सचेत नेपाली पार्टी logo

सचेत नेपाली पार्टीका उद्देश्यहरु धेरै छन् तीमध्ये केही उद्देश्यहरु को बारेमा तल सम्क्षिप्त रुपमा उल्लेख गरेको छु:
१. भष्टचार:
हाम्रो देशको बिकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो भन्ने कुरा सचेत नेपाली पार्टीले बुझेको छ। भ्रष्टाचार एउटा खराब बानी हो ।कुनैपनि काम आफ्नो फाइदाको लागि कानुन विपरित गई गलत तरिकाले गरिन्छ भने त्यो भ्रष्टाचार हो। भ्रष्टाचार  को कारण मान्छेको स्वार्थी प्रवृत्ति, लालचा, भाइ भतिजा बाद, जातिवाद, भाषा बाद, धनी र गरिव बीचको अन्तर आदिले भष्टचार हुने गर्दछ। भ्रष्टाचारले गर्दा देश भित्रभित्रै खोक्रो हुँदै जाने र राष्ट्रको भविष्य अन्धकार हुँदै जान्छन् । देशको  प्रगतिमा लाउनु पर्ने पैसा ब्यक्तीको हातमा जान्छ र गरिब झन गरिब र धनी झन् धनी हुँदै जान्छ।
आजको दिनसम्म हेर्ने हो भने नेपालको जतिपनि नेता हरुछन् सबै भ्रष्टाचार गर्न जन्मेको जस्ता छन् हरेक क्षेत्रमा भ्रष्टाचार छ। जोसुकै होस् जसले भष्टाचार गर्छ त्यस्ता  व्यक्ति हरूको लागि सचेत नेपाली पार्टी कालो हाे। सचेत नेपाली पार्टीले त्यस्ता व्यक्तिलाई कडा भन्दा कडा नियम सम्भवतः फाँसीको सजाय दिनुपर्छ भन्ने स्पष्ट धारणा र नीति लिएको छ।
२. नेपाली सेनालाई शक्तिशाली बनाउने र नवनिर्माण सेना गठन गर्ने:
नवनिर्माण सेना र सेनालाई शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको स्पष्ट धारणा रहेको छ ।आजको परिस्थिति हेर्ने हो भने हाम्रो देशको सुरक्षा निकाय  धेरै कमजोर बनेको छ भ्रष्ट लेन्डुपे दलाल नेताहरुले विदेशीको इसारामा देशलाई कमजोर बनाउँदै लैजाने र अन्त्यमा यो देशलाई विदेशीको हातमा सुम्पिने नीति लिएको छ यो कुरा सचेत नेपाली पार्टीले राम्रोसँग बुझेको छ र त्यसैले सचेत नेपाली पार्टीले हामीलाई हरु लाई दास बन्न नदिने देशको स्वतन्त्रता, स्वाभिमान, अखण्डता, सार्वभौमसत्ता जोगाई राख्न देशको सुरक्षा निकाय बलियो बनाउनुपर्छ भन्ने मान्यता रहेको छ। देशको सुरक्षा नीति बलियो बनाई सुरक्षा  निकायलाई अत्याधुनिक हातहतियार दिनुपर्छ भन्ने स्पष्ट धारणा रहेको छ । देशको अधिकांश भूभाग इन्डियाले थिचोमिचो गरिरहेको अवस्थामा र दुई शक्तिशाली राष्ट्र बीचमा अवस्थित भएकोले हामीलाई सँधै खतरा भइराख्ने कुराले गर्दा सेनालाई  शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको बुझाइ छ। सेनाले मात्र देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता र राष्ट्रियताको रक्षा गर्न सक्ने भएकोले सेनालाई शक्तिशाली बनाउनुपर्छ भन्ने सचेत नेपाली पार्टीको धारणा हो ।सेना शक्तिशाली भए मात्र देश शक्तिशाली हुने भएकोले कुनैपनि देशले हेपन नसक्ने र समान रूपमा हेर्ने नजरको विकास हुने र कुनै पनि कुरा गर्न पर्यो भने आँखामा आँखा जुधाएर संवाद गर्न सक्ने आत्मबिश्वासको विकास हुने भएकोले सेनालाई शक्तिशाली बनाउनु पर्छ।
