
सचेत नेपाली पार्टीको विधान-२०७७
प्रस्तावना
नेपाल सार्वभौमसत्ता सम्पन्न सर्वजातीय नेपाली जनताका प्रतिनिधिहरु नेपाल राष्ट्रलाई स्वतन्त्र, समतावादी, विभेद रहित, न्यायपूर्ण, समृद्ध, स्वधर्ममा रही धर्म निरपेक्ष, समानुपातिक समान सहभागिता, संघीय जनतन्त्रात्मक राज्य निर्माण गर्ने उद्देश्य लिएको छ । नेपाली सर्वजातिय उत्पीडित जनताले पटक पटक शान्तिपूर्ण जनआन्दोलन र क्रान्तिको माध्यमबाट प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै जघन्य राणा शासन, सामन्ती राजतन्त्रको अन्त्य तथा राष्ट्रिय स्वाधीनता, नागरिकतन्त्र, समानता, शान्ति र अग्रगमनको पक्षमा इतिहासका विभिन्न समयमा आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण वीर सहिदहरुलाई स्मरण गर्दै नेपाली सर्वजातिय जनताको सर्वोच्चता, संघीय शासन, बालिगमताधिकार, आवधिक निर्वाचन प्रणाली, संवैधानिक तथा कानूनी राज्य, मौलिक हक, मानवअधिकार, शक्ति पृथकीकरण, न्यायपालिका, प्रेस स्वतन्त्रता, समानुपातिक नागरिकतन्त्र, समान अधिकार र सामाजिक न्यायको सिद्धान्तलाई आत्मासाथ गर्दै सबै खाले असमानता, विभेद, शोषण र उत्पीडनहरुलाई अन्त्य गर्न अग्रसर छ । यसरी सर्वपहिचान सहितको अधिकार प्राप्त संघीयता र राज्यको हरेक निकायमा समान सहभागिता सहित नेपाल निर्माण गर्न संघर्षरत रहने र प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि संघर्षरत रहँदै संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको विश्वव्यापी मानवअधिकार घोषणापत्रलाई, नेपाल राष्ट्रको पक्षबाट भएको सम्पूर्ण अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरुको मूल्य मान्यताहरुका सकारात्मक पक्षलाई दृढतापूर्वक कार्यान्वयन गर्ने र नेपाल र नेपाली जनताको विपक्षमा भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता भने निलम्बन वा खारेज गर्नेसम्मको प्रतिबद्धता व्यक्त गर्दै नेपाल एक सर्वजातिय, सर्वभाषिक, सर्वसांस्कृतिक र सर्वधार्मिक भएको तथ्यलाई आत्मासाथ गर्दै राज्यले यहाँको सर्वजातिय समुदाय लगायत सबैप्रति समान व्यवहार गर्नुको सट्टा उनीहरुमाथि विदेशीको इसारामा तथा दलाल पुँजिवादी समुदायको आदेशमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अवस्थामाथि विभेद उपेक्षा, उत्पीडन र अन्तरविरोध सृजना गर्दै आइरहेको वास्तविकतालाई सर्वजातिय नेपाली जनतामाझ भण्डाफोर गर्दै नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरुमा नवसामन्तीहरुको बिगबिगी बढिरहेको परिप्रेक्ष्यमा भ्रष्टाचार, घुसखोरी, दलाली, विदेशीको गुलामी गर्ने दलहरुको गलत व्यवहार, विचार र दर्शनलाई अन्त्य गर्ने नयाँ विचार सर्वपहिचानवाद, नागरिक समाजवाद हुँदै समतावादसम्मको यात्रा तय गर्ने लक्ष्यका साथ समृद्ध, शक्तिशाली र खुशी नेपाल निर्माणको सामुहिक प्रयास गर्ने ।
अन्तिम पटकको आन्दोलनमा आम नागरिकसचेत समुदायलाई एकीकृत तथा संगठित गर्दै सबै किसिमको बाह्य हस्तक्षेप विरुद्धको आन्दोलनमा संगठित हुँदै नेपाल राष्ट्रको स्वाभिमानका पक्षमा जनमत सृजना गर्न प्रतिबद्धता जाहेर गर्दै विश्व कम्प्युनिष्ट र पुँजीवादी लोकतन्त्रको विश्व दृष्टिकोणमा संकीर्ण विचार र व्यवहारको आन्दोलनका परिणामलाई मध्यनजर गर्दै तथा पाठ सिक्दै, सचेत नेपाली पार्टीले वर्तमान विश्वमा चलिरहेका सबै खाले विचारले जीवन, जगत र मानवताको कल्याण नहुने ठहर गर्दै नयाँ विश्व विचारधाराको निर्माण गरेको छ । यस सचेत नेपाली पार्टीले अध्यात्मवाद, पूँजीवाद र माक्र्सवाद विचारधाराको विकल्पमा नयाँ दर्शनको निर्माण गरेको छ, जसलाई सर्वपहिचानवाद नामाकरण गरिएको छ । यस सर्वपहिचानवादको विचार र सिद्धान्तलाई आत्मासाथ गरी नेपालमा सर्वपहिचानवाद विचारलाई लागु गर्ने संकल्प गर्दै देशको सर्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकतालाई बलियो बनाउन संघीय सर्वपहिचान नागरिकतन्त्र नेपालको नयाँ संरचनामा सर्वजातिय सर्वसमुदायको स्वामित्वबोध होस् भन्नको लागि राष्ट्रको शासकीय स्वरुपमा चक्रीय प्रणाली र नयाँ ढंगको राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्नु आवश्यक भएकाले २०७७ मा भेलाद्वारा यस सचेत नेपाली पार्टीको स्थापना गर्दै यो विधान जारी गरिएको छ । यस विधान पारित भएपछि सचेत नेपाली पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाहरु यसै विधानद्वारा संचालित तथा निर्देशित हुनेछ ।
परिच्छेद १
१) नाम विस्तार र प्रारम्भ ः
क) यस विधानको नाम “सचेत नेपाली पार्टी” को विधान २०७७ रहनेछ ।
ख) यस पार्टीको नाम “सचेत नेपाली पार्टी” रहनेछ र संक्षेपमा “सनेपा” भनिने छ । अंग्रेजी भाषामा क्बअजभत ल्भउबष् िएबचतथ भनिने छ । र संक्षेपमा क्ल्ए भनिने छ ।
ग) यो विधान सचेत नेपाली पार्टीको आदर्शप्रति आस्थावान देशभित्र र बाहिर रहेका सबै व्यक्ति तथा निकायहरुमा लागु हुनेछ ।
घ) यो विधान महाधिवेशनबाट पारित भएपछि लागु हुनेछ ।
ङ) यो विधान सचेत नेपाली पार्टीको आदर्शप्रति आस्थावान देशभित्र र बाहिर रहेका सबै व्यक्ति तथा निकायहरुमा लागु हुनेछ ।
२) परिभाषा ः
विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस विधानमा ः
क) विधान भन्नाले “सचेत नेपाली पार्टीको” विधान २०७७ लाई जनाउँदछ ।
ख) पार्टी भन्नाले सचेत नेपाली पार्टीलाई जनाउँदछ ।
ग) सदस्य भन्नाले सचेत नेपाली पार्टीमा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका सदस्य र पदाधिकारी समेतलाई जनाउँदछ ।
घ) विधान भन्नाले विधानबमोजिम केन्द्रीय कार्य समितिले तर्जुमा गरेको विधानलाई जनाउँदछ ।
ङ) संविधान भन्नाले नेपालको संविधानलाई जनाउँदछ ।
च) नगरपालिका भन्नाले महानगरपालिका र उपमहानगरपालिका समेतलाई जनाउँदछ ।
