
सचेत नेपाली पार्टीले आज विभिन्न विभाग प्रमुखहरु मनोनयन गरेको छ । अन्तर्राष्ट्रिय विभाग प्रमुख जिआर मास्की, आर्थिक विभाग प्रमुख देपराज लामा, संगठन विभाव प्रमुख जनजीत तामाङ, प्रचार विभाग प्रमुख ओमप्रकाश खरेल, सभा सम्मेलन विभाग प्रमुख दुर्गा समाल, सांस्कृतिक विभाग प्रमुख दीपक गुरुङ, औधोगिक विकाश तथा उत्पादन विभाग विभाव प्रमुख अच्युतम लामिछाने तथा उपप्रमुखमा मुरारी पाण्डे (सत्यजित) र स्कुल विभाग पुण्यप्रसाद प्रसाई । मनोनित विभाग प्रमुखले हरेक विभागमा आवश्यकता अनुसार सदस्यको मनोनयन गरेर पार्टीले तोकेको अधिकारको प्रयोग गरी दायित्व निर्वाह गर्दै सचेत नेपाली पार्टीले २ वर्षमा नेपालको सबैभन्दा ठूलो पार्टी बन्ने लिएको लक्ष्यलाई पूरा गर्न एक जीवन्त पार्टीको रुपमा अघि बढाउने कुरामा विश्वास गरिएको छ । साथै अन्तर्राष्ट्रिय विभाग प्रमुख जिआर मास्की नै अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको संयोजन समेत गर्नु हुनेछ जुन परिषद सचेत नेपाली पार्टी विदेश विभागको मेरुदण्डको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद जसको मातहतमा विश्वका ४३ भन्दा बढी मुलुकमा सचेत नेपाली पार्टीको संगठन विस्तार गरिएको छ र चाँडै १०० भन्दा बढी मुलुकमा विस्तारको योजना बनेको छ भने सल्लाहकार समिति समेत बनेको छ । नेपाल बाहिर रहनु हुने सबैलाई सचेत नेपाली पार्टीमा जोडिनका लागि यो अन्तराषर््िट्रय समन्वय परिषदको अहम् भूमिका हुनेछ । संसारको जुनसुकै कुनामा हुनुहुन्छ र सचेत नेपालीसँग जोडिन चाहनु हुन्छ भने यी उल्लिखित नम्बरमा सम्पर्क गर्नुहोस् । नेपाल बाहिर हुनेहरुले कुनै समस्या आइपरेमा पनि उहाँहरुसँग उचित सल्लाह र सुझाव लिन सक्नु हुन्छ । अब मौन समर्थन हैन जोडिएर शक्ति निर्माण गर्नु नेपालको रक्षाका लागि अति आवश्यक भएको छ । यसैको सहजताका लागि यहाँ अन्तर्राष्ट्रिय समन्वय परिषदका केही पदाधिकारी फोन नम्बर सचेत नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्को मुख्य पदाधिकारीहरुको नामावली तथा सम्पर्क नम्बर यश प्रकार छ: सचेत नेपाली पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा समन्वय परिषद संयोजक जिआर मास्की फोन नं. +४४७४१२६४१३३३ +447412641333 २. सचिव: बद्री चौधरी फोन नं. : +९६६५६२५५४२३९ +966562554239 ३. सह सचिव : प्रेम चाम्लिङ फोन नं. +९७३३६७०९०५१ +973 36709051 ४. प्रवक्ता : राज बराईली विश्वकर्मा फोन नं. +९१७०७६३४४०३६ +917076344036 ५. सह प्रवक्ता : धनिमान बुढा फोन नं. + ६०११६१७०८७५५ +601161708755https://www.facebook.com/v11.0/plugins/comments.php?app_id=334312354948657&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df2f33a4bfeb0c18%26domain%3Dsachetnepaliparty.com%26origin%3Dhttps%253A%252F%252Fsachetnepaliparty.com%252Ff163a6f86b23b1c%26relation%3Dparent.parent&container_width=750&height=100&href=https%3A%2F%2Fsachetnepaliparty.com%2Fnews-blog%2F243%2F&locale=en_US&numposts=5&sdk=joey&version=v11.0&width=550