नवनिर्माण सेना भनेको backup सेना हो जुन सेना देशको सुरक्षा गर्नुपर्ने बेला सेनासँगै अथवा अगाडि नै गई लड्ने र यसको प्रयोग धेरै विकाशका लागि लगाउने र पार्टीको नेताहरूको सुरक्षा गर्ने भएकोले शक्तिशाली बनाउनुपर्छ ।यसका लागि दुबै सेनालाई अत्याधुनिक training र राष्ट्रिय सेनालाई सबै किसिमको हातियार दिनुपर्छ भन्ने सचेत नेपाली पार्टी धारणा  छ। नवनिर्माण सेना लाई हरेक कुराको training दिने। यसका लागि सेनालाई divide गरी विभिन्न छुट्टा-छुट्टै training  दिनुपर्छ भन्ने सचेत नेपाली पार्टीको धारणा छ। विकास निर्माणमा लगाउने भएकोले विभिन्न गुरुप बनाई ट्रेनिङ गराउने जस्तै plumber, construction, computer electrician ,कृषि पशुपालन आदित्यादि यसो गरे भने विकास निर्माण मा सजिलो हुन्छ र लिएकाहरु बाट नै हामीले गाउँमा गएर training गर्न पनि सकिन्छ यसका लागि अरु कम्पनी को instructor पनि आवश्यकता पर्दैन। नवनिर्माण सेना सचेत नेपाली पार्टीको मेरुदण्ड भएर काम गर्नेछ।
३. विशाल राष्ट्रको परिकल्पना:
हाम्रो देशको धेरै भूभागहरू  इंडिया ले कब्जा गरेको -आवस्थामा सचेत नेपाली पार्टीले आफ्नो भूमि फिर्ता गरी विशाल नेपालको परिकल्पना पूरा गर्ने नीति लिएको छ।
४. अंगीकृत नागरिकहरुलाई राजनैतिक अधिकार नदिने:
देशमा बिदेशी दलालहरु ले भोट को राजनीति गरेका छन्।  भोट कै लागि यहाँ हजारौ इण्डिय न हरुलाई ३०-४० हजारमा चकलेट बाँडेको जस्तै नागरिकता बेचेका छन्। सुन्दा सायद आठौं आश्चर्य जस्तो लाग्छ कति सस्तो रहेछ देशको नागरिकता भन्ने हो भने त्यति पैसा मा भनेजस्तो सामना पनि आउँदैन ।सचेत नेपाली पार्टीको स्पष्ट धारणा छ नागरिकतासम्बन्धी; यससम्बन्धमा अंगीकृतहरुलाई नागरिकता दिने तर नागरिकता को लागि हाल व्यवस्था गरेको सात वर्ष अर्थ वा हाम्रो धारणा अनुसार 10 वर्ष देखी 15वर्ष सम्म गर्नुपर्छ ।यसमा सचेत नेपाली पार्टीको धारणा चाहिँ  बिहे गरेको दुई वर्षमा अस्थायी ,पाँच वर्ष मा स्थायी र 10 वर्षदेखि 15 वर्षमा भित्र नागरिकता दिनुपर्छ भन्ने हो यदि यो समयावधिभित्र उहाँहरुले कुनै पनि गलत काम गरेको हुनु भएनन् जस्तै; हाम्रो देशलाई हानी हुने  कुनै कार्य गरेको  हुनु भएन चोरी ,ठगी, ज्यानमारा, बलत्कारी आदी अथवा उहाँले कुनै पनि अस्थायी वा स्थायी कार्ड लिने बेला उहाँहरूको  क्यारेक्टरमा कुनै दाग लागेको हुनु भएन र यो लिने बेला पुलिस रिपोर्ट अनिवार्य गर्नुपर्छ। यदि कुनै यस्ता काम गरेको अर्थ वा सम्मिलित भएको छ भने  उहाँहरुलाई कुनै पनि किसिमको कार्ड दिनुहुँदैन। उहाँहरुलाई सबै किसिमको हक अधिकार दिनुपर्छ तर राजनैतिक अधिकार दिनु हुँदैन र नागरिकता लिइसकेपछि मात्र भोट हाल्ने अधिकार दिनुपर्छ ।यो देश वंशज़ले चलाउनुपर्छ र वंशजललाई मात्र यो देशको माया हुने भएकोले यो मान्यता रहेको छ।
५. कुनैपनि अनुदान जस्तै mcc र देशको हित विपरीत गरेको सन्धि सम्झौता खारेज वा पुनरावलोकन गर्नुपर्छ भन्ने सचेत  नेपाली पार्टीको स्पष्ट धारणा भएको छ।
६. Free बोर्डर बन्द गर्ने र प्रवेशाज्ञा लागू गर्ने:
