हे वीर नेपालीहरुहो सिंह जस्तो साहसी बन, कायर हुनुभन्दा त मर्नु निको ।
शक्तिशाली र समृद्ध नेपालको नवनिर्माणका लागि सचेत नेपाली ।
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु नमस्कार, म पुण्यप्रसाद प्रसाई । पेशाले म एक लेखक प्रकाशक र उद्यमी । जेजे विशेषण भएपनि म तपाईहरु जस्तै यो सुन्दर र महान् देश नेपाललाई हृदयदेखि नै माया गर्ने एक देशभक्त नेपाली हुँ । नेपालको अस्तित्व नै खतरामा परेको यस संवेदनशिल घडीमा, विदेशी दलाल, भ्रष्ट र घुसखोर माफियाहरुको भण्डाफोर गर्दै देशभक्तिको भावना नेपाली जनजनमा पुर्याउनु अति आवश्यक भएपछि हामीले सर्वपहिचानवाद, नागरिक समाजवाद र समतावादको नयाँ विश्व दर्शनको आविष्कार गरेर सचेत नेपाली पार्टीको गठन गरेका छौं । निर्वाचन आयोगमा दर्ता भएर सचेत नेपालीले चुनाव चिन्ह पनि प्राप्त गरिसकेको छ । साहसको प्रतीक सिंह यस सचेत नेपाली पार्टीको चुनाव चिन्ह हो ।
सचेत नेपालीको उद्देश्य भ्रष्ट र देशद्रोही लेण्डुपेहरुलाई कोर्रा हान्दै जेलमा सडाउने मात्र हैन सरकारमा नपुगेसम्म राष्ट्रिय गौरवका आयोजना साथै कुनै पनि विकास कार्य छिटो पूरा गर्न सरकारलाई दवाव दिनु पनि हो । साथै नेपाली स्वार्थसँग सम्बन्धित कुनै पनि घटनालाई ठिक ढंगले प्रस्तुत गरेर जनतालाई सचेत र चनाखो हुन प्रेरित गर्दै विश्वका कुनाकुनामा पुगेर संसारको समृद्धि देखेका जनताको ‘यति त नेपालमा हामी पनि गर्न सक्छौ’ ‘नेपालभन्दा सुन्दर त मलाई कतै लागेन’ भन्ने जुन भावना छ त्यसलाई मूर्त रुप दिन र उहाँहरुलाई आफ्नो मातृभूमि फर्केर परिवारसँगै बसेर केही गर्न सक्ने उधमी हुन प्रेरणा दिनु पनि हाम्रो उद्देश्य हो । यसका साथै नेपाल र नेपालीलाई माया गर्ने सकारात्मक सोच भएका मनहरुलाई गोलबद्ध गरेर नेपालको निर्माण गर्न यहाँको बेथिति, विसंगति भ्रष्टचार र राष्टद्रोही दलाल लेण्डुपे विरुद्ध लड्न एउटा विश्वसनीय, भरपर्दो र सशक्त आवाज निर्माण गर्नु हो जुन आवाज सुन्न यो लम्पसारवादी सरकार पनि बाध्य होस् । हामीलाई यो देशका भ्रष्ट र लेण्डुपे नेता, भ्रष्ट र दलाल कर्मचारी र टाठाबाठा बनेर विदेशीको पैसा खाएर परे देशै बेच्न पनि पछि नपर्ने विदेशी जासुसहरुले धेरै भ्रममा पारे । अब सचेत बनौं र सबैलाई सचेत गराउँ ।
सचेत नेपाली पार्टीको लक्ष्य सानो र सुन्दर नेपाल मात्र हैन विशाल, शक्तिशाली र समृद्ध नेपालको नवनिर्माण नै हो । त्यसैले अब यसका लागि तपाई पनि भन्नुहोस् म सचेत नेपाली । र, यदि तपाई हामीसँग हातमा हात र आवाजमा आवज मिलाएर यो देशको नवनिर्माणको यो महाअभियानमा सक्रिय बन्न चाहनुहुन्छ भने हामीसँग जोडिनुस् यसका लागि कमेण्टमा म सचेत नेपाल लेखेर आप्mनो इमेल आइडी लेख्नुहोला साथै हाम्रो ट्विटर ह्याण्डल सचेत नेपालीलाई फलो गर्नुहुन र म सचेत नेपाली नामको फेसबुक पेज लाइक गर्नुहुन पनि हार्दिक अनुरोध गर्छु ।
