
काठमाण्डौ – काठमाण्डौ क्षेत्र नं.२ मा इमानदार कांग्रेसी गठबन्धनका उम्मेद्वार माधव नेपाललाई जसरी पनि हराउने र राष्ट्रवादी पुण्य प्रसाईलाई जिताउने पक्षमा उभिएका छन् । काठमाण्डौ २ मा कांग्रेसका इमानदार कार्यकर्ता र लिडरहरुले एक गोप्य भेला गरेर राजनीतिक विचौलिया माधव नेपाललाई हराउन अभियान शुरु गरेका छन् । गठबन्धनबाट माधव नेपाल काठमाण्डौ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्ने पक्कापक्की जस्तो भएपछि इमानदार कांग्रेसीहरु यसरी जुर्मुराएका हुन् । ‘यो विचौलिया कम्युनिष्टलाई भोट हालिदैन। । अरुण तेस्रो जस्तो नेपालको भविष्यसँग जोडिएको प्रोजेक्ट इण्डियासँग मिलेर रोक्ने, महाकाली बेच्ने, एमसीसी, एसपीपी सम्झौता गरेर नेपाललाई फसाउने, बालुवाटारको जग्गा खानेहरुको गुरु योजनामा सामेल हुने, होली वाइनका सूत्रधार माधव नेपालजस्ता मानिसले जितेर थप राष्ट्रघातदेखि बाहेक केही गर्न नसक्ने भएकाले उनलाई कुनै पनि हालतमा हराउनु पर्छ ।’ त्यसोभए काठमाण्डौ क्षेत्र नम्बर २ का कांग्रेसीले कसलाई भोट हाल्लान् त भन्ने हाम्रो प्रश्नको जवाफमा उनीहरुको भनाई छ, मंसीर ४ को निर्वाचनको मनोनयनको बेलासम्म कांग्रेसले आफ्नो उम्मेद्वार उठाएन र हामी इमानदार कांग्रेसीलाई माधव नेपाललाई भोट हलाउन खोजे भने मान्दैनौ । कांग्रेसबाट हामी अर्को विद्रोही उम्मेद्वार पनि उठाउँदैनौं । त्यसोभए काठमाण्डौ क्षेत्र नम्बर २ मा को त भन्ने प्रश्नमा काँग्रेस समर्थक शरद कार्कीको भनाइ छ, ‘हामी क्षेत्र नम्बर २ मा एक सशक्त राष्ट्रवादी व्यक्ति खडा भएका छन् पुण्यप्रसाद प्रसाई जसले कालापानीबाट इण्डियन सेना हटाउन भन्दै भन्दै पहिलो पटक सडकमा प्रदर्शन मात्र गरेनन् नेपाली सेनालाई विश्वको शक्तिसाली सेनामा रुपान्तरण गर्नुपर्छ र गर्न सकिन्छ भन्दै हामी नेपालीमा आत्मविश्वास जगाए । त्यतिमात्र होइन उनले अरुहरु टिभीमा बोलिरहँदा सबैभन्दा पहिला एमसीसीको विरुद्धमा सडकमा प्रदर्शन गरेर सबै अभियन्ता र पार्टीलाई एमसीसीको विरुद्धमा सडकमा आउन प्रेरित गरे । यिनै राष्ट्रवादी पुण्य प्रसाईलाई कांग्रेसी जनले मात्र होइन सबै राष्ट्रवादी शक्तिले आफ्नो साझा उम्मेद्वार बनाएर अघि बढे देश र नागरिकको भलो हुन्छ ।’ हामी कांग्रेसीका लागि होली वाइनको ल्याउने, महाकाली बेच्ने, एमसीसी, एसपीपी सम्झौता गरेर विदेशीका सामू नेपालीको शीर ठाडो गर्न नदिने धुर्त माधव नेपाललाई कांग्रेसीले भोट हल्नु भन्दा बरु हामी भोट हाल्नै जाँदैनौ तर पुण्य प्रसाई जस्तो व्यक्तित्व हाम्रो क्षेत्रले पाएको कारणले हामी इमानदार कांग्रेसीहरु काठमाण्डौ २ बाट माधव नेपाललाई धुलो चटाएर पुण्य प्रसाईलाई जिताउँछौ । यति गठबन्धनका कारण नेपाली कांग्रेस निकै असन्तुष्ट छन् । शेर बहादुर देउवाले एक्लो निर्णयमा पार्टी सञ्चालन गरेको भनेर आरोप लगाईरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले जबरजस्ती गठबन्धन लादेको कुनै पनि हालतमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भनेर कांग्रेसका शेखर कोईराला लगायतका वरिष्ठ नेता नै बोल्दै आएका छन् । माधव नेपाललाई जिताएर परिवर्तन हुदैन भनेर सामाजिक सञ्जाल सहित काठमाडौं क्षेत्र नं. २ बाट समेत अब ७० कटेका नेतालाई हराउ अभियान चलाएका छन् । त्यसकारण यतिबेला परिवर्तन चाहने युवाको लागि समेत पुण्य प्रसाई रोजाईको उम्मेद्वार बनेका छन् ।