Free border बन्द गर्नुपर्छ । सिमा फ्री भएर indian हरुले धेरै हाम्रो भुमी मिच्ने, आतंक मच्चाउने ,आफ्नो देशमा गलत कार्य गरी लुकेर बस्ने, नेपाली चेलीलाई बलात्कार गर्ने ,तर्साउने जस्ता कृयाकलाप गर्ने भएकोले हामीलाई के फाइदा नहुने भएकोले free बोडर बन्द गर्नु पर्छ र प्रवेशाज्ञा जारी गर्नुपर्छ भन्ने सचेत नेपाली पार्टीको स्पष्ट धारणा रहेको छ। फ्री बोर्डर भनेता पनि नेपाललाई दुःख दिने गरेको छ। यसमा मेरो व्यक्तिगत अनुभव छ जुन यहाँहरुलाई म शेयर गर्न चाहन्छु । कुरा 2007 सालको हो म पहिलोचोटी पोर्चुगल को  लागि इन्टरभ्यु दिन दिल्ली  गएको थिए । त्यो बेला मलाई passport नदेखाई immigration बाट निस्कन दिएन। नियममा  कुनै पनि एउटा id भएमा travel गर्न पाउने नियम भएपनि उनीहरुले दुःख दिने को लागि यस्ता काम  गर्ने गरेको छ। त्यस्तै जब म दोस्रोचोटि दिल्लीनै ट्रान्जिट बनाएर मस्को हुँदै पोल्याण्डको लागि उडेको थिएँ ।जब दिल्ली ट्रान्जिटमा पुगे त्यहाँको एकजना अफिसर आएर हाम्रो पासपोर्ट लिएर गयो र मैले नि बोडिङ पास लेराईदिन्छु भनेर गयो तर हामीलाई दुःख र टेन्सन दिनका लागि उहाँ प्लेन उड्ने  बेला भइसक्दा पनि आउनुभएन। हामीले उहाँलाई खोज्दा पनि भेटिएन। अन्तिम समय मा मात्र 2 मिनेट बाँकी छँदा आएर उल्टै हामीलाई गाली गरि दियो र हामी दौडादौड  गरेर गयौं।त्यस्तै 2017 सालमा म र मेरो परिवार मुम्बई र गोवा घुम्न गएका थियौँ  जब mumbai immigration मा हामीले passport देखायौं फेरि त्यस्तै दुःख दिने मनसायले आगमन फर्म मा मुम्बइको पुरै ठेगाना भएन भनेर हामीलाई निस्कन दिएनन् त्यहाँ मेरो सिरीमतिको दिदी बस्ने भएकोले हामीले मुम्बई मात्र लेखेका थियौं। पूरा ठेगाना थिएन। हामीलाइ भित्र इमिग्रेशन मा लगेर फोन गर्न लगाएर निस्कन दिनुभयो त्यसैले जतिसुकै फ्रि को कुरा गरे प्लेनबाट  travel गर्दा धेरै दुःख दिने गरेका छन् । यो मेरो व्यक्तिगत अनुभव हो सबैजनालाई यस्तै परेको छ भन्ने त हुँदैन होला तर पनि उहाँहरुले सधै नेपालीलाई  दुःख दिने गरेको पाइन्छ।
७. कृषिमा क्रान्ति:
हाम्रो देश नेपाल कृषिप्रधान देश हो भन्नु सायद एउटा उखान जस्तै भइसकेको छ। कृषिका लागि चाहिने मल, बिउ समयमा उपलब्ध गराउन नसक्ने ,विश्वको दोस्रो जलस्रोतको देश भएर सिँचाइ सुविधा पुर्याउन नसक्ने, आधुनिक कृषि सम्बन्धी तालिम नदिने , कृषकको लागि कुनै subsidy उपलब्ध न गराउने र सधै कृषकलाई निरुत्साहित गर्ने मात्र काम गरेका छन्। त्यसैले सचेत नेपाली पार्टीले कृषकलाई राजा बनाउने, कृषि पेशाको लागि चाहिने सबै चिज उपलब्ध गराउने ,कृषकका लागि उत्साह जगाउन reward काे व्यवस्था गर्ने, सबैभन्दा ठूलो कुरा कृषकले उत्पादन गरेको वस्तुको उचित बजार व्यवस्थापन गर्ने र कृषकको पसिनाको उचित मूल्य प्रदान गर्ने स्पष्ट धारणा रहेको छ। कृषिबाट नै आत्मनिर्भर बनाउने र परनिर्भरता घटाउने सचेत नेपाली पार्टीको प्रमुख उद्देश्य रहेको छ।
८. रोजगार :