छ) स्थानीय तह भन्नाले वडादेखि जिल्ला तहसम्मका सबै निकायलाई जनाउँदछ ।
ज) निर्वाचन भन्नाले समय समयमा निर्वाचन आयोगद्वारा सञ्चालन गरिने निर्वाचनहरु र यो विधानबमोजिम समय समयमा सम्पन्न हुने पार्टीको निर्वाचन समेतलाई जनाउँदछ ।
३) कार्यालय ः
सचेत नेपाली पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका अर्थात् नेपालकोे राजधानीमा रहनेछ । प्रदेश तहको कार्यालय प्रदेशको राजधानीमा रहने छ भने जिल्ला तहको कार्यलय सम्बन्धित जिल्लाको सदरमुकाममा रहनेछन् । अन्य तहका कार्यलयहरु सम्बन्धित तहको कार्य समितिले निर्णय गरे अनुसार रहनेछ ।
४) सचेत नेपाली पार्टीका उद्देश्यहरु ः
क) नेपाली जनतालाई संगठित गर्दै राष्ट्र, राष्ट्रियता, अखण्डता र नेपालको विशिष्ट पहिचानको संरक्षण र सम्बर्धनको लागि उनीहरुलाई सचेत जागरुक र क्रियाशील बनाउने ।
ख) सचेत नेपाली पार्टीको पार्टीको सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायिक समतावाद दर्शन, विचार र सिद्धान्तलाई मार्ग निर्देशक सिद्धान्त मान्दै पार्टीको विचारलाई आम नेपाली बीच स्थापित गराउन लागि पर्ने ।
ग) पार्टीले तय गरेको नीति र कार्यक्रमलाई सुसम्पन्न गर्न सघाउने ।
घ) पार्टीले निर्देशन गरेको जिम्मेवारी बहन गर्ने ।
ङ¬¬) सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र विदेशी हस्तक्षेप लगायत विभिन्न संकीर्ण अधिनायकवाद विरोधी देशभक्त एवं सर्वपहिचानवादी नागरिकतन्त्र पक्षधर शक्तिलाई एकता गर्दै नेपाल सर्वपहिचान सहितको संघीयतामा पुनर्विचार गर्दै समतावादी नीति अवलम्बन गर्नेछ ।
च) समान निर्णयको अधिकारलाई स्वीकार गर्दै सर्वजातिय सामुदायिक तथा भौगोलिक क्षेत्रको हरेक विषयलाई अध्ययन गरी आवश्यकताको आधारमा राज्य संरचना निर्माण गर्नेछ ।
छ) सर्वजातिय सर्वसमुदायहरुको सम्मान अधिकारलाई स्वीकार गर्दै राज्यको संरचनामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।
ज) अन्तर्राष्ट्रिय, राष्ट्र एवं क्षेत्रीय तहमा सम्मान विचार, उद्देश्य भएका विभिन्न राजनीतिक, सामाजिक संगठनहरुसँग सहकार्य गर्दैै भाइचारा सम्बन्धलाई अघि बढाउनेछ ।
झ) राष्ट्रभित्र र राष्ट्र बाहिरको विभिन्न खाले जीवन र जगत्को विरुद्ध र विभेदको विरुद्धको न्यायपूर्ण संघर्षलाई ऐक्यवद्धता साथै समर्थन गर्नेछ ।
ञ) देश भित्रको राजनितिक, आर्थिक, सामाजिक विभेद, विकृति, विसंगति तथा भ्रष्टचारलाई कठोरतापूर्वक पूर्ण अन्त्य गर्न सदाबहार संघर्षरत रहनेछ ।
ट) धर्म निरपेक्षतालाई सम्मानपूर्वक व्यवहारमा कार्यान्वयन गर्नेछ ।
ठ) राष्ट्रभित्रको सर्वजातियहरुको बीचको अन्तर विरोधलाई सही पहिचान गरी सम्मान अधिकारको लागि निरन्तर संघर्ष गरिरहने छ ।
ड) विश्वका, अध्यात्मवादी ईश्वरीयतन्त्र, पुँजीवादी लोकतन्त्र तथा माक्र्सवादी गणतन्त्रको विश्व दृष्टिकोण असफलतालाई मध्यनजर गर्दै सर्वपहिचानवादी विश्व दृष्टिकोण दर्शनलाई निरन्तर विकासका लागि अध्यनशील र व्यवहारमा संघर्षरत रहनेछ ।
५) सदस्यता ः
सचेत नेपाली पार्टीका तिन किसिमका सदस्यहरु हुनेछन् ।
१.साधारण सदस्य
२. सक्रिय सदस्य (संगठित सदस्य)
३ जिम्मेवार सदस्य (महासमिति सदस्य)
५.१. क) साधारण सदस्य ः
पार्टीको साधारण सदस्यताका लागि देहायबमोजिमको योग्यता हुनु पर्नेछ ।
अ. सचेत नेपाली पार्टीको विधानलाई पूर्ण रुपमा पालन गर्न इच्छुक ।
आ. १६ वर्ष उमेर पुगेको ।
ई. नेपाली नागरिक भएको ।
इ. पार्टीको सिद्धान्तलाई आत्मसात गरेको ।
उ. उपरोक्त योग्यता भएका व्यक्तिले आफ्नो सदस्यता शुल्क तिरी साधारण सदस्यता प्राप्त गर्नेछ ।
५.२ ख) सक्रिय सदस्य (संगठित सदस्य)
निश्चित उद्देश्य र कामका लागि सचेत नेपाली पार्टीको जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश समितिले कुनै पनि साधारण सदस्यलाई सचेत नेपाली पार्टीको सक्रिय सदस्य (संगठित सदस्यता) प्रदान गर्न सक्नेछन् । सक्रिय सदस्यले जिल्ला तहसम्मका कुनै पनि पदमा आफ्नो उम्मेद्वारी दिन योग्य मानिने छ ।
५.२ ग) जिम्मेवार सदस्य (महासमिति सदस्य)
निश्चित उद्देश्य र काममा लागि सचेत नेपाली पार्टीको जिल्ला र प्रदेश समितिको सिफिारिसमा केन्द्रीय सचिवालयले जिम्मेवार सदस्य (महासमिति सदस्य) प्रदान गर्नेछ । जिम्मेवार सदस्य (महासमिति सदस्य) लाई केन्द्रीय तहसम्मका कुनै पनि पदमा आफ्नो उम्मेद्वारी दिन योग्य मानिने छ । जिम्मेवार सदस्यले केन्द्रीय कार्य समिति, केन्द्रीय पदाधिकारी र केन्द्रीय अध्यक्षको चयन गर्नेछ ।
५.३. घ) सदस्यताको अन्त्य ः
देहायको अवस्थामा सदस्यताको अन्त्य हुनेछ ।
अ) मृत्यु भएमा
आ) पदबाट राजीनामा दिएमा
इ) अनुशासन कारबाहीमा पारी निष्कासित गरिएमा
ई) अन्य राजनैतिक पार्टीको सदस्यता लिएमा
उ) मानसिक सन्तुलन ठीक नभएमा
ऊ) धारा ६ (क) बमोजिम योग्यता नभएमा ।
ए) साधारण सदस्य नरहेमा ।
परिच्छेद २
६) क) यो विधान बमोजिम पार्टीको स्थानीय परिषद तथा कर्मचारीहरुको निर्वाचन हुनेछ
ख) पार्टीको सबै तहको कार्य समितिमा ५० प्रतिशत महिला तथा आदिवासी जनजाति, दलित, मधेशी, थारु, पिछडावर्ग र अल्पसंख्यकको प्रतिनिधित्व स्थानीय जनसंख्याको आधारमा हरसम्भव २५–२५ प्रतिशत सुनिश्चित गर्नु पर्नेछ ।
ग) सबै गाउँ वडा, नगर वडा, गाउँ, नगर समितिहरु, क्षेत्रीय र जिल्ला कार्य समिति अन्तर्गत संयोजित संगठनका अध्यक्षहरु सम्बन्धित तहमा पदेन सदस्य रहनेछन् ।
घ) सम्बन्धित तहका संयोजित संगठनका अध्यक्षहरु सम्बन्धित तहको परिषद् सदस्य रहनेछन् ।
७. संगठनको तह ः
स्थानीय निकायको तह, निर्वाचन क्षेत्र र प्रशासनिक विभाजन अनुरुप संरचना देहायबमोजिम हुनेछ ।
क) वडा स्तर ः
१. वडा परिषद्
२. वडा कार्य समिति
ख) गाउँ तथा नगर स्तर ः
१.गाउँ परिषद्
२.गाउँ कार्य समिति
३.नगर परिषद्
४.नगर कार्य समिति
ग) क्षेत्रीय स्तर ः
