सचेत नेपाली पार्टी logo

सचेत नेपाली पार्टी बिधिबत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ। र निर्वाचन आयोग बाट 2077 साल 10 महिना 15 गते हामीले आधिकारिकरुपमा सचेत नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता भएको प्रमाण पत्र पाएका छौं। सचेत नेपाली पार्टी एउटा अभियान बाट सुरु भएर आज विशाल रुप धारणा गरिसकेको छ। पार्टी दर्ता भइसकेको अवस्था र  हुनु अघि पनि हामी अभियानकै रुपमा रहेर पनि सचेत नेपाली पार्टीले आफ्नो संगठन विस्तार गर्ने काम अगाडि बढाउँदै लगेको थियो। फलस्वरूप सचेत नेपाली पाटीले छोटो समयमा नै 55 भन्दा बढी जिल्लाहरुमा आफ्नो पार्टीको जिल्ला समितिहरु गठन गरिसकेको छ। केही बाँकि जिल्लाहरुमा पनि छिटै नै विस्तार गर्ने योजना बनाएको छ। सचेत नेपाली पार्टी ले आफ्नो संगठनहरु प्रत्येक प्रदेश ,प्रत्येक जिल्ला, प्रत्येक क्षेत्र ,प्रत्येक नगरपालिका, प्रत्येक गाउँपालिका, प्रत्येक वडाहरुमा समिति बनाउने र चाडै नै 5लाख 10 लाख सदस्य भएको ठूलो पार्टी बनाउने काममा तीव्ररुपमा लागिरहेको छ। सचेत नेपाली पार्टीले सचेत नेपाली पार्टी के हो ?सचेत नेपाली पार्टी किन जन्मनु पर्यो? सचेत नेपाली पार्टीको उद्देश्यहरु के के हुन् ?नेपाली पार्टीले कस्तो किसिमको परिवर्तनको कल्पना गरेको छ? नेपाली पार्टीमा किन जोडिनु आवश्यकता छ ?भनने कुरा प्रत्येक नेपाली प्यारा दाजु भाइ तथा दिदीबहिनीहरुलाई बुझाउन को लागि विभिन्न प्रदेशमा  leadership development training गराउँदै र पार्टीको बारेमा बुझाउँदै अगाडी बढिरहेको छ। सचेत नेपाली पार्टीले देशमा मात्र नभई विदेशमा समेत अन्तर्राष्ट्रिय समितिहरु गठन गर्दै आइरहेको छ। सचेत नेपाली पार्टीले विभिन्न विभागहरु पनि गठन गरेको छ जस्तै ;साँस्कृतिक विभाग, आर्थिक बिभाग, संगठन बिभाग, मजदुर विभाग ,औधोगिक विभाग, विद्यार्थी संघ, महिला विभाग, आदि हुन्। सचिव सचेत नेपाली पार्टी बागमती परदेश ३ ले  चाँडै नै बागमती प्रदेश तीनमा पर्ने १३वटा जिल्लाहरुका सचेत नेपाली पार्टीका leader हरुलाई leadership training दिन आ टे को छ। यस्तै गरी अरु परदेश हरु मा नी गर्ने योजना रहेको छ। तपाईं हरु लाइ नी सहभागी हुनु चाहानु हुन्छ  भने सम्पर्क गर्न सक्नु हुनेछ।सचेत  नेपाली पार्टीले छि टै आफ्नो वेबसाइट लन्च गर्दैै छ। यो वेबसाइट लन्च भएपछि सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुले अनलाइन फारम भरी आफूलाई इचछाअनुसारको सदस्यता लिन सक्नु हुनेछ। तापाईंहरु लाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने नी गर्नसक्नु हुन्छ। पार्टीको वेबाइटमार्फत तपाई हरु ले पार्टीको वारेमा हरेक जानकारी प्राप्त गर्न सक्नु हुने छ। आजको दिनसम्म आइपुग्दा सचेत नेपाली पार्टीले संगठन विस्तार, विभिन्न किसिमका आयोगको गठन, र पार्टीमा विभिन्न किसिमको सदस्यहरु बनाउँदै क्रमिक रुपमा अगाडि बढिरहेको छ।

जय सचेत नेपाली
सुमन कुमार बलामी
केन्द्रीय सदस्य