आज हाम्रो देशले कुनै क्षेत्रमा पनि प्रगति गर्न नसक्नुको कारण भनेको अहिले हामीले लिएको विचार र सिद्धान्त गलत भएकाले नै हो । एउटा रुटको गाडी चढेर अर्को स्थानमा पुगिँदैन भन्ने कुरा ख्याल गरौं ।
तपाईले कस्तो विचार र सिद्धान्त लिनु भएको छ त्यसैको आधारमा अहिलेको तपाईको अवस्था निर्माण भएको हो । तपाई गरिब हुनुहुन्छ हाम्रो देश गरिब छ, हामीले कुनै क्षेत्रमा पनि प्रगति गर्न सकेको छैन यसको मुख्य कारण यही हो कि अहिले हाम्रो देशका पार्टी र तिनका नेताले सही सिद्धान्त अंगालेका छैनन् । उनीहरुले अंगालेका विचार र सिद्धान्त सही छैन । सिद्धान्तले के हुन्छ मान्छे पो ठिक हुनुपर्छ भन्नेहरुले सबै वर्वाद पारिरहेका छन् किनकि गलत सिद्धान्तबाट सही मानिस जन्मँदैन । भ्रष्ट, पदलोलुप लुटेरा पाखण्डी नै जन्मन्छ । हामी अब कतिन्जेल यस्तै भ्रष्ट, लुटेरा र पाखण्डी नेता, व्यवसायी र कर्मचारी जन्माइरहने ? ७० वर्षदेखिका भ्रष्ट र विदेशी दलाल पुराना पार्टी र तिनका नेताको भण्डाफोर गर्दै नेपाल र नेपालीका लागि २१ औं शताब्दी सुहाउँदिलो नयाँ विचार, सर्वपहिचानवाद, नागरिक समाजवाद र समतावादका नयाँ सिद्धान्त प्रतिपादन गरेर तिब्र गतिमा फैलिरहेको वैकल्पिक शक्ति हो, सचेत नेपाली । हामी नेपाललाई फेरि शक्तिशाली, महान् र ग्रेटर बनाउँछौं ।
हामी सचेत नेपाली कहिले महान मसिहा आउँछ र देश बनाइदिन्छ भनेर पर्खिदैनौ । हामी देशका सचेत युवालाई ढिला नगरी राजनीतिमा आएर आफ्नै हातल देश सिंगार्न आव्हान गर्छौं । हामी मानिस सुध्रिन्छ इमानदार र नैतिकवान नेता आएर राजनीति सुधार्छ र देश सपार्छ भन्ने भ्रममा छैनौं । हामी कस्तो कठोर सिस्टम बनाउने छौं भने भ्रष्ट, माफिया, देशद्रोही, लुटेरा र पाखण्डीहरु उम्किनै सक्दैन । हामी त्यसको सात पुस्ताले भ्रष्टचार गर्न नसक्ने गरी कोर्रा लगाउँछौं । आउनुस् जुटौं । र जम्प हानौं । जम्प नहानी अर्को ठाउँमा पुगिँदैन । नदीमा नहेलिकन पारी पुगिँदैन ।
र, आउनुस् जुटौं अब हामी सचेत नेपाली मिलेर नेपालको नवनिर्माण गरौं । देश हाम्रै पालामा बन्छ र यो संभव पनि छ तर यो बनाउने हो भने हामीले अलिकति त्याग र अलिकति साहस चाहिं गर्नै पर्छ । र आजैदेखि हामी शपथ खाउँ, म आफ्नो प्यारो मातृभूमि नेपाल र नेपाली जातिको सेवामा मन, वचन र कर्मले समर्पित रहनेछु । देश र जनतालाई कहिल्यै धोका दिनेछैन र धोका दिने गद्दारहरुलाई म छोड्ने पनि छैन । झुक्दै नझुक्ने वीर नेपाली, म आफ्नो भाग्य आफै बनाउँछु, म आफ्नो देश आफै बनाउँछु ।।
राजा हेरियो राणा हेरियो पुराना पार्टीलाई ७ सालबाट हेरियो
पसिनाको त कुरै छोडौं साथी यिनले १७ हजारको रगत खाएको हेरियो
ए हजुर अब चेतौं गलत विचारले ७० वर्षमा पनि त सही परिणाम ल्याउँन नसक्दोरहेछ
विश्वकै सबैभन्दा मेहनती र वीरहरुको सुन्दर देश नेपाल भ्रष्ट र विदेशी दलालको अखडा भएको हेरियो
त्यसैले आउनुस् एक स्वरमा भनौं, मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशा । साहसको प्रतीक सिंह सचेत नेपालीको चुनाव चिन्ह । जय मातृभूमि, जय सचेत नेपाली ।
हस, धन्यवाद ।