनिर्माण सेना भनेको backup सेना हो जुन सेना देशको सुरक्षा गर्नुपर्ने बेला सेनासँगै अथवा अगाडि नै गई लड्ने र यसको प्रयोग धेरै विकाशका लागि लगाउने र पार्टीको नेताहरूको सुरक्षा गर्ने भएकोले शक्तिशाली बनाउनुपर्छ ।यसका लागि दुबै सेनालाई अत्याधुनिक training र राष्ट्रिय सेनालाई सबै किसिमको हातियार दिनुपर्छ भन्ने सचेत नेपाली पार्टी धारणा  छ। नवनिर्माण सेना लाई हरेक कुराको training दिने। यसका लागि सेनालाई divide गरी विभिन्न छुट्टा-छुट्टै training  दिनुपर्छ भन्ने सचेत नेपाली पार्टीको धारणा छ। विकास निर्माणमा लगाउने भएकोले विभिन्न गुरुप बनाई ट्रेनिङ गराउने जस्तै plumber, construction, computer electrician ,कृषि पशुपालन आदित्यादि यसो गरे भने विकास निर्माण मा सजिलो हुन्छ र लिएकाहरु बाट नै हामीले गाउँमा गएर training गर्न पनि सकिन्छ यसका लागि अरु कम्पनी को instructor पनि आवश्यकता पर्दैन। नवनिर्माण सेना सचेत नेपाली पार्टीको मेरुदण्ड भएर काम गर्नेछ।
जय सचेत नेपाली
सुमन कुमार बलामी
केन्द्रीय सदस्य/प्रवक्ता वाग्मती प्रदेश 3