१. क्षेत्रिय परिषद्
२. क्षेत्रिय कार्यसमिति
घ) जिल्ला स्तर ः
१. जिल्ला परिषद्
२. जिल्ला कार्य समिति
ङ) प्रदेश स्तर ः
१. प्रदेश परिषद्
२. प्रदेश कार्य समिति
च) केन्द्रीय स्तर ः
१. केन्द्रीय महाधिवेशन
२. केन्द्रीय परिषद्
३. केन्द्रीय कार्यसमिति
४. केन्द्रीय कार्य सम्पादन समिति
५. अन्य समिति र विभागहरु
८. टोल र वडा परिषद् ः
क) कम्तिमा ११ (एघार जना साधारण सदस्य भएको प्रत्येक गाउँ विकास समितिको वडामा गाउँ , वडा परिषद् र कम्तिमा २५ (पच्चीस) जना साधारण सदस्य भएको प्रत्येक नगरपालिकाको वडामा नगर वडा परिषद् गठन गरिनेछ ।
९. टोल र वडा कार्य समिति ः
क) गाउँ÷वडा कार्य समितिमा अध्यक्ष–१ , महिला एक सहित उपाध्यक्ष–२, सचिव–१, कोषाध्यक्ष–१, सह सचिव–१ र सदस्यहरु समेत गरी ९ जना सम्म रहनेछन् ।
ख) गाउँ÷वडा कार्यलय समितिमा अध्यक्ष सहित ७० प्रतिशत वडा परिषद्बाट निर्वाचित हुनेछन् र अध्यक्षले ३० प्रतिशत सदस्य वडापरिषद् सदस्यहरु मध्येबाट मनोनित गर्नेछ । अध्यक्षले सदस्यहरु मध्येबाट पदाधिकारीहरु तोक्नेछन ।
ग) नगर वडा कार्य समितिमा अध्यक्ष–१, महिला सहित उपाध्यक्ष– २, सचिव–१, कोषाध्यक्ष–१, सह–सचिव–१ जना र सदस्यहरु समेत गरी ९ (नौ देखि ११ एघार जना सम्म रहनेछन् ।
घ) नगर वडा परिषद्ले वडा कार्य समितिको अध्यक्ष लगायत ७० प्रतिशतल सदस्य निर्वाचित गर्नेछ । बाँकी ३० प्रतिशत सदस्य निर्वाचित अध्यक्षले वडा परिषद् सदस्यहरु मध्येबाट मनोनित गर्नेछ ।
ङ) पदाधिकारीहरुको चयन कार्य समितिका सदस्यहरु मध्येबाट अध्यक्षले गर्नेछ ।
१०. गाउँ÷नगर परिषद् ः
क) प्रत्येक गाउँ का वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु भएको पार्टीको गाउँ परिषद् र नगरकालिकाको हकमा वडा कार्य समितिका पदाधिकारी र सदस्यहरु भएको पार्टीको नगर परिषद् गठन हुनेछ ।
ख) गाउँ परिषद्ले गाउँ समिति र नगर परिषद्ले नगर कार्य समिति निर्वाचित गर्नेछ ।
११ं. गाउँ ÷नगरपालिका कार्य समिति ः
क) गाउँ कार्य समितिमा अध्यक्ष –१, एक महिला सहितको उपाध्यक्ष–२, सचिव–१, कोषाध्यक्ष–१, सह–सचिव–१ जना र सदस्यहरु समेत गरी वडाको संख्याको आधारमा ११ (एघार) देखि २५ (पच्चीस) जनासम्म रहनेछन् ।
१२. क्षेत्रिय परिषद् ः–
क्षेत्रिय परिषद्मा देहायबमोजिमका सदस्यहरु रहनेछन् ।
क) क्षेत्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु ।
ख) क्षेत्र भित्रका पार्टीको गाउँ कार्य समितिको अध्यक्ष तथा गाउँ कार्य समितिले आफू
मध्येबाट महिला –१ , दलित – १ सहित समावेशी सिद्धान्तको आधारमा छानी
पठाएको प्रतिनिधि संख्या ४ (चार जना) ।
ग) सम्बन्धित क्षेत्रभित्रका पार्टीको नगर कार्य समितिका सदस्य र पदाधिकारीहरु ।
घ) सम्बन्धित प्रत्येक नगर वडा कार्य समितिका अध्यक्ष र १ महिला
ङ) सम्बन्धित क्षेत्रको केन्द्रीय सदस्य तथा सांसदहरु ।
च) कुनै क्षेत्रमा क्षेत्रिय परिषद् संख्या २५ भन्दा कम भएमा सम्बन्धित क्षेत्रका नगर,
गाउँ, वडा कार्य समितिका पदाधिकारीहरु क्षेत्रिय परिषद सदस्य हुनेछन् ।
१३. क्षेत्रिय कार्य समिति ः
क्षेत्रिय कार्य समितिको गठन देहायबमोजिम हुनेछन् ।
क) क्षेत्र कार्य समितिमा अध्यक्ष –१, एक महिला सहितको उपाध्यक्ष २, सचिव–१, कोषाध्यक्ष–१, सह–सचिव–१ जना र सदस्यहरु समेत गरि क्षेत्रिय संख्याको आधारमा ११(एघार) देखि २५ (पच्चिस) जनासम्म रहनेछन् ।
ख) क्षेत्रिय परिषदले आफ्ू मध्येबाट कार्य समितिमा १ जना अध्यक्ष अध्यक्ष लगायत ७० प्रतिशत सदस्य निर्वाचित गर्नेछ । बाँकी ३० प्रतिशत सदस्य निर्वाचित अध्यक्षले वडा परिषद सदस्यहरु मध्येबाट मनोनित गर्नेछ । अध्यक्षले क्षेत्रिय कार्य समितिको कार्य समितिका सदस्यहरु मध्येबाट कार्य समितिका पदाधिकारी तोक्नेछ ।
ग) सम्बन्धित निर्वाचन क्षेत्रका पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरु जिल्ला कार्य समितिमा पदेन सदस्य रहनेछन् ।
१४) जिल्ला परिषद् ः
जिल्ला परिषद्मा देहायबमोजिमका सदस्यहरु रहनेछन् ।
क) जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु ।
ख) जिल्ला अन्तर्गतका सबै क्षेत्र कार्य समिति पदाधिकारी तथा सदस्यहरु ।
ग) पार्टीका सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य तथा सांसदहरु ।
घ) नगर कार्य समितिका अध्यक्ष, नगर कार्य समितिले निर्णय गरे बापत
महिला –१ , दलित – १ सहित समावेशी सिद्धान्तको आधारमा छानी पठाएको प्रतिनिधि संख्या ४ (चार जना) लगायत नगरका वडा अध्यक्षहरु ।
च) गाउँ कार्य समितिका अध्यक्षहरु ।
१५) जिल्ला कार्य समिति ः
जिल्ला कार्य समितिको गठन देहायबमोजिम हुनेछ ।
क) जिल्ला कार्य समितिमा अध्यक्ष –१, एक महिला सहितको उपाध्यक्ष–२, सचिव–१, कोषाध्यक्ष–१, सह–सचिव–१ जना, प्रवक्ता –१ र सदस्यहरु समेत गरी क्षेत्रिय संख्याको आधारमा ११ (एघार) देखि २५ (पच्चिस) जनासम्म रहनेछन् ।
ख) क्षेत्रिय परिषदले आफ्ु मध्येबाट कार्य समितिमा १ जना अध्यक्ष अध्यक्ष लगायत ७० प्रतिशत सदस्य निर्वाचित गर्नेछ । बाँकी ३० प्रतिशत सदस्य निर्वाचित अध्यक्षले वडा परिषद् सदस्यहरु मध्येबाट मनोनित गर्नेछ । अध्यक्षले क्षेत्रिय कार्य समितिको कार्य समितिका सदस्यहरु मध्येबाट कार्य समितिका पदाधिकारी तोक्नेछ ।
ग) सम्बन्धित निर्वाचन क्षेत्रका पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरु जिल्ला कार्य समितिमा पदेन सदस्य रहनेछन् ।
घ) सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीको केन्दि«य सदस्य तथा सांसदहरु पदेन सदस्य रहनेछन् ।
ङ) जिल्ला भित्रका नगर कार्य समितिका अध्यक्षहरु पदेन सदस्य रहनेछन्
१६) प्रदेश परिषद् ः
प्रदेश परिषद्मा देहायबमोजिमका सदस्यहरु रहनेछन् ।
