सचेत नेपाली पार्टी logo

सुमन कुमार बलामी

नमस्कार ,म सुमन कुमार बलामी, किन सचेत नेपाली पार्टीमा जोडिएँ र तपाईहरु पनि किन जोडिन आवश्यक छ भन्नेबारे आफ्नो धारणा राखेको छु खुलेरै भन्नुपर्दा सबैभन्दा पहिला त म एउटा सामान्य परिवारमा जन्मेको र सामान्य जीवन बिताइरहेको ब्यक्ति हुँ। म कुनै राजनीतिक दलबाट अथवा राजनीतिक पृष्ठभूमिबाट आएको होइन ।साँच्चै भन्नुपर्दा सुरुमा सचेत नेपाली अभियानको संयोजक श्री पुण्यप्रसाद प्रसाईं को भिडियो youtube मा हेर्ने गर्थे उहाँको भिडियो हेरिसकेपछी त्यो भिडियोले त्यो विचारले मेरो मनमा छुन्थ्यो। म त्यो भिडियोहरुबाट धेरै नै प्रभावित भए सायद उहाँले जुन देशको समय समसमायिक विषयवस्तुको बारेमा विश्लेषण गर्नुहुन्थ्यो त्यसैले मेरो मन छुन्थ्यो। आजको देशको विकराल स्थिति हेर्ने हो भने सबैको मन रोएको हुनुपर्छ मेरो पनि रोएको छ त्यसैले मैले मेरो जीवनमा सायद थोरैमात्र केही परिवर्तन गर्नका लागि केही योगदान दिन सके भने नि म मानिस भएर जन्मेको सार्थक हुन्थ्यो कि भन्ने भावना मेराे मनमा उब्जिए पछि म यो पार्टीमा जोडिएको हुँ।

म मरेर मेरो पाटी र हाम्रो देश हामीले सोचेको जस्तै हुनेछ भने म हासी हासी मर्न तयार छु मर्नुमा मलाई कुनै पछुतो हुने छैन । यसका लागि जस्तोसुकै पार्टीले जिम्मेवारी देएनि त्यो जिम्मेवारी पार्टीको सिद्धान्त, नियम र विधिमा रही म जिम्मेवारी वहन गर्ने छु भन्ने कुरा मा मलाई विश्वाश छ। एकदिन हामीले सोचेको जस्तै यो देश विशाल ,सम्पन्न ,शक्तिशाली, देशमा भएको सबै समस्याको समाधान गरी जनतामा समृद्धि छाउनेछ र एकदिन हामीले हामी नेपाली हौँ भनेर गर्व गर्नसक्ने देश बन्नेछ भन्ने कुरामा म विश्वस्त छु।नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा सुन्दर र अनेकौ सम्भावनाले भरिएको देश हो। यस्तो देश को स्थिति हेर्ने हो भने पक्कै पनि हामी देश भक्ति नागरिक हरू को आँखा बाट हाँसो झरेको हुनु पर्दछ। त्यसले आजको बिकराल स्थिति हर्नेहोभने हामी सबै को मनमा धेरै प्रश्न आउनु शोभा विक हो। जस्तै; हाम्राे देश बिकाश किन भएन , जनतामा समृद्धि किन आएन, विदेशी दलाल किन बढ्यो, देशको सुरक्षा किन कमजोर भयो, भ्रस्टचार किन बढ्यो,देश किन गरीब भयो आदि, प्रस्न आउँछ होला। यस्तै प्रस्न हरुले गर्दा नै सचेत नेपाली पार्टी को स्थापना हुन परेको कुरा लाई नकार्न सकिदैन। यीकुरा हरू किनभए त भने कुरा बुझ्न हामिले अलिकति इतिहास पल्टाएर हेर्न जरूरत हुन्छ। सिर्फ १५०-२०० वर्षको इतहास पल्टाएर हेर्ने हो भने सबै स्पष्ट हुन्छ। उदाहरण को लागि- १०४ वर्षको राणा शासन जसले सम्पूर्ण नागरिकलाई अन्धकार मा राखे, त्यस पछि फेरी परिवर्तनको नाममा २००७ साल मा प्रजातन्त्र,२०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो, त्यसपछि २०६३/६४ मा गरतन्त्र, लोकतन्त्र, देखि आज हामी संघीयता सम्म आइपुगेका छौ।