नेपाल सरकारले आजको दिनसम्म आइपुग्दा कुनैपनि रोजगारको लागि केही काम गरेको पाइँदैन ।भएभरको उद्योगधन्दा कलकारखाना बन्द गरी बेरोजगारी सिर्जना गर्ने काम भएको छ। यस्तो गर्दा यी भ्रष्ट लेन्डुपे दलालहरुलाई तीन कुराको फाइदा हुने भएकोले उनीहरुले सुनियोजित ढङ्गमा बेरोजगारी सिर्जना गरेका छन् :
१.जब बेरोजगार हुन्छ सबै युवा विदेश लाग्छ जसको कारणले देशमा यूवाहरु नहुने सिर्फ बुढाबुढी र महिला-बच्चाबच्ची मात्र हुने भएकोले उनीहरूको एक तन्त्र रुपमा देश लुट्न पाउने र उनीहरूको विरोध गर्ने कोही नभएपछि एकतन्त्र शासन गर्न पाउने भएकोले रोजगारीको सिर्जना गर्दैन।
२. विदेशबाट पठाएको रेमिट्यान्स पनि भ्रष्ट लेन्डुपे दलहरुकै हातमा पर्ने भएकोले उहाँहरुले नै चलाउन पाउने कारणले गर्दा नि बेरोजगारी सिर्जना गरेको हो।
३. जब कृषि नगरेपछि नुन देखि सुन र उद्योगधन्दा नखोलेपछि सियो देखि फलाम सम्म विदेशबाट ल्याउनुपर्ने र यसमा ठूलो कमिसन खान पाउने भएकोले रोजगार सिर्जना नगर्नुको कारण हो।
सचेत नेपाली पार्टीको स्पष्ट धारणा छ देशमै रोजगार सिर्जना गर्न उद्योग धन्दा कल कारखाना खोल्ने , कृषि गर्न प्रेरित गर्ने, vocational training दिई  स्वरोजगारी बन्न प्रेरित गर्ने, र देशमा पसिना बगाइ देशको विकास गर्ने, बिदेशी निर्भरता कम गर्ने र रोजगार दिन नसके बेरोजगारी भत्ता दिनुपर्छ भन्ने धारणा रहेको छ।
९. शिक्षा र स्वास्थ्य:
सचेत नेपाली पार्टीको स्पष्ट धारणा छ यस सम्बन्धमा। नागरिक शिक्षा र स्वास्थ्य बाट बञ्चित हुन नपरोस् भनेर शिक्षा र स्वास्थ्य फ्रि गर्नुपर्छ भन्ने स्पष्ट धारणा रहेको छ। शिक्षालाई समय सापेक्ष परिवर्तन गर्दै लानु पर्छ र theoretical शिक्षा मात्र होइन practical शिक्षालाई पनि मान्यता दिनुपर्छ भन्ने सोच सचेत नेपाली पार्टीको धारणा रहेको छ। कोही पनि नेपाली नागरिकहरू पैसाको अभावमा शिक्षा र स्वास्थ्य बाट बञ्चित हुन नपरोस् भनेर यसको जिम्मा  सरकारले नै लिनुपर्छ भन्ने सचेत नेपाली पार्टीको बुझाइ छ।
१०. Centralized development:
हाम्रो देशमा आजसम्म जति विकास भएको छ सिर्फ देशको मुख्य शहर जस्तै काठमाडौ, पोखरा, चितवन  बुटवल , बिराटनगर,आदि मात्र विकास भएको पाइन्छ त्यो विकास पनि त्यति systematic रुपमा भएको  पाइँदैन। एउटा दुइटा ठाउँ विकास गरेर एउटा सिंगो देशको बिकाश हुन्छ भन्ने सोच्ने बुद्धि नभएको भ्रष्ट, लेन्डूपे दलालहरूको मुर्खता मात्रै हो, त्यसैले सचेत नेपाली पार्टीले देशको सबै ठाउँमा दुर्त गतिमा विकास गर्ने योजना बनाएको छ ।दुर्गम क्षेत्र र पिछडिएको ठाउँलाई पहिलो प्रार्थमिकता दिई दुर्त गतिमा विकास गर्नुपर्छ भन्ने सचेत नेपाली पार्टीको धारना रहेको छ। सचेत नेपाली पार्टीले सरकार गठन गरेको तीन वर्षभित्र सातै परदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला ,अन्तरराष्ट्रियस्तरको पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको  पार्क,अन्तर्राष्ट्रियस्तरको  स्कूल,अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने योजना बनाएको छ। पन्ध्र वर्षभित्र नेपाललाई विश्वकै पन्ध्रौं सम्पन्न राष्ट्र बनाउने र ३०देखि ३५ वर्षभित्र विश्वकै नम्बर वान देश बनाउने लक्ष्य राखेको छ।