क) सम्बन्धित प्रदेश भित्रका जिल्ला कार्य समितिका अध्यक्ष तथा जिल्ला कार्य समितिले आफू मध्येबाट छानी पठाएको महिला सहित ३ जना प्रतिनिधिहरु ।
ख) पार्टीका सम्बन्धित प्रदेश भित्रका केन्द्रीय सदस्य तथा सांसदहरु ।
ग) पार्टीका सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य तथा सांसदहरु ।
१७) प्रदेश कार्य समिति ः
प्रदेश कार्य समितिको गठन देहाय बमोजिम हुनेछ ।
क) प्रदेश कार्य समितिमा अध्यक्ष –१, एक महिला सहितको उपाध्यक्ष–
२, सचिव–१, कोषाध्यक्ष–१, सह–सचिव–१, प्रवक्ता –१ जना र सदस्यहरु समेत गरी क्षेत्रिय संख्याको आधारमा ५५ जना माथि रहनेछन् ।
ख) क्षेत्रिय परिषदले आफू मध्येबाट कार्य समितिमा १ जना अध्यक्ष अध्यक्ष लगायत ७० प्रतिशतल सदस्य निर्वाचित गर्नेछ । बाँकी ३० प्रतिशत सदस्य निर्वाचित अध्यक्षले वडा परिषद् सदस्यहरु मध्येबाट मनोनित गर्नेछ । अध्यक्षले क्षेत्रिय कार्य समितिको कार्य समितिका सदस्यहरु मध्येबाट कार्य समितिका पदाधिकारी तोक्नेछ ।
ग) सम्बन्धित निर्वाचन क्षेत्रका पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरु प्रदेश कार्य समितिमा पदेन सदस्य रहनेछन् ।
घ) सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीको केन्द्रीय सदस्य तथा सांसदहरु पदेन सदस्य रहनेछन् ।
ङ) प्रदेश कार्य समितिका काम , कर्तव्य र अधिकार ः
१) प्रदेश भित्र पार्टीका वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला स्तरीय समितिहरुको गठनलाई पूर्णता दिने र तिनलाई निरन्तर क्रियाशील बनाउने ।
२) प्रदेशस्तरीय कार्यक्रमहरु गर्ने, गराउने ।
३) केन्द्रीय कार्य समितिद्वारा निर्धारित कार्यक्रमहरुको कार्यान्वयनमा गर्ने, गराउने ।
४) जिल्ला स्तरीय कार्यक्रमहरुको अनुगमन साथै सहयोगी भूमिका निर्वाह गर्ने, गराउने ।
५) अवधिक रुपमा जिल्ला भ्रमण गरी पार्टीलाई दुरुस्त बनाउने साथै नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
६) कार्यालय ः प्रदेश कार्य समितिको कार्यालय प्रदेश राजधानीमा राखिने छ ।
१८) स्थानीय परिषद्हरुको काम, कर्तव्य र अधिकार ः
वडादेखि जिल्ला स्तरसम्मका विभिन्न तहका पार्टीका परिषद्हरुको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
क) कार्य समितिले विधानमा तोके बमोजिमको काम, कर्तव्यको पालना गरेको छ, छैन भनी रेखदेख साथै मार्गनिर्देशन गर्ने ।
ख) कार्य समितिले पेश गरेका कुराहरुमा छलफल साथै आवश्यकता अनुसार अनुमोदन र स्वीकृति प्रदान गर्ने ।
ग) आ–आफ्नो कार्य समितिको निर्वाचन गर्ने ।
घ) कार्य समितिले पेश गरेको आय व्ययको विवरणमा छलफल गरी पारित गर्ने ।
१९) स्थानीय कार्य समितिहरुको काम, कर्तव्य र अधिकार ः
वडादेखि जिल्लास्तनर सम्मका पार्टीका विभिन्न तहका कार्य समितिहरुको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ ।
१. पार्टीको नीति, सिद्धान्त, कार्यक्रम तथा निर्देशनहरुको पालना गर्ने ।
२. जनताका दैनिक समस्याहरु समाधानको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
३. जनताको हकहित हुने कार्यक्रमको नेतृत्व प्रदान गर्ने र त्यस्ता कार्यक्रम सञ्चालन गर्ने ।
४. आ–आफ्नो तहको निर्वाचन सम्पन्न गर्न गराउन केन्द्रीय निर्वाचन समितिको निर्देशन भित्र रही विभिन्न तहमा निर्वाचन समितिहरु गठन गर्ने ।
२०) केन्द्रीय परिषदका काम, कर्तव्य र अधिकार ः
१. केन्द्रीय परिषदले देशमा विद्यमान राजनैतिक आर्थिक, सामाजिक एवम् अन्य समसामयीक विषयहरुमा छलफल गरी पार्टीको अवधारणा स्पष्ट गर्नेछ ।
२. पार्टीको गतिविधिको समीक्षा गरी केन्द्रीय कार्य समितिलाई आवश्यक मार्गदर्शन गर्नेछ ।
३. सबै खाले पार्टीगत संरचना भंग गरिएको अवस्थामा यस परिषदले पार्टी अध्यक्षको अध्यक्षतामा राष्ट्रिय महाअधिवेशन र महाधिवेशनको विचको अवधिमा केन्द्रीय कार्य समितिको कार्य समेत गर्न सक्नेछ ।
४. राष्ट्रिय महत्वको विषयमा तुरुन्त निर्णय गर्नुपर्ने परिस्थिति सिर्जिएमा त्यस्ता विषयमा आवश्यक निर्णय गरी कार्यान्वयन गर्न गराउन पार्टी अध्यक्षमा सिफारिस समेत गर्नेछ ।
२१. केन्द्रीय कार्यसमिति ः
१. केन्द्रीय कार्य समिति महाधिवेशन र केन्द्रीय परिषद्प्रति उत्तरदायी हुनेछ । केन्द्रीय कार्य समिति ७० प्रतिशत महाधिवेशनबाट निर्वाचित हुनेछ । ३० प्रतिशत अध्यक्षद्वारा मनोनयन गरिनेछ ।
केन्द्रीय कार्य समितिको गठन १ संयोजक सहित २३ सदस्यीय केन्द्रीय कार्य समिति गठन हुनेछ ।
२) अध्यक्ष तथा सदस्यहरुको निर्वाचन तथा मनोनयन देहाय बमोजिम हुनेछ ।
क) महाधिवेशनबाट निर्वाचित अध्यक्ष – १
ख) केन्द्रीय समितिको ७० प्रतिशत सदस्यहरुको निर्वाचन महाधिवेशनबाट हुनेछ । ३० प्रतिशत मनोनयन मध्येबाट ७ जना जसमध्ये ४ महिलाको लागि तथा बाँकी ३ महिला तथा पुरुष दुवैका लागि खुल्ला रहनेछ ।
ग) ८ जना महिलाहरुको निर्वाचन देहाय बमोजिम हुनेछ ः
मधेशी – २
आदिवासी जनजाति – २
दलित – २
उत्पीडित र पिछडिएको वर्ग – १
पिछडिएको क्षेत्र – १
खुल्ला – १२
जम्मा संख्या – २०
घ) बाँकी ३ जनाको मनोनयन देहाय बमोजिम हुनेछ ः
मधेशी – २
आदिबासी जनजाति – १
जम्मा संख्या – ३
जम्मा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको संख्या – २३
घ) अध्यक्षले केन्द्रीय कार्य समितिका सदस्यहरु मध्येबाट पदाधिकारी तोक्ने छन् ।
२२. केन्द्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार ः
केन्द्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१) केन्द्रीय महाधिवेशन र केन्द्रीय परिषद्बाट पारित नीति, कार्यक्रम तथा निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
२) पार्टीको उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वायन गर्ने गराउने ।
३) विभिन्न तहका कार्य समितिहरुको कामको रेखदेख, मूल्यांकन, अनुगमन गर्ने र आवश्यकता अनुसार निर्देशन र परामर्श दिने ।
