सचेत नेपाली पार्टी logo
सचेत नेपाली पार्टीको झण्डाको अर्थ


केही पुराना पार्टीहरु र मण्डले प्रवृत्तिका नकारवादीहरु यस सचेत नेपाली पार्टीले अंगीकार गरेको अभूतपूर्व विचारधाराबाट आतिएर हाम्रो पार्टीको झण्डाको बारेमा अनर्गल प्रचार गरिरहेका छन् भने कति अज्ञानता बस बोलिरहेका छन् । यस सचेत नेपाली पार्टीको वास्तविक अर्थ थाहा पाएर हामी सचेत नेपालीले हाम्रा बारेमा भ्रम फैलाउन खोज्नेहरुलाई तर्कशिल भएर जवाफ दिनु पर्छ । यस्तो छ सचेत नेपाली पार्टीको झण्डाको अर्थ ।
सचेत नेपाली पार्टीको झण्डाको अर्थ
क) पृष्ठको रातोः परिवर्तनका लागि चेतना, क्रान्ति, संघर्ष र नेपाली वीरताको प्रतीक बुझाउन ।
ख) गोलाकार भित्रको नीलोः सचेत नेपाली सर्वपहिचानवादी भएकाले सम्पूर्ण ब्रह्माण्डको प्रतीकको रुपमा साथै हाम्रो पृथ्वीलाई नीलो ग्रह, ब्लु प्लानेटको रुपमा पनि बुझिने भएकाले ब्रह्माण्ड र पृथ्वीलाई एक साथ बुझाउने प्रतीकको रुपमा वृत्ताकार भित्र नीलोको प्रयोग गरिएको हो ।
ग) गोलाकार भित्रको आठ पहेंला ताराः ले विश्वका मानव समुदायको प्रमुख र साझा ८ आवश्यकतालाई स्पष्ट्याउने छ ः गाँस, बास, कपास, स्वस्थ्य, शिक्षा, सुरक्षा, समानता र राष्ट्रियता ।
यी आठ कुरा हामी पौने ८ अरब पृथ्वीबासीका साझा समस्या हुन् र नागरिकका यी सबै समस्या बिनाभेदभाव राज्यले अनिवार्य रुपमा समाधान गर्नुपर्छ र यो सचेत नेपाली पार्टीले लिएको समतावादी विचारधाराको आधारमा न्यायिक तरिकाले समाधान गर्नुपर्छ भन्ने बुझाउन पहेंला आठ ताराहरु प्रयोग गरिएको हो ।
घ) गोलाकार भित्रको चारवटा सेतो ताराः शान्ति, स्वतन्त्रता, समृद्धि र खुशी बुझाउनका लागि हो । अर्थात् सचेत नेपालीले परिकल्पना गरेको न्यायिक समतावादी समाजमा, डर, द्वेष, ईष्र्या र घृणाको अन्त्य भएर शान्ति, स्वतन्त्रता, समृद्धि र खुशीले प्रधानता पाउँछ भन्ने अर्थ बुझाउनका लागि चार सेता ताराहरु रहेका हुन् । किनकि जसले जेजे गरे पनि मानवको अन्तिम लक्ष्य भनेको, शान्ति, स्वतन्त्रता, समृद्धि र खुशी नै हो भन्ने सचेत नेपालीको विचार रहेको छ ।
धन्यवाद ।