११. Immigration:
देशमा बेरोजगारी बढेसँगै लाखौं युवाहरु विदेश जान बाध्य भएका छन् ।आजको दिनमा हेर्ने हो भने एउटा  टेरण्ड नै बसिसकेको छ। अलि पढेको र नपढेको सबै गल्फ countries मा काम गर्न जाने र अलि अलि पढेको  सबै विकसित देशमा पढ्न र इमिग्रेसन भएर जाने गरेको छ। पढ्न जाने नि तेही कार्ड लिएर बस्ने गरेका छन्, बसेपछि त्यहाँ कमाएको पैसा नेपाल नपठाउने र देशमा भएको सम्पत्ती पनि सबै बेची लैजाने हुनाले हाम्रो देश गरिब हुँदै गएको छ ।त्यसैकारण ले गर्दा सचेत नेपाली पार्टीले स्वदेशमै रोजगारीको सिर्जना गरी स्वदेशमै उद्योगधन्दा कलकारखाना सञ्चालन गर्न वातावरण बनाई युवालाई आफ्नै देशमा आफ्नै माटोमा पसिना बगाउन पाउने अवसर प्रदान गर्ने नीति लिएको छ।
११. अधिकतम कर:
देश विकास नहुनुमा  सरकारले चाहिनेभन्दा बढी कर लगाउनुको कारण पनि एक हो। हाम्रो देशमा करको पैसा विकास मा नलगाउने  र भ्रष्ट लेन्डुपे दलालहरु मोजमस्ती गर्दै हिँड्ने र जनता मार्ने काम गरेका छन् ।सचेत नेपाली पार्टीले अहिलेको भन्दा आधा कर लगाएर पनि भ्रष्ट लेन्डुपे दलहरु ले उठाएको भन्दा दोबर कर उठाउने र त्यो उठाएको पैसा देशको विकास निर्माणमा लगाउने नीति लिएको छ।
१२. ठूला ठूला परियोजना नहुनु:
हाम्रो देश नेपालमा त्यस्ता कुनै ठूला परियोजना नआउनु र २-४ वटा भएपनि त्यो सबै विदेशी कम्पनीलाई दिने भएकोले सबै पैसा विदेशीले लिएर  जाने भएकोले देश गरिब र विकासका नभएको हो ।सचेत नेपाली पाटीले ठुला ठुला योजना बनाई आफ्नै देशको जन शक्ति लगाएर सम्पन्न गर्ने नीति लिएको छ। जति पनि अहिले यी आयोजनाहरु चलिरहेको छ त्यो समयमा सम्पन्न गर्न सकेको छैन २-४ बर्षको आयोजनालाई २५ वर्ष लगाएर नि पूरा गर्न सकेको छैन। यस्ता आयोजनाको ठेकेदारलाई सचेत नेपाली पाटीले समातेर जेल मा हालेर त्यस्ताआयोजना सचेत नेपाली पार्टीको नवनिर्माण सेनाद्वारा सम्पन्न गर्ने नीति लिएको छ। यसरी सचेत नेपाली पार्टीले जति पनि आयोजनाहरु छ त्यस लाई द्रुतगतिमाअगाडि बढाई समयमा सम्पन्न गर्ने नीति लिएको छ।
अन्त्यमा सचेत नेपाली पार्टीका अन्य धेरै उद्देश्यहरु रहेका छन् यहाँ मैले मुख्य उद्देश्यहरु सम्क्षिप्त रुपमा वर्णन गरेको छु। सचेत नेपाली पार्टीले एउटा राम्रो सिस्टम बनाउनु पर्छ भन्ने धारणा लिएको छ। जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, विदेश मामिलाको सबै जिम्मेवारी राष्ट्रपतिलाई दिने, प्रत्यक्ष निर्वाचित  प्रधानमन्त्री,  देशभित्रका सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री लाइ दिने,निर्वाचन जितेर आउने संसद मात्र बन्न पाउने र नीति नियम बनाउने, संसदको संख्या घटाउने,४५वर्षसम्म को युवाहरुलाई देश चलाउने मौका दिने, महिला र पुरुषलाई बराबर अवसर दिने, कुनै पनि पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, आदिजस्ता उत्कृष्ट विचार लिएर आएको छ।
जय सचेत नेपाली
सुमन कुमार बलामी
केन्द्रीय सदस्य/प्रवक्ता बाग्मती परदेश ३