४) पार्टीका कार्यकर्ताहरुको लागि आचारसंहिता बनाइ लागु गर्ने ।
५) सबै प्रदेश भरका सक्रीय कार्यकताहरुको अभिलेख राख्ने ।
६) पार्टीको विधान निर्णयात्मक व्याख्या गर्ने ।
७) आवश्यकताअनुसार केन्द्रीय तहमा पार्टीको विभिन्न प्रयोजनका लागि समिति विभाग र आयोगहरुको गठन गर्ने, तिनको स्थान, काम, कर्तव्य, र अधिकार तोक्ने ।
८) केन्द्र्रीय पदाधिकारी तथा सदस्यहरु र पार्टीप्रति प्रतिवद्ध व्यक्तिहरुलाई विभिन्न कार्यको जिम्मेवारी र क्षेत्रको विभाजन गर्ने ।
९) वर्गीय संगठनहरुले गरेका कार्यक्रमहरुको मूल्यांकन गर्ने ।
१०) पार्टीको कुनै निकाय निस्कृय रहेको वा विधान विपरीत कार्यमा संलग्न देखिएमा आवश्यकता अनुसार सचेत गर्ने, निलम्बन गर्नै र विघटन गरी पुनर्गठन गर्ने,
११) पार्टीको हित र स्वार्थमा आघात पुग्ने गरी गैर िजम्मेवारीपूर्ण कार्य गर्ने गराउने र सदस्य तथा कार्य समितिलाई अनुशासन समितिको सिफारिसमा सचेत गर्ने, निलम्बन गर्ने तथा सचेत वा निलम्बन गर्दा पनि अनुशासन कायम भएको नदेखिएमा केन्द्रीय समितिको प्रतिवेदनको आधारमा पार्टीबाट निष्काशन तथा त्यस्तो कार्य समितिलाई विघटन गर्ने ।
१२) यस विधानबमोजिम विघटन भएका समितिहरु अर्काे निर्वाचन नभएसम्म त्यसरी विघटन गरेका कार्य समितिहरुको स्थानमा तदर्थ समिति गठन गर्ने ।
१३) पार्टीको कोष वृद्धि र संचालन गर्ने ।
१४) नेपालको संविधान र प्रचलित कानुनबमोजिम राज्यको संरचना, संसदीय निर्वाचन क्षेत्र, गाउँपालिका र नगरपालिकाहरु हेरफेर भएमा आवश्यकता अनुसार सांगठनिक व्यवस्थाहरु मिलाउने ।
१५) पार्टीमा महत्वपूर्ण योगदान पु¥याएका सक्ने विशिष्ट व्यक्तिहरुलाई वरिष्ठ नेता, वरिष्ठ सदस्य एवं अन्य मानार्थ पदमा मनोनित गर्ने ।
१६) पार्टी सुदृढीकरणको लागि आवश्यक पर्ने अन्य सबेै कार्यहरु गर्ने ।
२३. पदाधिकारी समिति ः
पार्टीका अध्यक्षको अध्यक्षतामा कम्तीमा ५ जना वा आवश्यकताको आधारमा त्योभन्दा बढी सदस्यीय पदाधिकारी समिति गठन गरिनेछ । केन्द्रीय पदाधिकारी समितिका सदस्यहरुको नामावली अध्यक्षयले मनोनयन गर्नेछन् । केन्द्रीय कार्य समिति समक्ष सुसूचित गर्नेछन् र केन्द्रीय कार्य समितिले अनुमोदन गर्नुपर्नेछ ।
पदाधिकारी समितिको काम कर्तव्य देहायबमोजिम हुनेछ ।
कं) केन्द्रीय कार्य समितिको निर्णय कार्यन्वायन गर्ने गराउने र अनुगमन गर्ने ।
ख केन्द्रीय कार्य समितिको बैठक नभएको अवधिमा केन्द्रीय कार्य समितिले गर्नु पर्ने सबै काम गर्ने ।
ग) राजनीतिक समितिले गरेका निर्णय केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्नेछ ।
घ) राजनितिकको बैठक कम्तिमा तीन महिनाको एक पटक बस्नेछ ।
परिच्छेद ३
केन्द्रीय कार्य समितिको पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार ः
२४. अध्यक्ष ः–
क) पार्टीलाई सबल र सक्षम संगठनका रुपमा संचालन गर्न प्रभावकारी नेतृत्व प्रदान गर्ने ।
ख) पार्टीको महाधिवेशन, केन्द्रीय परिषद् र केन्द्रीय समितिका बैठकहरुको अध्यक्षता गर्ने र पार्टीका विभिन्न तहका समितिहरु मार्फत पार्टीको कार्य संचालन गर्ने, निर्देशन दिने र कामको बाँडफाँड गर्ने ।
ग) पार्टीको अनुशासन कायम राख्नको लागि निर्देशन दिने र आवश्यक परे कारवाही चलाउन केन्द्रीय कार्य समितिमा पेश गर्नु अध्यक्षको कर्तव्य हुनेछ ।
घ) आवश्यकताअनुसार केन्द्रीय तहमा पार्टीको विभिन्न प्रयोजनका लागि समिति, विभाग र आयोगहरु गठन गर्ने र काम कर्तव्य तथा अधिकार तोक्ने ।
ङ) पार्टीको कुनै निकाय निस्कृय रहेको वा विधान विपरीत कार्यमा संलग्न भएको देखिएमा वा गैह्र जिम्मेवारीपूर्ण कार्य गर्ने र पार्टीको निर्देशन पालना नगर्ने, पार्टीमा फुट सृजना गर्ने, मातहतका समितिका पदाधिकारी र सदस्यहरु तथा कार्य समितिलाई अनुशासन समितिको सिफारिसमा सचेत गर्ने, निलम्बन गर्ने, सचेत वा निलम्बन गर्दा पनि अनुशासन कायम भएको नदेखिएमा केन्द्रीय अनुशासन समितिको प्रतिवेनको आधारमा पार्टी कार्यकर्तालाई निष्काशन तथा पार्टी संगठन विघटन गर्ने साथै पोर्टफोलियो घटबढ गर्न सक्नेछ ।
च) अर्काे निर्वाचन नभएसम्म त्यसरी विघटन गरेको पार्टी संगठनको स्थानमा केन्द्रीय कार्य समितिको निर्णयअनुसार तदर्थ समिति गठन गर्ने ।
छ) पार्टीलाई महत्वपूर्ण योगदान वा दिन सक्ने व्यक्तिहरुलाई केन्द्रीय कार्य समितिमा आवश्यक ठाने अध्यक्षले केन्द्रीय समितिको कुल सदस्यको ३० प्रतिशत आमन्त्रित केन्द्रीय सदस्य र अन्य पदमा समेत मनोनयन गर्न सक्नेछ ।
२५. उपाध्यक्ष ः
क) अध्यक्षको अनुपस्थितिमा निजको कार्य संचालन गर्ने ।
ख) पार्टीले तोकेको अन्य कार्य गर्ने ।
२६. कोषाध्यक्ष ः
क) पार्टीको कोषको जिम्मेवारी कोषाध्यक्षको रहनेछ ।
ख) पार्टीको सम्पूर्ण आय व्ययको विवरण राख्ने र लेखापरिक्षक बाट जाँच गराई हिसाब किताव दरुस्त राख्न लगाउने तथा
ग) पार्टी बाट अनुमोदन प्राप्त गरी निर्वाचित वा मनोनित वा नियुक्ति भएका विभिन्न तहका व्यक्तिहरुले पार्टी हितको लागि नियमित रुपमा केन्द्रीय समितिले तोकेअनुसारको सहयोग रकम लिनुपर्नेछ । र उक्त सहयोग रकम कोषाध्यक्षले अनिवार्य रुपमा संकलन गर्नुपर्नेछ ।
२७. महासचिव ः
क) पार्टीको दैनिक कार्य सम्पादन गर्ने, अध्यक्षको आदेशअनुसार कार्य समितिको बैठक बोलाउने एवं अध्यक्षले समय समयमा तोकिदिएको काम गर्ने महासचिवको कर्तव्य हुनेछ ।
ख) समितिको निर्णहरुको कार्यन्वायन गर्नु महासचिवको जिम्मेवारी हुनेछ ।
ग) महाधिवेशन, परिषद् र समितिको बैठकहरुमा पार्टीको प्रतिवेदन महासचिवले पेश गर्नेछन् ।
२८. सह–महासचिव ः
क) महासचिवको अनुपस्थितिमा महामन्त्रीद्धारा प्रत्यायोजन गरे बमोजिमका कार्यहरु गर्ने ।
ख) महासचिवले अख्तियार प्रदान गरी तोकेका कार्यहरु गर्ने ।
घ) पार्टीले तोकेका सबै काम गर्ने ।
२९. प्रवक्ता ः
विभिन्न समसामयिक र नीतिगत विषयहरुमा पार्टीको दृष्टिकोणलाई आधिकारीक रुपमा संचारमाध्यम मार्फत जनसमक्ष राख्ने ।
३०. सह प्रवक्ता ः
क) प्रवक्ताको अनुपस्थितिमा प्रवक्ताले गर्ने काम गर्ने ।
ख) प्रवक्ताले अख्तियार प्रदान गरी तोकिएको काम गर्ने ।
ग) पार्टीले लगाएको काम गर्ने ।
३१. नीति निर्धारण तथा निर्देशन समिति (सचिवालय)ः
क) केन्द्रीय कार्य समिति अध्यक्ष र सदस्यहरु गरी ११ सदस्यहरु रहेको नीति निर्धारण तथा निर्देशन समिति गठन गर्नेछ ।
ख) समितिको पार्टीलाई नीतिगत विषयहरु तथा महत्वपूर्ण नियुक्तिहरुमा परामर्श दिने तथा समझदारी कायम गर्ने जिम्मेवारी रहनेछ ।
३२. संसदीय समिति ः
क) पार्टी अध्यक्ष या निजले तोकेको केन्द्रीय सदस्यको अध्यक्षतामा ५ (पाँच) सदस्यीय समिति दलको नेता गठन हुनेछ ।
१. पार्टीको संसदीय दलको नेता – सदस्य
२.पार्टी अध्यक्षबाट केन्द्रीय परिषदका सदस्यहरु मध्येबाट मनोनित एकजना महिला सहित ४ (चार जना सदस्यहरु)
३. अध्यक्षले समितिका सदस्यहरु मध्येबाट तोकिएको व्यक्ति–सदस्य सचिव रहनेछ ।
४. पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै भएमा ५ (पाँच) जना सदस्यहरुको सट्टा ६ (६) जना सदस्यहरु मनोनित गरिनेछ ।
ख) संसदीय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. व्यवस्थापिकामा निर्वाचित पार्टी सदस्यहरुलाई आवश्यक निर्देशन दिने र व्यवस्थापिकासँग सम्बन्धित पार्टी गतिविधिमा समन्वय कायम गर्ने ।
२. आम निर्वाचनमा संबन्धित क्षेत्रिय कार्य समितिको राय लिई पार्टी उम्मेद्वारहरुको चयन गर्ने र केन्द्रीय कार्य समितिमा अनुमोदनको लागि पेश गर्ने ।
३. राष्ट्रिय सभाका लागि पार्टीको तर्फबाट उम्मेद्वार चयन गरी अनुमोदनका लागि केन्द्रीय कार्यसमिति मा पेश गर्ने ।
४. स्थानीय निर्वाचनमा संबन्धित कार्य समितिको सिफारिसमा जिल्ला सभापति, उपसभापति, नगर प्रमुख, उपप्रमुख पदको उमेद्वारको चयन गर्ने ।
५.आफ्नो कार्य संचालन गर्न नियमावली बनाई स्वीकृतिका लागि केन्द्रीय कार्य समितिमा पेश गर्ने, स्वीकृत भएपछि सोही आधारमा आफ्ना कार्यहरु गर्ने ।
३३. संसदीय दल ः
पार्टीको तर्फबाट संसदमा निर्वाचित सदस्यहरु रहेको एक संसदीय दलको गठन हुनेछ । संसदीय दलका सदस्यहरुले आफ्नो नेता चुन्ने छन् । संसदीय दलको काम, कर्तव्य र अधिकार दलले निर्माण गरी केन्द्रीय समितिबाट अनुमोदन गरिएको संसदीय दलको विधान वा नियमावली बमोजिम हुनेछ ।
३४. अनुशासन समिति ः
क) केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्यको संयोजनमा बढीमा ३ (तीन) सदस्यीय अनुशासन समिति गठन गर्नेछ । अन्य सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु मध्येबाट मनोनित गर्नु पर्नेछ ।
ख) अनुशासन समितिले सबै तहका सदस्यहरूको अनुशासन, आचारसंहिता सम्बन्धमा आवश्यक छानविन गरी कारवाहीको लागि केन्द्र्रीय कार्य समितिमा सिफारिस गर्नेछ । तर जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरु बाहेक स्थानीय तहका कार्यकर्ताहरुको अनुशासनहीनता र आचारसंहिताका सम्बन्धमा आवश्यक छानबिन गर्ने ।
यो समितिले आफ्नो अधिकार तोकिएबमोजिम जिल्ला कार्य समिति वा केन्द्रीय कार्य समितिले तयार गरेको अनुशासन सम्बन्धी विनिमय अनुसार गठित जिल्ला अनुशासन समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
३५. न्यायिक समिति ः–
केन्द्रीय कार्य समितिले तोकेको केन्द्रीय समितिको सदस्यको संयोजकत्वमा तीन (३) सदस्यीय न्यायीक समिति गठन गर्नेछ । बाँकी दुई (२) सदस्य महाधिवेशन प्रनिनिधिहरु मध्येबाट छनौट गर्नुपर्नेछ ।
३ न्यायीक समितिको काम , कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
क) विधानको व्याख्या सम्बन्धि प्रश्नमा केन्द्रीय समितिले राय, माग, गरेमा सो को अध्ययन गरी लिखित राय पेश गर्ने ।
ख) पार्टीसँग सम्बन्धित संवैधानिक र कानुनी प्रश्नमा केन्द्रीय समितिले राय माग गरेमा सो को अध्ययन गरी राय पेश गर्ने ।
ग) केन्द्रीय समिति वा अन्य कुनै केन्द्रीय स्तरको आयोग , समिति वा उपसमितिहरुको निर्वाचन तथा अनुशासन सम्बन्धि वा अन्य विषयमा राय माग गरेमा लिखित राय पेश गर्ने ।
घ) केन्द्रीय समितिले तोकेको अन्य न्यायिक काम गर्ने ।
ङ) पार्टीको तर्फबाट कुनै अदालत वा निकायमा कुनै काम परेमा त्यसको समन्वय गर्ने ।
च) अनुशासन समितिद्वारा कार्यवाहीमा परेका सदस्यहरुको उचित जाँझबुझ र छानविन गरी दोषीलाई कार्यवाही र निर्दोषलाई न्याय दिने ।
३६. सल्लाहकार ः
क) पार्टीको केन्द्रीय कार्य समिति लगायत पार्टीको विभिन्न तहका कार्य समितिहरुले पार्टीको कार्यहरुमा सहयोग र सल्लाहका लागि सम्बन्धित कार्य समितिको निर्वाचित सदस्य संख्यामा नवढ्ने गरी सल्लाहकार मनोनित गर्न सक्नेछ ।
ख) सल्लाहकारहरुलाई आवश्यकता अनुसार कार्य समिति र सम्बन्धित परिषद्को बैठकमा आमन्त्रण गर्न सकिनेछ ।
३७. केन्द्रीय सचिवालय ः
केन्द्रीय कार्य समितिको नीति, कार्यक्रम, निर्णय, र काम कारबाहीलाई प्रभावकारी तुल्याउन महासचिवको संयोजकत्वमा एउटा केन्द्रीय सचिवालय रहनेछ । जसको काम कर्तव्य र अधिकार देहाय बमोजिम हनेछ ः
क) केन्द्रीय स्तरमा पार्टीको नीति, कार्यक्रम र कार्ययोजना तयार गर्ने ।
ख) केन्द्रीय स्तरमा पार्टीको नीति, कार्यक्रम र मातहतका पार्टी संगठनहरुले संचालन गर्नुपर्ने कार्यक्रम र त्यसलाई सम्पादन गर्ने रणनीतिहरु निर्माण गर्ने ।
ग) केन्द्रीय समितिको विभिन्न फाँटको कार्यहरुको समन्वय गर्ने र सो को प्रभावकारी ढंगले संचालन गर्ने ।
घ) पार्टीसँग सम्बन्धित समसामयीक विषयमा पार्टीको विचार र धारणा तत्कालै सार्वजानिक रुपमा प्रचार प्रसार गर्न आवश्यक देखिएमा सो कार्य गर्ने ।