यसरी इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न समयमा ठूला ठूला परिवर्तन भएका पाउँछौं तर हामीले बुझ्नुपर्ने के यो परिवर्तन साँच्ची नै देशको विकास र जनताको समृद्धिको लागि भएको रहेछ त? पक्कै पनि भएका रहेनछ ,त्यो परिवर्तन मात्र त्यो पार्टीका नेताहरुलाई भयो जो भ्रष्टाचारी ,बिदेशी दलाली, देशको हित विपरित सन्धी सम्झौता गर्ने, नेताको ब्यक्तिगत विकास गर्ने ,नातावाद कृपावाद लाई बढुवा दिई आफ्ना भनाउँदाहरूलाई आफ्नो आसपास राखि सबै मिलेर देश लुट्न र जनतालाई मार्ने, देशको सुरक्षा निकाय कमजोर बनाई यो देशको अखंडता सार्वभौमसत्ता भौगोलिकता र स्वाभिमानमा आँच आउने काम काम गर्ने र यो देशलाई दास ,जनतालाई गुलाम बनाउने हरुका लागि मात्र भयो। त्यों परिबर्तन ले कुनै किसिमको परिराम दिएन र सधै जनतालाई भुलाउने र नेताहरुले फाइदा लिने खेल मात्र भयो। परिवर्तन भनेको त इतिहासमा भएका राम्रा कुरालाई निरन्तरता दिई नराम्रा कुरालाई छोडी वर्तमानमा विभिन्न रणनीति बनाई भविष्य सुरक्षित बनाउने हो। परिवर्तन सधै आधारभूत चिज मा हुनुपर्दछ भन्ने सचेत नेपाली पार्टीको धारणा रहेको छ। इतिहासमा धेरै परिवर्तन भएका रहेछ र त्यों परिवर्तनले के-कस्ता परी राम दियोत ? परी राम जहिलेनि दुई किसिमका हुन्छन्:१. सकारात्मक र २. नकारात्मक हुन्छन्। परी राम हेर्ने हो भने सकारात्मक परिवर्तन एउटा कालखण्डको अन्त्य र अर्काे को उदय बाहेक अरु केही भएको छैन ।केही कुराहरु छन् हिजो राणा शासनमा राणाका आफ्नो सन्तान र आसेपासे हरुले पढ्न पाइन्थ्यो भने अहिले सबैले पढ्न पाउँछन्, हिजो खुलेर बोल्न पाइदैन थियो आज पाइन्छ।बाँकी जति पनि परिवर्तन भएका छन् त्याे सबै नकारात्मक परिवर्तन भएको छ। उदाहरणको लागि हेर्नुहोस 2007 सालमा परिवर्तन भयो कोशी ,गण्डकी सम्झौता भयो, 2046 /47 मा परिवर्तन भयो महाकाली -टनकपुर सम्झौता भयो, 2047 पछि निजिकरणको नाममा देशमा भएका सबै उद्योगधन्दाहरु बन्द भयो, फेरी 2063 64 सम्म 17 हजारभन्दा बढी नेपाली जनता मारे, अरबौँको लगानीमा बनिसकेको संरचना नष्ट गरियो जस्तै स्कूल , पुल ,प्रहरी चौकी, स्वास्थ्य चौकी, आदि इत्यादि। त्यसैले फेरि विकासको लागि भनेर सचेत नेपाली पार्टी मा किन जोड्नु पर्यो भन्ने प्रश्न सबैको मनमा आउछ होला। यस्तो किसिमको प्रश्न आउनु स्वभाविक हो । सचेत नेपाली पार्टीले गर्ने परिवर्तन पनि कतै विगतमा भएको परिवर्तन जस्तै हुने त होइन भन्ने कुरा सबैले सोच्न बाध्य बनेको छ।पक्कैपनि मित्रहरू, सचेत नेपाली पार्टीले गर्ने परिवर्तन त्यस्तो हुँदैन र हुनेछैन। त्यसोभए सचेत नेपाली पार्टीले गर्ने परिवर्तन कस्तो किसिमको परिवर्तन हुनेछ भन्ने कुरा प्रत्येक प्यारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले बुझ्न जरुरी छ। सचेत नेपाली पार्टीले गर्ने परिवर्तन, परिवर्तन सहित विकास ,परिवर्तन सहित प्रगति, र परिवर्तन सहित परी राम आउने गरी देखाउने छ ।त्यसैले सचेत नेपाली पार्टीले गर्ने परिवर्तन हामीले गरेर देखाउने (परीणाम )आउनेगरी देखाउनेछ भन्ने कुरामा सचेत नेपाली पार्टी विश्वस्त छ। त्यसैले हामीले गर्ने परिवर्तन भ्रष्टाचारको अन्त्य ,बिदेशी तथा देशका दलाल लाई ठेगान लगाउने, देशको स्वतन्त्रता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, सेनालाई शक्तिशाली बनाउने, जातिय विभेदको अन्त्य गर्ने ,देशमा भएका स्रोत र साधनको अधिकतम प्रयोग गर्ने ,संसदको संख्या घटाउने, आफ्नै ठूला ठूला परियोजना बनाई देशकै श्रमिक हरुबाट पूरा गर्ने , कृषकलाई राजा बनाउने, उद्योगधन्दा तथा कलकारखाना खोली रोजगारीको सिर्जना गर्ने, गुमेको भुमी फिर्ता गरी बिशाल देशको निर्माण गर्ने, देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने, असमान सन्धि सम्झौताहरू खारेज गर्ने अर्थबा पुनरावलोकन गर्ने, जातिय विभेदको अन्त्य गर्ने, नागरिकता विधेयक बनाउने, दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकता दिई सो ठाउँको विकास निर्माणकार्य दुर्त गतिमा अगाडि बढाउने, पिछडिएको र गरिब जनतालाई पहिलो प्राथमिकता दिने, देशको सबै संरचनाहरु अन्तर्राष्ट्रिय स्तरको बनाउने, जनताको आधारभूत आवश्यकता जस्तै ;गास ,बास ,कपास, शिक्षा, स्वास्थ्य ,राष्ट्रियता ,सुरक्षा ,को ग्यारेन्टी गर्ने, प्रतक्ष्य निर्वाचित राष्ट्रपति रहने, कार्यकारी प्रमुख प्रधानमन्त्री हुने, प्रधानमन्त्री बाहेक निर्वाचित सांसदहरु मन्त्री बन्न नपाउने, सांसदले नीति नियम मात्र बनाउने, कर कम गर्ने, अंगीकृत हरुलाई राजनीतिक अधिकार नदिने, india-nepal बिषको free broader बन्दगर्ने visa system लगाउने, स्वरोजगारी सिर्जना गर्न skill development training अर्थ वा vocational कोर्सहरु फ्रीमा गराउने,र हाम्रो देशलाई विश्व मानव क्षेत्रमा एउटा छुट्टै लोभलाग्दो र हामी नेपाली जनताले हामी नेपाली हौँ भनेर गर्व गर्नसक्ने वातावरण बनाउने आदि इत्यादि सचेत नेपाली पार्टीले गर्ने परिवर्तन हुन्।माथि उल्लेखित सबै कुराहरु सबै नेपाली पार्टीले मात्र गर्न सक्छ भन्ने सचेत नेपाली पार्टीको बुझाइ छ र विगतका कामकुरा हेर्ने हो भने विद्यमान पार्टीहरुले गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ उहाँहरु बिदेशी दलालको चक्रबीउमा परीसक्नुभएको छ। उहाँहरुले अब चाहेर पनि देश को लागि केही पनि गर्न सक्दैनन उहाँहरुले गर्ने भनेको बिदेशी दलालको ई सारमा विदेशीलाई फाइदा हुनेगरी विदेशीले भनेबमोजिम काम गर्ने हो। विदेशीलाई खुशी पारी आफ्नो पद जोगाई राख्ने र आफ्ना आसेपासेलाई ठुला ठुला पदमा राख्ने र यो देशको जनतालाई सधैँ लुटी रहने र एकदिन यो देशलाई विदेशी लाई सुम्पिएर हामीलाई गुलाम बनाउने नै विद्यमान पार्टीहरूको नीति रहेको छ। यस्ता भ्रष्ट , लेन्दुपे, दलाल हरुलाई सचेत नेपाली पार्टीले कडा भन्दा कडा कारवाही गरी सम्भवत फाँसीको सजाय दिएर उहाँहरूको अन्त्य गर्नेछ। त्यसैले बिद्यमान पार्टीहरुबाट यो देशको विकास हुन्छ भने सोच्नु हाम्रो मुर्खता बाहेक अरू केही हुनेछैन। त्यसैले सचेत नेपाली पार्टी मात्र त्यस्तो पार्टी हो जुनपाटीमा कसैको व्यक्तिगत स्वार्थ नभई देशको विकास र जनताको समृद्धि को लागि लड्नेछ जसले सबै देशमा रहेको विद्यमान समस्याको पहिचान गरी समस्याको समाधान गर्नेछ ,देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने छ ,शक्तिशाली र विशाल बनाउनेछ, आजसम्म भएका उपलब्धिहरुलाई संस्थागत गर्ने काम गर्नेछ। सचेत नेपाली पार्टीमा विश्वास इमान्दारीता र नैतिकता भएको पार्टी हो जुन अरु कुनै पनि विद्यमान पार्टीमा छैन। जब सम्म हाम्रो साथ रहन्छ निरन्तर रुपमा हामी लागिपर्ने छौं र हामीले कल्पना गरेजस्तै देशको निर्माण गर्नेछौं। अन्त्यमा सचेत नेपाली पार्टी विश्वको उत्कृष्ट बाँद सर्व पहिचान बाद, नागरिक समाजवाद हुँदै अन्त्यमा समताबाद को दर्शन लिएर आको छ त्यसैले अरु विद्यमान पार्टीभन्दा सचेत नेपाली पार्टी फरक छ। यी विभिन्न कारणले गर्दा सम्पूर्ण युवा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साचेत नेपाली पार्टीमा जोडिन आवश्यक रहेको छ। जय सचेत नेपाली केन्द्रीय सदस्य, तथा प्रवक्ता बागमती परदेश 3 सचेत नेपाली पार्टी

आज हाम्रो देशको राजनीतिक विश्लेषण गर्ने हो भने भयमय अवस्थामा रहेको छ । भ्रष्टलेन्डुपे ,दलालहरुले सधै विदेशीको दलाल बनी विदेशीको हितमा काम गर्ने र सधै पद, पैसा र पावर लाई मात्रै काम गरि राखेका छन् देश र जनताको लागि राजनीति गर्ने कोही रहेनछन् भन्ने कुरा पटकपटक विद्यमान पार्टीका नेताहरुले स्पष्ट पारिसकेका छन् । इतिहास हेर्ने हो भने पनि यो कुरा पुष्टि भइसकेको छ ।240 वर्षको राजतन्त्र पनि हेरियो ,70 वर्षमा पन्नचे, कांग्रेस र कम्युनिस्ट र मधेसवादी दलहरु पनि हेरियो। देश मा 10-15 वर्षको अन्तरालमा परिवर्तनको नाममा धेरै ठूला ठूला परिवर्तनहरु भएको पनि देखियो, परिवर्तनको नाम फेरियो तर जनताले सोचेको जस्तो यो देशको मुहार र जनताको भविष्य कहिल्यै फेरिएन त्यसैले आज देशको स्थिति डामाडोल भएको अवस्था छ यो सबै को कारण विद्यमान पार्टीहरुका कारणले नै भएको हो। यदि उहाँहरू देसभक्ति भएको भए जनताको पीरमर्का बुझ्ने भएको भए यो देश आज स्वर्गजस्तै भइसक्थ्यो होला ।200-300 वर्षमा त ढुंगालाई घट्यो भने पनि मूर्ति बनिसक्यो होला तर यी भ्रष्ट लेन्डुपे दलालहरुले जुन गतिमा देश लाई अगाडि बढाएका छन् त्यो गतिमा आज मात्र होइन अबको हजार वर्षपछि पनि यो देशको स्थिति यस्तै रहिरहनेछ। यसको प्रमुख कारण भनेको हामी यूवा हरु ले राजनीतिमा चासो नलिनु ,राजनीति गरेर के काम छ र भनेर सधै पंछी रहनु र विद्यमान पार्टीहरुले हामी यूवा काेनाममा युवालाई सधै प्रयोग मात्र गर्ने र आफ्नो स्वार्थ पूरा भैसकेपछि युवाहरूलाई साईड लगाइदिने र युवालाई कहिले पनि अगाडि बढ्ने मौकै नदिनाले भएको  हो। हालसम्म हेर्ने हो भने युवाहरूको पोलिटिक्समा धेरै  चासो लि यकाे पाइदैन। पोलिटिक्समा लाग्ने व्यक्ति भनेको भ्रष्ट लेन्डुपे दलालहरुका छोराछोरी, ठेकेदारका छोराछोरी ,रीटायर पुलिस-आर्मीका छोराछोरी, एक्टर – एक्ट्रेस बनेर नाम कमाइसकेका आदि मात्र छन्, साँच्चै भन्नुपर्दा देशभक्ति युवा हरु आजसम्म पनि राजनीतिमा चासो लिइरहेका छैनन्। यसरी जहिले पनि भ्रष्ट लेन्डुपे दलहरुकै राजनीतिमा पकड रहेको छ। आँखिर कहिलेसम्म हामी यी लेन्डुपे दलाल हरु को दास बनी रहने ?कहिलेसम्म राजनीति काम छैन भनेर बस्ने? कहिलेसम्म भ्रष्ट लेन्डुपे दलालहरुले केही गरेन भनेर गुनासो पोखे र मात्र बस्ने? अब त अति नै भएन र? हामी यूवा ले कहिलेसम्म यसरी बस्ने ? भ्रष्टलेन्डुपे दलालहरुले यो देश बिदेशी लाई सुम्पेर हामीलाई दास नबनाएसम्म हामी युवा हरु चुप लागेर बस्ने  होत? यसरी नै हामी युवाहरुले हामीमा भएको बल बुदी साबै खेर फाल्ने हो?
