सचेत नेपाली पार्टी logo
पार्टी बारेमा

राजनीतिमा मात्र हैन राज्यका सबै अंगहरुमा युवालाई पुग्ने वातावरण र सिस्टम मिलाउने सचेत नेपाली पार्टीको मूल उद्देश्य रहेको छ । पुराना दलले कुनै पनि पदका लागि जहाँ ४५ वर्ष उमेर पुगेको हुनै पर्ने भनेर युवालाई रोक्ने जुन र जस्ता नीति–नियम र विधि–विधान बनाएका छन्, त्यहाँ सचेत नेपाली पार्टीले४५ वर्ष मुनिकाले मात्र जान पाउने भनेर संसोधन गर्नेछ । किनकि सचेत नेपाली पार्टीलाई विश्वास छयुवाले हाँकेको देशमात्र समृद्ध, खुशी र शक्तिशाली बन्छ । युवासँग आप्mनो समुदाय र देश मात्र होइनविश्व परिवर्तन गर्न सक्ने ओजस्वी ऊर्जा, शक्ति, सामथ्र्य र विचार हुने गर्दछ । र, यी गतिशील,प्रगतिशील र सृजनशील युवाले मात्र यस देशलाई वास्तवमै समृद्ध, खुशी र शक्तिशाली बनाएर गुलामबन्न दिने छैनन् । मुलुकको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्ने छन् ।


यदि युवालाई देश चलाउने जिम्मा दिने हो भने अहिलेका पुराना दल र तिनका नेताले ५० वर्षमा गरेकोकाम युवाले पाँच वर्षमा गर्न सक्ने छन् । युवालाई नेतृत्वमा पु¥याउने हो भने १५ वर्षमा नेपाललाईविश्वको सभ्य र शक्तिशाली देशमा रुपान्तरण गर्न सकिन्छ । र, विकसित राष्ट्रको स्तरको भौतिकपूर्वाधार, सडक सञ्जाल, रेल, नहर र विभिन्न उद्योगधन्दाहरु संचालन गरेर विश्वको टप १५ औं धनीर १० औं शक्तिसम्पन्न राष्ट्र बनाउन सकिनेछ ।


सचेत नेपाली पार्टीको नेतृत्वमा युवा राजनीतिमा सक्रिय भएमा १५ वर्षमा नेपाललाई विश्वको एक
शक्तिशाली र विकसित राष्ट्रको रुपमा रुपान्तरण गर्न सकिनेछ । यसरी हामी तीन करोड नेपाली जनताजुटेर फेरि नेपाललाई एउटा महान् देश बनाउन सक्दछौं । यसरी नेपालको महानता फेरि फर्काउनसक्दछौं भनेर सचेत नेपाली पार्टीले आप्mना नीति तथा कार्यक्रम र योजनाहरु बताइरहँदा धेरै युवासाथीहरु नै यसको विरोधमा बोल्नुहुन्छ । उहाँहरुलाई यस कुरामा विश्वास लाग्दैन । यसरी उहाँहरुलाईविश्वास नलाग्नुमा उहाँहरुको कुनै दोष छैन । यसको मुख्य कारण हो, युवामा थोपरिएको हीनभावना,जसले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्नेषडयन्त्र र कपटपणर््ूा स्कुलिङ गरेको छ, परिणामयुवाले आत्मविश्वास नै गुमाएका छन् । सानोभन्दा सानो काम गर्न समेत उहाँहरुलाई विश्वास नलाग्नेस्थिति बनाइएको छ भने सचेत नेपाली पार्टीले भनेको जस्तो १५ वर्षमा यस देशलाई विश्वको १५ औं धनी र १० औं शक्ति सम्पन्न राष्ट्र बनाउन सकिने विषयमा त उहाँहरुलाई विश्वास लाग्ने संभावना नैरहँदैन । र, यस्ता अविश्वासीहरुको मत छ, विकास युवाले हैन विचारले गर्ने हो । त्यसो भए के हामीयति कुरा थाहा नपाएर बोलिरहेको हुँला त ? हो, हामीलाई पनि राम्रैसँग थाहा छ देश महान् बनाउनेविचारले नै हो । र, सचेत नेपाली पार्टी वैचारिक रुपमा पनि अहिलेको यस मुलुकका पार्टीहरुभन्दानिक्कै अब्बल छ । हामीले यही माटो र भूमिमा उब्जाएको नयाँ र मौलिक विचारधारा सर्वपहिचानवाद,नागरिक समाजवाद सहितको समतावाद, सर्वजातिको हित र सुपर मोर्डनिज्मको थ्योरी, अन्त्योदयकोकल्याणकारी थ्योरी लिएर आएका छौं । सर्वजातिको हित र सुपर मोडर्निज्मको दर्शन लिएर आएका छौं। अनि हामी यही सुस्पष्ट विचारधाराको आधारमा भनिरहेका छौं– एकपटक नेपाली जनताले सचेत नेपाली पार्टीलाई मौका दिनुभयो भने हामी यही विचारको आधारमा पुराना दल र तिनका नेताले ७० वर्षमा गर्न नसकेको काम हामी ७ वर्षमा गरेर देखाउने छौं ।