ङ) केन्द्रीय समिति मातहतका सबै तहको पार्टी संगठनहरु र संयोजित संगठनहरुसँग जीवन्त सम्पर्क र संचार स्थापना गर्ने ।
च) केन्द्रीय समिति र कार्य सम्पादन समितिले तोकेको अन्य कार्य गर्ने ।
परिच्छेद ४
३८. बैठक सम्बन्धी व्यवस्था ः
१) केन्द्रीय कार्य समितिको बैठक कम्तीमा ३ (तीन) महिनाको १ (एक) पटक बस्नेछ । अन्य तहका कार्य समितिको बेैठक सोही अनुसार बस्नेछ ।
२) सबेै तहको परिषद्का बैठक कम्तिमा ६ महिनामा १ (एक पटक) बस्नेछ । तर केन्द्रीय महाधिवेशन हुने वर्षमा केन्द्रीय परिषद्को बैठक बस्ने छैन ।
३) सामान्यतया केन्द्रीय कार्य समितिको पदावधि समाप्त हुने प्रत्येक ४ (चार) वर्षमा पार्टीको केन्द्रीय महाधिवेशन हुनेछ ।
४) सबै तहको कार्यसमिति र परिषद्बाट भएका बैठकको निर्णय र आफ्नो तहमा संचालन भएका कार्यक्रमहरुको जानकारी कार्य सम्पन्न भएपछि यथाशीघ्र पार्टीको १ (एक) तह माथिको निकायमा पठाउनु पर्नेछ ।
५) विभिन्न तहका कार्य समितिको बैठक आदेश अनुसार महासचिवले वा सचिवले बोलाउने छ ।
६) कुनै पनि तहका परिषद्, समिति र केन्द्रीय महाधिवेशनको एकतिहाई सदस्यहरुले लिखित रुपमा माग गरेमा अध्यक्षले सम्बन्धित तहको बैठक बोलाउनु पर्नेछ ।
७) विभिन्न तहका परिषद महाधिवेशन र कार्य समितिहरुको बैठक सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा बस्नेछ ।
३९. पदको रित्तता र पदपूर्ति ः
क) कुनै पनि तहका कार्य समितिका पदाधिकारी तथा सदस्यहरु माथिल्लो तहको कार्य समितिमा निर्वाचित वा मनोनित भएमा तल्लो तहको पद स्वतः रिक्त हुनेछ तर कुनै क्षेत्रिय समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्ति तर जिल्ला कार्य समितिमा निर्वाचित वा मनोनित भएमा निजको महाधिवेशन प्रतिनिधि कायमै रहनेछ ।
ख) सबै तहका पदाधिकारी तथा सदस्यहरु विना सूचना लगातार ३ (तीन) बैठकमा अनुपस्थिति रहको सदस्यलाई सफाइ दिने मौका बाट वञ्चित गरिने छैन ।
ग) कुनै पनि तहको कार्य समितिको सदस्यको पदावधि बाँकी छदै पद रिक्त भएमा मनोनित हकमा मनोनयनद्वारा र निर्वाचनको हकमा सहवरणद्वारा बाँकी अवधिको लागि पूर्ति गरिनेछ ।
४०. राजीनामा ः
प्रत्येक तहको कार्य समितिको कुनै पनि सदस्यले अध्यक्ष समक्ष र अध्यक्षले कार्य समिति समक्ष आफ्नो हस्ताक्षरयुक्त राजीनामा पेश गरी स्वीकृत गराई पद त्याग गर्न सक्नेछ ।
४१. निर्वाचन र मिति र विधि ः
क) विभिन्न तहामा पार्टीको एकाई गठन गर्नको लागि निर्वाचन सम्पन गर्न निर्वाचन समिति गठन गरिनेछ ।
ख) निर्वाचन समितिको गठन र काम कर्तव्य केन्द्रीय कार्य समितिले तोके बमोजिम हुनेछ ।
ग) निर्वाचन गर्दा तल्लो तहको ५ं० (पचास) प्रतिशतभन्दा बढी कार्य समितिहरु गठन भएमा त्यसभन्दा माथिल्लो तहको कार्य समिति गठन गर्न सकिनेछ । तर गाउँ कार्य समितिको हकमा यो प्रावधान लागु हुनेछैन । निर्वाचन सम्बन्धी कार्यविधि केन्द्रीय समितिले तोके बमोजिम हुनेछ ।
घ) सबै तहको निर्वाचन आ आफ्नो परिषद्बाट हुनेछ । तर केन्द्रीय कार्य समितिको निर्वाचन केन्द्रीय महाधिवेशनबाट हुनेछ ।
ङ) कुनै पनि तहको पदाधिकारी माथिल्लो पदामा उम्मेदारी दिई निर्वाचित वा पराजित भएमा वा मनोनित भएमा निजको अघिल्लो पद स्वतः समाप्त हुनेछ ।
च) प्रत्येक जिल्लाको महाधिवेशन र केन्द्रीय महाधिवेशन ५ वर्षमा हुनेछ ।
परिच्छेद ५
४२. कोष ः
क) पार्टीको विभिन्न तहमा आ आफनो कोष रहनेछ र कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन् ।
१) सदस्यता शुल्क ।
२) सदस्यहरुबाट नियमित रुपमा प्राप्त हुने सहयोग ।
३) विभिन्न कार्यक्रमहरु संचालन गरेवापत प्राप्त भएको रकम ।
४) पार्टीको उद्धेश्यमा प्रतिकुल प्रभाव नपर्ने गरी विभिन्न संघ संस्था र व्यक्तिहरुबाट प्राप्त सहयोग ।
ख) कोषमा प्राप्त भएको रकम स्थानिय बैंक खाता खोली राख्नुपर्नेछ तर गाउँ र क्षेत्रिय तहमा भने यो दफा अनिवार्य रहने छैन । खाताको सञ्चालन कोषाध्यक्ष र कार्य समितिले तोकेको अन्य पदाधिकारी वा सदस्यहरुबाट हुनेछ ।
ग) पार्टीको हिसाब किताब प्रचलित ढाँचा अनुरुप राखिनेछ एवं समय समयमा लेखापरिक्षण गराई सम्बन्धित तहको कार्य समिति मा पेश गरिनेछ ।
घ) पार्टीको चल, अचल, सम्पत्ति र जिन्सी सामानहरुको हिसाव किताब राखिनेछ । साथै यस पार्टीमा अन्य कुनै पार्टी गाभिन आएमा उक्त पार्टीको सम्पूर्ण चल अचल सम्पत्ति यस पार्टीको हुनेछ । यदि पार्टी खारेज गर्नु परेमा यस पार्टीको सम्पूर्ण चल अचल सम्पत्ति नेपाल सरकारको हुनेछ ।
४३. संयोजित संगठनहरु ः
क) पार्टीको उद्देश्यप्रति आस्था राख्ने विभिन्न वर्गीय तथा व्यवसायिक संगठनहरुलाई पार्टीले सहयोगी संगठनको रुपमा मान्यत दिनेछ ।
ख) एक वर्ग वा व्यवसायमा एक मात्र संगठनलाई मान्यता दिइनेछ । यसरी मान्यता प्राप्त संगठनले पार्टीलाई सहयोग गर्नु र पार्टीको सामान्य निर्देशनलाई पालन गर्नेछ ।
ग) पार्टीको संयोजित संगठन एवं भातृ भगिनी संगठनको परिभाषा केन्द्रीय कार्य समितिले गर्नेछ । ती संगठनको वैधानिकता समेत केन्द्रीय समितिले नै प्रमाणित गर्नेछ ।
घ) पार्टीको सिद्धान्त, नीति र कार्यक्रम विपरीत काम गर्ने पार्टीको केन्द्रीय कार्य समितिको निर्देशन पालन नगर्ने र निष्क्रिय रहेको संयोजित संगठनलाई पार्टीको केन्द्रीय कार्य समितिले विघटन गरी त्यसको ठाउँमा तदर्थ समिति गठन गर्न सक्नेछ ।
ङ) यो विधान तथा संयोजित संगठनको विधान स्वरुप निर्वाचन नभएसम्म संयोजित संगठनहरुका विभिन्न तहहरुको गठन, पुनगर्ठन र एकीकरण अनुसूची १ मा रहेको पार्टी एकीकरणको नीति तथा आधारबमोजिम हुन्छ ।
४४. नियम बनाउने सक्ने ः
यस विधानको परिधिभित्र रही केन्द्रीय कार्य समितिले आवश्यकताअनुसार नियम बनाइ लागु गर्न सक्नेछ ।
४५. गणपुरक संख्या ः