अब हामी युवाहरुले राजनीतिमा चासो लिएर अगाडि बढ्ने बेला भएको छ । हामीले बुझेका छौं अब हरेक कुरा राजनीतिबाट नै हुनेरहेछ हामी युवाहरुले अब राजनीतिमा लागेर यी भ्रष्ट लेन्डुपे दलालहरुलाई ठेगाना लगाइए यो देश  हामी युवाहरुले सञ्चालन गर्नुपर्दछ। यदि यूवा ले त्यो मौका पाउने हो भने यी भ्रष्ट दलालहरुले 70 वर्षमा गर्न नसकेको काम युवाहरुले आफ्नो बल बुद्धि शक्ति लगाएर सात वर्षमा गराएर देखाउने छ भन्ने कुरामा सचेत नेपाली पार्टी विश्वस्त रहेको छ। आजसम्म यो सोर्ग जस्तो देशले खोजेको एउटा कुशल शासक पाएको रहेनछ अब देशले खोजेको कुशल शासक सचेत नेपाली पार्टीले  दिनेछ भन्नेकुरा मा हामी विश्वस्त छौं। सचेत नेपाली पाटीले अरु पार्टी जस्तैआफ्नो सास रहुन्जेल कुर्सी नछोड्ने र सधै पद पैसा र पावर र नातावाद कृपावादको राजनीति गरिरहने परिपाटी काे अन्त्य गर्न को लागि सचेत नेपाली पार्टीले 45 वर्षभन्दा मुनिका युवा दाजुभाई तथा दिदीबहिनीहरुलाई हरेक क्षेत्रमा मौका दिने र युवाहरुबाट नै यो देशको विकास र जनतामा समृद्धि ल्याउने नीति लिएको छ। अब हामी युवाहरुले पनि सचेत नेपाली पार्टीमा लागि यो देशलाई एकपटक फेरि महान बनाउने कार्यमा लाग्नुपर्छ। देशको बिकास र समृद्धी यहीदेशका युवाहरुले मात्र गर्न सक्छ भन्ने कुरा मा हामि विश्वस्त छौं। आजका युवाहरु उन्नाइसौं शताब्दीका युवा होइन जहिलेपनि भ्रष्ट,लेन्डुपे, दलाल नेताहरु को दास बनेर बाच्ने आजका युवाहरु  एक्काइसौं शताब्दीका यूवाहरु हुन् जसले ह रे क  कुराको प्रतिकार गरी यस्ता   दलालहरुलाई ठेगाना लगाउन सामर्थ्य राख्दछ। हामी बीर गोर्खालीहरुको सन्तान भएको ले हामीले हाम्रा पुर्खाको शान मान र इज्जत राख्नु हामी यूवा हरूकोको कर्तब्य  हो। त्यसैले यो देशको सार्वभौमसत्ता स्वाभिमान अखन्डता र यो देशको जनताको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो। सम्पूर्ण युवा साथीहरुलाई आग्रह गर्न चाहन्छु सचेत नेपाली पार्टीमा लागि सम्पूर्ण प्या रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई देशमा भइरहेको सम्पूर्ण कुराहरु/ गतिविधिहरूको बारेमा सचेत गराई एकजुट भई सचेत नेपाली पार्टीमा लागि यो देशमा भएको भ्रष्ट लेन्डुपे र दलालहरुलाई परास्त गरी यो देशलाई विश्वकै लोभलाग्दो देश बनाउन, आर्थिक रुपमा सम्पन्न बनाउन, विशाल नेपालको परिकल्पना पुरा गराउन, र यो देशलाई एक चोटी फेरी ने पाली हुनुमा गर्व गर्नसक्ने देशको निर्माण गर्न सचेत नेपाली पार्टीमा जोडिनु हुन हार्दिक अनुरोध गर्दछु। सचेत नेपाली पार्टीले नै अब यो देश मा अन्तिम राजनैतिक  क्रान्ति गर्नेछ र त्यो एउटा ऐतिहासिक क्रान्ति हुनेछ।
जय युवा जय सचेत नेपाली, आयो गोर्खाली।

सुमन कुमार बलामी
केन्द्रीय सदस्य तथा प्रवक्ता बागमती परदेश ३.
सचेत नेपाली पार्टी