सचेत नेपाली पार्टी logo
सचेत नेपाली पार्टीले तिब्रगतिमा नेतृत्वविकास कार्यक्रम संचालन गर्ने

सचेत नेपाली पार्टीको पदाधिकारीको वैठकले नेतृत्व विकास कार्यक्रमलाई तिब्रता दिने निर्णय गरेको छ । केन्द्रीय लिडरशिप प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै कार्यक्रमको समापन समयमा पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले सातै प्रदेश र ७७ जिल्लामा १० महिना भित्रमा नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेर भोलिको नेपाललाई नेतृत्व दिनसक्ने योग्य, देशभक्त र इमानदार लिडर विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । पार्टी अध्यक्षको यही प्रतिबद्धतालाई कार्यान्वयन गर्न केन्द्रयीय पदाधिकारी वैठकले यो भदौं भित्रमा सातै प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न गर्ने रणनीति सार्वजनिक गरेको छ । लक डाउनको कारणले लामो समय कुनै पनि कार्य अघि बढाउन नसकिएको सत्यलाई मध्यनजर गर्दै यसलाई द्रुत गतिमा अघि बढाउन साउन २० सम्ममा सबै प्रदेशमा नेतृत्व विकास कार्यक्रम तयारी समिति बनाउने र यो समिति कायक्रम सम्पन्न नभएसम्म सक्रिय रहने छ ।
हामी सचेत नेपाली तर्कशील र विचारशील नबनी पुराना पार्टी र तिनको गलत विचारधाराले भ्रमित नेपाली जनतालाई सत्य बुझाउन सकिँदैन । सचेत नेपाली पार्टीले आविष्कार गरेको सर्वपहिचानवाद, नागरिक समाजवाद र समतावाद किन विश्वस्तरीय नौलो विचारधारा हो र यो किन नेपाललाई शक्तिशाली र समृद्ध बनाउन उपयोग छ भनेर बुझाउन सक्ने नेतृत्वको विकाश गर्नु यो लिडरशिप ट्रेनिङ कार्यक्रमको मुख्य उद्देश्य रहेको हुनाले पूरा पार्टी पक्ति यो कार्यक्रम सम्पन्न गराउन लाग्नुपर्ने अति आवश्यक देखिएको छ ।
केही दिन अघि मात्र गण्डकी प्रदेशका संयोजक दीपक गुरुङको संयोजनमा २१ सदस्यीय गण्डकी प्रदेश नेतृत्व विकास प्रशिक्षण कार्यक्रम तयारी समिति बनेको छ भने यही ३ गते झापाको विर्तामोडमा झापा जिल्ला सचेत नेपाली पार्टीको कार्यलय उद्घाटनका साथै प्रदेश नम्बर १ नेतृत्व विकास प्रशिक्षण कार्यक्रम तयारी समिति गठन हुन गइरहेको छ । यसैगरी यही साउन १० गते बाँके जिल्ला कार्यसमिति पुनर्गठनका साथै १२ गते धनगढीमा भारती थापाको संयोजनमा सुदूर पश्चिम नेतृत्व विकास प्रशिक्षण कार्यक्रम तयारी समिति गठन हुँदैछ । साउन २० गते भित्रमा सल्यान जिल्ला कार्यक्रसमिति गठनका साथै कर्णाली प्रदेशश नेतृत्व विकास प्रशिक्षण कार्यक्रम तयारी समिति समेत गठन हुने कार्यक्रम रहेको छ ।