केन्द्रीय महाधिवेशन, केन्द्रीय परिषद् र अन्य तहका परिषद्हरुको बैठकको गणपुरक संख्या कुन सदस्य ंसंख्या को एक तिहाई कार्य समितिहरुको गणपुरक संख्या ५१ प्रतिशत हुनेछ ।
५३. पदावधि ः
क) यस विधानमा व्यवस्थित सबै तहका समितिका सदस्यहरु र परिषद् सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ । र विधानबमोजिम सम्बन्धित तहको महाधिवेशन, परिषद् र कार्य समितिको निर्वाचन नभएसम्म वहाल रहनेछ ।
ख) विशेष कारणवस समयमै निर्वाचन हुन नसके केन्द्रीय कार्य समितिले बढीमा एक वर्ष आफू र आफू मातहतको समितिहरुको पदावधि थप गर्न सक्नेछ ।
४६. अविश्वासको प्रस्ताव ः
क) पार्टीको जिल्ला स्तरका सबै तहका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको आफ्नो पदीय दायित्व अनुसार काम नगरेमा र पार्टीको हितमा क्षति पुगेको अवस्थामा सम्बन्धित तहका परिषद्को कुल सदस्य संख्याको एक तिहाई सदस्यहरुले प्रस्तावित र समर्थन गरेको अविस्वासको प्रस्ताव एक तह माथिको कार्य समितिमा पेश गरी सो कार्य समितिले तोकेको मितिमा सम्बन्धित परिषद्को बैठक बस्नेछ । यस्तो बैठकमा सम्बन्धित परिषद्को कुल सदस्य संख्याको दुई तिहाई बहुमतबाट अविश्वासको प्रस्ताव पारित भएमा सम्बन्धित सदस्य आफ्नो पदबाट मुक्त हुनेछ ।
ख) केन्द्रीय कार्य समितिको त्यस्तै प्रस्ताव केन्द्रीय महाधिवेशनको कुल सदस्य संख्याको एक तिहाई सदस्यले हस्ताक्षर गरी सोझै केन्द्रीय कार्यलयमा दर्ता गर्न सकिनेछ यस्तो प्रस्ताव केन्द्रीय कार्यलयमा दर्ता भएको १० दिनपछि केन्द्रीय कार्य समितिमा छलफल भई केन्द्रीय महाधिवेशनमा पेश गर्नको लागि मिति ताकि विशेष केन्द्रीय महाधिवेशन बोलाइने छ । केन्द्रीय महाधिवेशनको कुल सदस्य संख्याको दुई तिहाई बहुमतबाट अविश्वासको प्रस्ताव पारित भएमा सम्बन्धित सदस्य आफुनो पदबाट मुक्त हुनेछ । महाधिवेशनले आफ्नो कार्यविधि तथा प्रक्रिया आफैँ निर्धारण गर्न सक्नेछन् ।
ग) निर्वाचन भएको ब्यक्ति नभएसम्म अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन र एकपटक अविश्वासको प्रस्ताव पेश भई सो प्रस्ताव असफल भएमा अर्को एक वर्ष नपुगी पुनस् अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन ।
घ) केन्द्रीय अध्यक्षको हकमा अविश्वासको प्रस्तावमा छलफल हुँदाको अवस्थामा बैठकको अध्यक्षता केन्द्रीय समितिले तोकेको पदाधिकारी वा सदस्यहरुको हकमा अध्यक्ष स्वयमबाट अध्यक्षता हुनेछ । त्यसै गरी अन्य तहका सम्बन्धमा भने सम्बन्धीत तहको अध्यक्ष्यको हकमा भए उपाध्यक्षले र अन्य पदाधिकारी र सदस्यहरुका सम्बन्धमा भए अध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।
४७) महाधिवेशनको काम , कर्तव्य र अधिकार
महाधिवेशनको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
क) केन्द्रीय कार्य समितिले प्रस्तुत गरेको विभिन्न प्रतिवेदनहरुको विषयमा छलफल गरी निर्णय गर्ने ।
ख) केन्द्रीय कार्यसमितिका विभिन्न पदाधिकारी सदस्यहरुको चयन गर्ने ।
४८) पुनरावेदन सम्बन्धी व्यवस्था ः
१) अनुशासान वा अन्य कुनै कारणवश पार्टीबाट कार्यवाहीमा परेका सदस्य तथा पदाधिकारीहरुले आफनो सफाइमा सुनुवाइका लागि केन्द्रीय सचिवालयमा पुनरावेदन गर्न पाउनेछन् ।
४९) आन्तरिक परिपत्र गर्ने व्यवस्था ः
पार्टीका आन्तरिक परिपत्र गर्ने व्यवस्था केन्द्रीय सचिवालयलाई हुनेछ ।
५०) दलको सदस्यता दर्ता किताब सम्बन्धी व्यवस्था ः
क) पार्टीको साधारण सदस्यता लिएको बापत रु. १०० (अक्षेरुपि रु. एक सय मात्र) लिने व्यवस्था गरिनेछ ।
ख) सक्रिय सदस्य वापतको सदस्यता शुल्क रु. ५०० र जिम्मेवार सदस्य (महासमिति सदस्य) वापतको सदस्यता शुल्क रु. १५०० लाग्नेछ ।
ग) सदस्यता शुल्क वापतको रकम पार्टीको साधारण सदस्यको जिल्लामा र सक्रिय सदस्य र जिम्मेवार सदस्यको केन्द्रीय कार्यालयको पार्टी दर्ता किताबमा दर्ता गरिनेछ ।
घ) सम्पूर्ण सदस्यहरुको सदस्यता नामावली दलको दर्ता किताबमा दर्ता गरिनेछ ।
५१) व्याख्या र बचाऊ ः
क) यो विधानको कार्यान्वयनमा कुनै बाधा व्यवधान देखिएमा त्यस्तो बाधा अड्काउ फुकाउने तथा विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई हुनेछ ।
ख) यो विधान लागु हुन अगावै गठन भएका केन्द्रीय महाधिवेशन,केन्द्रीय परिषद् र सोभन्दा तलका सबै तहका कार्य समिति र परिषदका सदस्यहरु यसै विधान बमोजिम गठन भएको मानिने छ ।
५२) संक्रमणकालीन व्यवस्था स्
नेपालको संविधान बमोजिम स्थानीय तहको पुर्नंसंरचना कार्यन्वयन भएपछि पार्टीको केन्द्रीय कार्य समितिले विधानमा एक पटकका लागि तत्सम्बन्धित आवश्यक संशोधन गर्न सक्नेछ ।
५३) विविध ः
क) मनोनित गरिने स्थानहरुमा पिछडिएका वर्ग, आदिवासी, मधेसी, जनजाति, महिला र युवा वर्गलाई विशेष प्राथमिकता दिइनेछ ।
ख) प्रचलित, नेपाल कानुन अनुसार पार्टीको तर्फबाट उम्मेद्वार भई निर्वाचित भएमा स्थानीय निकायको क्रमश ः जिल्लाका सभापति, न.पा का प्रमुख, उपप्रमुख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, पार्टीको सम्बन्धित तहको कार्य समितिको पदेन सदस्य रहनेछन् ।
ग) पार्टीको सबै तहको कार्य समितिको निर्वाचित सिट संख्यामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनेछ ।
घ) पार्टीको सबै तहका समितिमा सदस्य पदाधिकारीहरुको निर्वाचनमा विभिन्न तहका निर्वाचित वा मनोनित भई आएका परिषद वा महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिन पाउनेछन् ।
ङ) सबै तहको परिषद र महाधिवेशन तथा कार्य समितिको निर्णयहरु सम्बन्धित तहको अध्यक्षले प्रमाणित गर्नेछ ।
५४) अन्य ः
हरेक निर्णयमा केन्द्रीय सदस्यको सामान्य बहुमतको निर्णय वा केन्द्रीय सचिवालयको निर्णय नै अन्तिम निर्णय हुनेछ । केन्द्रीय सचिवालयमा ३३ प्रतिशत महिला अनिवार्य गरिनेछ । साथै केन्द्रीय पदाधिकारीमा १ महिला अनिवार्य गरिनेछ ।