सचेत नेपाली पार्टी logo
सुडान घोटला काण्डका महानायक कांग्रेसका कृष्ण सिटौला विरुद्ध ओमप्रकाश खरेल झापा ३ बाट भिड्दै

काठमाडौं – स्वतन्त्र राजनीति शक्ति नेपालले प्रतिनिधि सभाको उम्मेद्वार घोषणा शुरु गरेको छ । सचेत नेपाली पार्टीका प्रवक्ता, पिएचडी स्कलर प्राध्यापक तथा लेखक ओमप्रकाश खरेललाई हामीले झापा क्षेत्र नम्बर ३ का लागि यसपालि प्रतिनिधि सभा उम्मेद्वारको रुपमा अघि सारेका छ ।

सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले फेसबुकमा मार्फत शुभकामना दिदै सुडान घोटला काण्डका महानायक कांग्रेसका कृष्ण सिटौलालाई हराएर एक इमानदार र स्पष्ट वक्ता, बौद्धिक व्यक्तित्व ओमप्रकाश खरेलाई झापा क्षेत्र नम्बर ३ का जनताले विजयी बनाएर पठाउनु हुन्छ भन्ने हामीले विश्वास लिएका छौं ।

उनले थप भनेका छन् ‘ के तपाई पनि इमानको राजनीतिमा विश्वास राख्नु हुन्छ ? के तपाईलाई परिवर्तन हामीले नै गर्नुपर्छ भन्ने विश्वास छ ? के तपाईसँग देश निर्माण गर्न सक्ने फरक विचार र त्यसलाई लागू गर्नका लागि संघर्ष गर्न सक्ने सहास छ ? यदि छ भने तपाईं पनि हामीले खोजेको लिडर हुनसक्नु हुन्छ । र, तपाई पनि प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेद्वार बन्न सक्नु हुन्छ । हामीलाई सम्पर्क गर्नुहोस् । म्यासेज गर्नुहोस् र दिएको नम्बरमा फोन गरेर आफ्नो दावी पेश गर्नुहोस् । ‘